समाचार

    Showing 8,891-8,900 of 23,626 items.
  • घुससहित पक्राउ परेका कैलालीका वरिष्ठ वन अधिकृत यादवविरुद्ध विशेष अदालतमा आरोपपत्र

    काठमाडौं— सात लाख ३१ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका कैलालीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।आयोगका अनुसार यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिमार्का तथा छोडपूर्जी उपलब्ध गराउने कार्यमा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका छन्।अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले यादवलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानबाट यादवल

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 680 पटक पढिएको
  • नेपालमै पहिलोपटक उड्ने ट्याक्सी सार्वजनिक, प्रधानमन्त्रीले गर्ने उद्घाटन

    काठमाडौं— नाडा अटो शो, २०२५ को उद्घाटन समारोह मंगलबार (भोलि) हुँदै छ । जहाँ दिपलको उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।एमएडब्लू वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ईभीटोल ९इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङलाई नाडा अटो सोमा प्रदर्शनीमा राख्न लागेको हो ।एमएडब्लु वृद्धिले नेपालमै पहिलोपटक मानव आकारको ह्युमनोइड रोबोट पनि प्रदर्शनीमा राख्नेछ । जसले आगन्तुसँग प्रत्यक्ष संवाद गर्दे मानिसको जस्तो गतिविधि र संसार गर्नेछन् । यी नविनतम् प्रविधिले नाडा अटो सोलाई एउटा अटोमोबाइल प्रदर्श

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 599 पटक पढिएको
  • दुर्गा प्रसाईले राजनीतिक दल गठन गर्ने

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् ।जेलबाट धरौटीमा रिहा भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रसाईले उनले अब राजनीतिक दल गठन गरेर अगाडी बढ्ने घोषणा गरेका हुन् ।उनले राष्ट्र र राष्ट्रियता निर्माणको अभियानमा अब दल गठन गरेर अगाडी बढ्ने बताए । उनले अभियान मात्र संचालन गरेर एउटा अध्याय सकिएको बताउदै अब नेपालको संबिधान अनुसार दल दर्ता गरेर अगाडी बढ्ने जानकारी गराएका हुन् । उनले अब उनले छिट्टै नयाँ दल दर्ता गर्ने र दलको नाम पनि केहि दिनमा टुंगाउने बताएका छन् ।प्रसाईले पत्रकार सम्मेलनमा राप्रपाले आफुलाई छुरा हानेको आरोप लगाउदै राजेन्द्र लिङदेनले आफुलाई बै

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 517 पटक पढिएको
  • विवेकशील साझाले पाँच सदस्यीय राजनीतिक संवाद समिति गठन गर्‍यो

    काठमाडौं— विवेकशील साझा पार्टीले उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरेको छ। समान विचार भएका व्यक्तित्व, समूह, अभियान, संस्था र दलहरुसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता, एकीकरण र मोर्चाबन्दी गर्न पार्टी उपाध्यक्ष परियारको नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरेको विवेकशील साझाले जनाएको हो।पाँच सदस्यीय संवाद समितिमा उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य रहेका छन्।पार्टीको केन्द्रीय समिति बैठकले मुलुकमा वैकल्पिक राजनीतिको उपादेयता अझ बढिरहेकाले समान विचार भएका दल, समूह र  अभियानकर्मीहरूको

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 682 पटक पढिएको
  • मनोहराका सुकुम्बासी भन्छन्: गरिब–दुःखीको सहारा कोही नहुँदो रहेछ

    काठमाडौं— काठमाडौंको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्ती यतिबेला कुरुपजस्तै देखिन्छ । बस्तीबासीको मुहार आक्रोश र पीडाले भरिएको जस्तै भान हुन्छ । बस्तीमा नयाँ व्यक्ति देख्नासाथ स्थानीय झस्किन्छन् । क्यामेरा लिएर पुगेका संचारकर्मीहरुलाई समेत उनीहरु आक्रमक बन्ने गरेका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा शुक्रबार डोजर चलाएर घर–टहरा भत्काइदिएपछि अवस्था असामान्य छ ।वैकल्पिक व्यवस्था गर्न नपाउँदै महानगरले घर टहरामा डोजर आतंक मच्चाएपछि स्थानीयहरुमा रुवाबासी चलेको छ । डोजर प्रयोग गरेर महानगरले करिब २० देखि २५ वटा घर वा टहरामा डोजर

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 660 पटक पढिएको
  • कालीगण्डकीबाट बेपत्ता आमा छोराको शव फेला

     स्याङ्जा— स्याङ्जाको कालीगण्डकी नदिको किनारबाट बेपत्ता भएका आमाछोरा शव फेला परेको छ । कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी २७ वर्षीया शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डेको शव फेला परेको हो । गत साउन २१ गतेदेखि बेपत्ता भएका आमाछोरा नवलपुरको कावासोति नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा शव फेला परेको कालीगण्डकी गाउँपालिका ४ वडा अध्यक्ष यादव पाण्डे बताए । उनका अनुसार अर्पितको कानको मुन्द्रा र घाटीको मालाले पहिचान खुलेको हो ।  नारायणी नदी किनारमा महिला र करीब तीन सय मिटरको दूरीमा मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारीमा बालकको शव

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 638 पटक पढिएको
  • दुर्गा प्रसाईँ भन्छन् चैत १५ मा मार्छन् भन्ने सूचना अघिल्लो दिन नै थियो

    काठमाडौं— गत चैत १५ मा काठमाडौंको तीनकुनेमा वितन्डा मच्चाएका दुर्गा प्रसाईंले त्यस दिन आफूलाई मार्छन् भन्ने सूचना अघिल्लो दिनमा नै जानकारी रहेको बताएका छन् । थुनाबाट बाहिरिएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘अघिल्लै दिनमा मलाई सूचना के आएको थियो भने त्यहाँ घुसपैठ हुँदैछ, तँलाई मार्दैछन्,’ उनले भने । राज्यसत्ता आफूहरुसँग डराएको हुनाले त्यसो गरिएको बताए । उनले मार्ने योजना भएको सूचना पाएपछि प्रहरीकहाँ सुरक्षाका लागि पुगेको दाबी गरे । 

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 628 पटक पढिएको
  • मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थाल्योः मन्त्री सिंह

    काठमाडौं— उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको सुविधाको लागि गठन भएको मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थालेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले जनताको सेवा, सुविधाको लागि काम गर्न भनेर मन्त्रालयहरु गठन भएको भन्दै संस्थालाई अघि बढाउने काममा कमि कमजोरी र ढिला सुस्ती देखिएको बताए । उनले भने, ‘मैले के देखि रहेको छु भने संस्थालाई अघि बढाउने काममा तपाईहरुको कमि कमजोरी देखिएको छ । जनताको सेवा सुविधाको लागि काम गर्न भनेर त मन्त्रालयहरु गठन भएको, सेवामा नै अनावश्यक रुपमा ढिला सुस्ती गर्न थालेपछि गाह्रो हुने भयो

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 671 पटक पढिएको
  • डेंगु संक्रमण तीव्र, संक्रमित ३ हजार नाघे: २ जनाको मृत्यु

    काठमाडौं— पछिल्लो एक सातामा १ सय ३७ जनामा डेंगुको संक्रमण देखिएसँगै नेपालमा डेंगी संक्रमितको संख्या ३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखा इडिसिडीको तथ्यांक अनुसार देशभरीका ७४ जिल्लामा फैलिएको डेंगुबाट गत पुसदेखि हालसम्म ३ हजार २५ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८ सय ८८ जनामा संक्रमण देखिएको इडिसिडीद्वारा जारी तथ्यांकमा उल्लेख छ । त्यस्तै बागमतीमा ६ सय ३६ जना, कोशीमा ५ सय ३२ जना, लुम्बिनीमा ४ सय ७७ जना, सुदूरपश्चिममा ३ सय ५५ जना, कर्णालीमा ८४ जना र मधेश प्रदेशमा ५३ जनामा डेंगुको संक्रमण देखिएको इडिसिडीले जनाएको छ ।&nbs

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 751 पटक पढिएको
  • चार्टर्ड एकाउन्टेन्ट महेश खनालको नियुक्तिसँगै सहकारी प्राधिकरणले पायो पूर्णता

    काठमाडौं— राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पूर्णता पाएको छ । चार्टर्ड एकाउन्टेन्ट तर्फबाट सदस्यमा महेश खनाल नियुक्त भएसँगै प्राधिकरणले पूर्णता पाएको हो ।सहकारी क्षेत्रमा नियमन तथा सुपरीवेक्षण अभावका कारण समस्या बढेको र सहकारी क्षेत्रमा देखिएका विकृति नियन्त्रण गर्न भन्दै सरकारले २०८१ मा प्राधिकरण स्थापना गरेको थियो ।प्राधिकरणले संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था नियमन गर्छ । प्राधिकरणमा एक अध्यक्ष सहित चार सदस्य रहने व्यवस्था छ ।सरकारले केही समयअघि अध्यक्षमा डा। खगराज शर्मालाइ नियुक्त गरेको थियो । त्यसैगरी विज्ञ सदस्यका रूपमा नेपाल र

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 672 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.