समाचार

    Showing 911-920 of 18,965 items.
  • आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

    काठमाडौं— अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमकासाथ मनाइँदैछ । अपाङ्गता भएका नागरिकको हक अधिकार प्रवद्र्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन’ तय गरिएको छ । हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ ।नेपालको संविधानले अपाङ्गता भएका ना

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 330 पटक पढिएको
  • अपांगता भएका व्यक्तिहरूलाई समान पहुँच स्थापति गर्न जरुरीः राष्ट्रपति

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।  अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज उनले अपांगताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उनीहरूलाई समान तथा अर्थपूर्ण रूपमा मानवीय सहभागिता गराउने मनशाय संविधानले लिएको प्रष्ट पारेका छन् । ‘नेपालको संविधानले अपांगता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘सं

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 328 पटक पढिएको
  • एनपिएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन् । विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ ।विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ ।४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ । लुम्बिनीका लागि आजको खेल जित्नुपर्ने दबाब छ ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 349 पटक पढिएको
  • एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना

    काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए ।प्राधिकरणका प्राप्त भएका विवरणमध्ये १७ वटा आगलागीका मात्रै घटना थिए । बाँकी रहेका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा सर्पदंश र पर्सामा जनावर आक्रमणको रहेका थिए । पर्साको पर्सागढी नगरपालिका ३ झुलिटार बस्ने ५५ बर्षिया एक महिला जंगलमा घास काटन जाँने क्रममा बाघले आक्रमण गरी घाइते हुनुभएको थियो । प्राधिकरणका अनुसार आगलागीका कारण रु ८२ लाख ९१ हजार बराबरको क्षति भएको छ । सिरहामा तीन, भोजपुरमा दुई, पाँचथर, मोरङ, उदयपुर, सप्तर

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 165 पटक पढिएको
  • नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

    काठमाडौँ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो ।  बाढीपहिरोबाट प्रभावित इलामलगायतका जिल्लाका उद्यम व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा कर्जाको पुनरसंरचा गर्न सकिने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी आगामी चैतसम्मको पुन

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 140 पटक पढिएको
  • राष्ट्रिय महाधिवेशनका लागि दुमी किरात राईहरु खोटाङको खार्मीमा

    खोटाङ। देश तथा विदेशमा रहेका दुमी किरात राईहरु खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन् । दुमी किरात राई फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशनका लागि नेपालसहित छिमेकी देश भारतको सिक्किम र दार्जिलिङ तथा हङकङ, अमेरिका र बेलायतमा बसोबास गर्ने दुमी किरात राईहरु खार्मीस्थित रुधालुङमा भेला भएका हुन् । ‘पुख्र्यौली ज्ञान, साझा पहिचान’ भन्ने नाराका साथ सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन, आर्थिक तथा साङ्गाठानिक प्रतिवेदन पारित र भावी रणनीति निर्माण गर्ने आयोजक दुमी किरात राई फन्सीकीमका महासचिव तेजमाया मुरह दुमी राईले जानकारी दिनुभयो । किरात समुदायको

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 183 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ ।  मौसम तथा विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम मुख्यतया सफा रहने भएको हो । दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 223 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।   नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ३३ पैसा र बि

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 161 पटक पढिएको
  • आज २०८२ साल मंसिर १७ गते बुधबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रेमसम्बन्धमा नयाँ अवसर खुल्ने संकेत छ। अप्रत्याशित प्रस्ताव आउन सक्छ, जसलाई स्वीकार्दा जीवनमा सकारात्मक मोड आउने सम्भावना छ। साथीभाइको सहयोग र साथ लाभदायी रहनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। अध्ययन वा परीक्षामा मनोनिवेश गर्नेहरूले सफलता प्राप्त गर्नेछन्। व्यक्तिगत जीवनमा प्रेमसम्बन्ध मजबुत बन्नेछ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)वैदेशिक क्षेत्रमा गरिएको लगानीबाट उल्लेखनीय उपलब्धि हात लाग्ने सम्भावना छ। शैक्षिक अवसरहरू अनुकूल हुनेछन्। तर, स्वास्थ्यप्रति बेवास्ता गर्दा समस्या आउन

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 279 पटक पढिएको
  • सय किलो भन्दा बढी गाँजासहित दुई पक्राउ

    रौतहट । पर्सा प्रहरीले एकसय किलो भन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजा ओसार–पसार भइरहेको सूचनाका आधारमा प्रहरीले सवारी साधन तथा पैदल यात्रुहरूलाई चेक गर्ने क्रममा कारबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बा.अ.ब ९३९८ नम्बरको कार रोकी खानतलासी गर्दा कारबाट १० वटा पोकामा लुकाइ राखिएको १ सय ४ किलो गाँजा बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी राजु कार्कीले जानकारी दिए । उनका अनुसार मकवानपुर भिमफेदी गाउँपालिका–८ का ३२ वर्षीय भिम स्याङ्तान र मकवानपुर मकवानपुरगढी गाउँपालिका–१ आपटारका ३८ वर्षीय कुमार स्याङ्तानलाई

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 112 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा