समाचार

    Showing 8,801-8,810 of 25,668 items.
  • आउँदो पुसमा बाघ गणना गरिने, एकसिङ्गे गैँडा गणना चैतमा गर्ने तयारी

    चितवन— आउँदो पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर यसका लागि एक करोड ५० लाख रुपैयाँभन्दा धेरै खर्च हुने गर्छ । हरेक चार–चार वर्षमा बाघको गणना गरिँदै आएको छ ।विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो ।एकसिङ्गे गैँडा गणना चैत महिनामा गर्ने तयारी छ । बितेको आर्थिक वर्षमै गर्ने भनिएको गैँडा गणना अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने ज

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 679 पटक पढिएको
  • ६२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि

    काठमाडौं— साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ ।मंगलबार ३१४ कम्पनीका ९२ लाख ४३ हजार कित्ता शेयर ४७ हजार ९४ पटकको कारोबारमार्फत ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँबराबरको किनबेच भएको छ । यसअघि आईतबार कुल २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर कारोबार भएको थियो ।त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११.९७ अंक, फ्लोट इन्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.३४ अंकले बढेका छन् । आइतबार सामान्य अंक मात्र बढेको नेप्से यस दिन भने उच्च अंकले वृद्धि भएको हो । आज न्यादि हाइड्रो पवार, बुटवल पावर

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 569 पटक पढिएको
  • कुस्ती खेललाई संरक्षण र प्रवद्र्धन गर्दै स्थानीय खेलाडीहरूलाई प्रोत्साहित गर्नुपर्छः पूर्वमन्त्री यादव

    वीरगञ्ज— जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले परम्परागत खेलकुद, विशेषगरी कुस्ती (दंगल) खेललाई संरक्षण र प्रबर्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को उद्घाटन गर्दै उनले नेपालको मौलिक खेलकुद संस्कृति हराउँदै गएको वर्तमान परिवेशमा यस्ता प्रतियोगिताले स्थानीय पहिचान र परम्परालाई जोगाउने कार्यमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।उनले भने, ‘कुस्ती हाम्रो इतिहास, संस्कार र शारीरिक क्षमताको प्रतीक हो । यसले युवामा अनुशासन, साहस, आत्

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 527 पटक पढिएको
  • विप्लव नेतृत्वको ‘कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन

    काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आज दिउँसो आयोगमा पुगेर उनी नेतृत्वको पार्टिले दल दर्ताका लागि निवेदन दिएको हो ।प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रस्ताव गरेका छन् । सोही क्रममा प्रकाण्डले निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया जसरी सुरु भयो यसले आगामी दिनमा देशको अगाडि भएका विद्यमान समस्या समाधान र परिवर्तनमा विशेष स्थान राख्ने बताए ।उनले भने, ‘आज हामीले जसरी निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया सुरु

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 720 पटक पढिएको
  • कांग्रेसले ओली सरकारमा गएर ठुलो गल्ती ग¥योः हितबहादुर तामाङ

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारमा गएर गल्ती गरेको बताए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘संसद् पुनस्र्थापना कि निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यदि २३ गते कांग्रेसले समर्थन फिर्ता लिएको भए सबैभन्दा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना हुनेमा केपी ओलीको ब्ल्याकमेलिङमा परेर शेरबहादुर देउवाले प्रधानमन्त्री हुने मौका गुमाएको बताए ।उनले भने,‘यदि प्रचण्ड नेतृत्वको सरकारलाई यथावत राख्ने हो भने आरजु देउवा पनि थुनिने डर भयो र अरु–अरु नेताहरु पनि थुनिने डर भयो । त्यसकारण

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 655 पटक पढिएको
  • डाक्टर गोपीलाल न्यौपानेद्वारा ‘नेपाल लिबरल पार्टी’ को घोषणा

    काठमाडौं— डाक्टर गोपीलाल न्यौपाने नयाँ दल ‘नेपाल लिबरल पार्टी’कोे घोषणा गरेका छन् ।  मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नेतृत्वको ‘नेपाल लिबरल पार्टी’ को घोषणा गरेका हुन् । पार्टी घोषणा गर्दै उनले पुँजीवादमा विश्वास गर्ने पार्टीको घोषणा गरेको बताउँदै यो नेपालको इतिहासमा नै एउटा ऐतिहासिक क्षण हुने बताए । अब नेपाल लिबरल पार्टी गठन भएसँगै नेपाल पुँजीवादी युगमा र स्वतन्त्र बजारमा प्रवेश गरेको दाबी गरे । उनले भने,‘पुँजीवादमा विश्वास गर्ने एउटा पार्टीको आज हामी घोषणा गर्दै छौं । नेपालको इतिहासमा नै यो एउटा ऐतिहासिक क्षण हो । नेपाल अब पुँजीवादी युगमा प्रवेश गर्यो । आजक

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 635 पटक पढिएको
  • बंगालको खाडीमा ‘मोन्था’ चक्रवात सक्रिय भारत सहितका विभिन्न राज्यमा सर्तकर्ता अपाउन अनुरोध

    काठमाडौं— बंगालको खाडीमा शक्तिशाली आँधी ‘मोन्था’ चक्रवात सक्रिय भएको छ । भारतको मौसम विज्ञान विभागले आँधीको प्रभावका कारण आन्ध्रप्रदेशका तटीय जिल्ला तथा दक्षिण ओडिशामा बिहानैदेखि भारी वर्षा सुरु भएको जनाएको छ ।ओडिशाको गञ्जाम जिल्लामा समुद्र उग्र बनेको छ भने तीव्र हावा र वर्षा भइरहेको छ । आन्ध्रप्रदेशको विजयवाडामा पनि आँधीको प्रभावस्वरूप वर्षा परेको छ । यसैबीच, तमिलनाडुको चेन्नईसहित अन्य क्षेत्रमा पनि बिहानैदेखि वर्षा भइरहेको भारतीय मौसम विभागले जनाएको छ ।मौसम विभागका अनुसार आगामी तीन घण्टाभित्र चेन्नई, काञ्चीपुरम, कन्याकुमारी, रानीपेट, तेनकासी, थिरुवल्लुर, थूथुक्कुडी, तिरुनेलवेली, तिरुपथुर, ति

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 700 पटक पढिएको
  • भालुको पित्तसहित दुई जना पक्राउ

    काठमाडौं— संरक्षित वन्यजन्तुको अंगजस्तो देखिने भालुको पित्तसहित दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।सीआईबीका अनुसार, अवैध रूपमा भालुको पित्त ओसारपसार र बिक्री गर्न खोजेको विशेष सूचनाका आधारमा कार्तिक ९ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, रुप्सेटारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।पक्राउ पर्नेहरूमा कालिकोट खाँडाचक्र नगरपालिका–६ का २५ वर्षीय रमेशबहादुर शाही र २८ वर्षीय कृष्णबहादुर शाही रहेका छन्।उनीहरूको साथबाट ५६८ ग्राम तौलका दुई थान भालुको पित्तजस्तो देखिने आखेटोपहार बरामद गरिएको सीआईबीले जनाएको छ।पक्राउ परेका दुवैजनालाई बरामद सामग्रीसहित डिभिजन वन कार्यालय,

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 596 पटक पढिएको
  • इनरुवामा मोटरसाइकल ठक्कर: महिला गम्भीर घाइते, आर्थिक सहयोगको याचना

    सुनसरी — सुनसरीको इनरुवा–७ निवासी बेचनीदेवी साह ग्यालेम्बर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी छन्। दुर्घटना कार्तिक ४ गते साँझ करिब ६ बजेतिर घटेको हो।प्रत्यक्षदर्शीका अनुसार मनिस कुमार यादवले चलाएको ग्यालेम्बर मोटरसाइकलले बेचनीदेवीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर रूपमा घाइते भएकी साहलाई तत्काल उपचारका लागि नोबल अस्पताल लगिएको र अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।घाइतेकी साहका छोरा वीरेन्द्र कुमार साहका अनुसार उपचारका क्रममा लाखौं रुपैयाँ खर्च भइसकेको छ र थप उपचारका लागि आर्थिक अभाव देखिएको छ। उनले आमाको ज्यान बचाउनका लागि सहयोगकाे याचना समेत गरेका छन्।उनका भनाइअनुसार चालक पक्षबा

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 696 पटक पढिएको
  • दल दर्ता गर्न विप्लव नेतृत्वको पार्टीले दियो निर्वाचन आयोगमा निवेदन

    काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न औपचारिक निवेदन दिएको छ।महासचिव विप्लवको निर्देशनमा नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहितको टोली आज आयोगमा पुगेर दल दर्ताका आवश्यक कागजातसहित निवेदन बुझाएको हो।नेताहरूका अनुसार पार्टीको नाम “कम्युनिष्ट पार्टी नेपाल” राखिएको छ।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हालसम्म आयोगमा दर्ता नभएको र यसअघि भूमिगत अवस्थाबाट शान्तिपूर्ण राजनीतिक यात्रातर्फ फर्किएको थियो।

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 674 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.