समाचार

    Showing 8,971-8,980 of 25,668 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ २७ पैसा र बिक्रीदर १८९ रुपैयाँ सात पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ आठ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ पाँच पैसा र बिक्रीदर १०

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 347 पटक पढिएको
  • आज २०८२ साल कात्तिक ०४ गते मङ्गलबारको राशिफल

    मेष - पुरानो लगानी वा प्रयासबाट न्यायसंगत लाभ प्राप्त हुने सम्भावना छ। तर पारिवारिक सम्बन्धमा केही कटुता आउन सक्छ। वरिष्ठ वा अभिभावकको सल्लाह बेवास्ता गर्दा कार्यमा अवरोध उत्पन्न हुन सक्ने भएकाले संयम अपनाउनु उचित हुनेछ।वृष - बौद्धिक तथा सृजनात्मक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने उद्योग वा व्यवसायमा गरिएको लगानी लाभदायक सिद्ध हुनेछ। आत्मविश्वास र योजनाबद्धता यस समयको मुख्य शक्ति बन्नेछ।मिथुन - नयाँ कार्यको सुरुवातका लागि अनुकूल समय छ। अधुरा कामहरू पूरा हुनेछन् र मनोबल उच्च रहनेछ। ऊर्जा र उत्साहले नयाँ दिशा प्रदान गर्नेछ।कर्कट - आर्थिक पक्ष

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 367 पटक पढिएको
  • अमेरिका पुगे भनिएका पुर्व ऊर्जा मन्त्री खड्का जलेकै घरबाट सार्वजनिक

    काठमाडौँ । अमेरिका पुगे भनिएका पुर्व ऊर्जा मन्त्री दीपक खड्का जलेकै घरबाट सार्वजनिक भएका छन् ।गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जा मन्त्री खड्का भागेको दाबी गरेका थिए ।एक अन्तरवार्तामा उनले भनेका थिए, ‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जा मन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्।’अहिले ऊर्जा मन्त्री पत्रकारहरुसँग आफ्नो बुढानीलकण्ठमा रहेको आन्दोलनकारीले जलाएको घरबाट नै अन्तरक्रिया गरिरहेका छन् ।

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 344 पटक पढिएको
  • मेची भन्सारः तीन महिनामा रु चार अर्ब १५ करोड राजस्व सङ्कलन

    झापा, ३ कात्तिक- मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोज महिनामा रु चार अर्ब ३६ करोड २८ लाख ५५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु चार अर्ब १५ करोड २० लाख आठ हजार असुली गर्न सफल भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिनुभयो ।उहाँका अनुसार सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलतर्फ रु एक अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ असुली भएको छ । आयातित सामानको मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ४९ करोड २३ लाख ६४ हजार ३९

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 351 पटक पढिएको
  • ‘नेचर’ र ‘कल्चर’को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ

    स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालिको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरूसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्कइन् । काभ्रे बनेपाकी अनुषा लामा पनि क्याम्पसका साथीहरूसँगै अन्नपूर्ण आधार शिविर पुगेर फर्किइन् । पोखराकी दिवाना र बनेपाकी अनुषा लामा अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा आएका ‘जेन–जी’ उमेर समूहका किशोरकिशोरी र युवायुवतीका प्रतिनिधि पात्र हुन् । दसैँलगत्तै मौसममा  सुधार आएपछि बिदामा मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविरमा अपेक्षा गरेभन्दा धेरै आन्तरिक पर्यटक आ

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 344 पटक पढिएको
  • दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु

    नवलपुर (नवलपरासी), ३ कात्तिकः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ । गत साउन २० देखि असोजसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जापानिज इन्सेफलाइटिस जिल्लाको हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिका, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला, मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष तथा कावासोती–३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनुभयो । मृतकहरु बिरामी भएर उपचारका लाग

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 323 पटक पढिएको
  • गृहमन्त्रीले भागीसके भनेका पुर्वउर्जामन्त्री दिपक खड्का सार्बजानिक

    काठमाण्डौ  ।  गृहमन्त्री ओम प्रकाश अर्यालले पुर्वउर्जामन्त्री दिपक खड्का विदेश भागीसके भनेर अन्तर्वार्ता दिएको भोलिपल्टै दिपक खड्का आफ्नै बुढानीलकण्ठस्थित जलेको घर अगाडि फेसबुक लाइभ आएका छन् । पत्रकारहरूसँगको कुराकानीका क्रममा देशको पछिल्लो अवस्था र भदौ २३-२४ गतेको घटनाका विषयमा आफ्ना कुरा राखिरहेका छन् ।यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन शुरू गरेपछि तत्कालीन खड्का भागेको दाबी गरेका थिए ।खड्का भागेर अमेरिका पुगेको भन्दै समाचारहरू पनि आएका थिए । उनले आफू बिरामी भएपछि उपचारका लागि भारत भने गएको स्वीकार गरेका छन् ।'आन्दोलनपछि सेनाले सुरक्षित राख्यो

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 394 पटक पढिएको
  • महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती

    काठमाण्डौ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन् । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएका छन् ।नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोट

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 391 पटक पढिएको
  • हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु

    एजेन्शी ।  स्थानीय सञ्चार माध्यमका अनुसार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा स्किड भएर एउटा कार्गो विमान समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ।एमिरेट्सको उडान नम्बर ईके९७८८  (एरोट्रान्सकार्गो) दुबईबाट स्थानीय समयअनुसार बिहान करिब ०३:५० बजे अवतरण गर्ने क्रममा उत्तरी धावनमार्गमा एउटा गाडीमा ठोक्किएर दुर्घटना भएको थियो।नागरिक उड्डयन विभागका अनुसार दुर्घटनापछि विमानस्थलको जमिनमा कार्यरत दुई जना कर्मचारी समुद्रमा खसेका थिए। उनीहरूको उद्धार गरिए पनि पछि अस्पतालमा मृत्यु भएको छ।  विमानमा सवार चार जना चालक दलका सदस्य भने सकुशल उद्धारपछि उपचारका लागि अस्पताल लगिएका छ

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 317 पटक पढिएको
  • सर्लाहीमा शंकास्पद दुई ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

    सर्लाही । सशस्त्र प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका-९, रवि चोक नजिकबाट शंकास्पद विलविजकसहित नास्पाती बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ।शनिबार सशस्त्र प्रहरी बल नेपालको विशेष अनुगमन टोलीले म.प्र.०३.००२ ख ३६४१ र प्र.१.०१.००१ ख ४४०१ नम्बरका ट्रकमा लोड गरिएको करिब ३२ लाख ८९ हजार रुपैयाँ बराबरको नास्पाती बरामद गरेको हो।प्रहरीका अनुसार उक्त नास्पाती भारततर्फ लैजाने तयारीमा रहेको सूचनाका आधारमा निगरानी बढाइएपछि ट्रकहरू पक्राउ गरिएको हो। विलविजक (बिल तथा विजक) शंकास्पद देखिएपछि चालक देव श्रेष्ठ र भिम बहादुर उप्रेतीलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।पक्राउ परेका व्यक्ति, नास्पाती र ट्रकसहि

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 380 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.