काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आएकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी शनिबार नेपाल आएकी हुन् । भियतनामको तर्फबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपराष्ट्रपति सुआन यही भदौ ७ देखि ९ गतेसम्म नेपाल रहने छन् । भ्रमणको क्रममा, दुई उपराष्ट्रपतिले काठमाडौंमा हुने नेपाल–भियतनाम द्विपक्षीय बैठकमा आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् भने उपराष्ट्रपति जुआनले नेपालका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट र शिष्टाचार भेटवार्ता गर्नेछन् ।
काठमाडौं । हेल्प नेपाल नेटवर्कद्वारा सञ्चालित धुलिखेलस्थित हेल्प नेपाल बालगृहले आर्थिक वर्ष २०८१/८२ को सामाजिक लेखा परीक्षण सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एक विशेष कार्यक्रममार्फत लेखा परीक्षण प्रस्तुत गर्नुका साथै बालगृहमा आवासीय रूपमा कक्षा १२ सम्म अध्ययन पूरा गरेकी विद्यार्थी सिता सिंह ठकुरीलाई सम्मानपूर्वक बिदाइ गरिएको हो ।कार्यक्रममा शिक्षक अभिभावक संघका पूर्वअध्यक्ष महेन्द्र विक्रम शाहले संस्थाको उद्देश्य र यसको सामाजिक प्रभावमाथि प्रकाश पारे ।उनले भने, ‘धुलिखेल नगरपालिकामा अवस्थित हेल्प नेपाल बालगृहले प्रस्तुत गरेको २०८१/८२ को सामाजिक लेखा परीक्षण पारदर्शिता र उत्तरदायित्वतर्फ
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा आइसीसीसी मल्टिडेस्टिनेशन फेयर २०२५ को आयोजना गरिने भएको छ ।इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर आईसीसीसीको आयोजनामा हुन लागेको मेला आईसीसीसीको काठमाडौँसहित देशभरका ११ वटा शाखामा एकसाथ हुने प्रवन्ध निर्देशक राम खड्काले जानकारी दिए ।आगामी सेप्टेम्बर १ तारिखका दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने मेलामा अनुभवी काउन्सलरहरुले बिद्यार्थीका लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने खालका सुझाव दिने आयोजकले जनाएको छ ।शैक्षिक मेला आईसिसिसिको देशभरका पुतिलीसडक, कमलादी, चा
सिड्नी । व्यावसायिक पौडीबाज लाया कोमा आउँदो ३१ अगस्ट २०२५ मा सिड्नी म्याराथनमा दौड्दै छिन्। नेपालमा डुबेर हुने मृत्यु तथा घाइते हुने अवस्थाबारे जनचेतना जगाउन र यसलाई रोकथाम गर्नका लागि सञ्चालन हुने गतिविधिहरूलाई सहयोग गर्न आफूले उक्त दौडमा भाग लिन लागेको उनले बताइन् ।सिंगापुरमा रहेकी उत्साही ‘लाइफसेभर’ लाया ‘ए ग्लोबल मिशन टु एण्ड ड्राउनिङ—स्टार्टिङ विथ नेपाल’ (डुब्ने समस्याको विश्वव्यापी अन्त्यको ‘मिशन’, नेपालबाट शुरू गरौं)भन्ने नारासहित म्याराथनमा सहभागी हुँदैछिन्।नेपालका विभिन्न भागमा, विशेषगरी बालबालिकाहरू, डुबेर अकालमा ज्यान गुमाइरहेका छन्। तराई–मधेश क्षेत्रमा मात्र डुबेर हुने
रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपाल माथि अहिले पनि विदेशी हस्तक्षेप जारी रहेको बताएका छन् । नेकपा एमाले रामेछापको पाँचौँ पूर्णबैठकलाई शनिबार सम्बोधन गर्दै चौलगाईँले त्यही अन्तर्राष्ट्रिय गिरोहले केपी ओली बाहेकको एमाले र एमाले बाहेकको नेपाल बनाउने षडयन्त्र गरिरहेका चौलागाईँको दाबी छ । उनले भने, ‘अहिले पूर्वराष्ट्रपतिले राजनीतिमा आउने भनेको कुरा त्यही षडयन्त्रको परिणाम हो ।’ केपी ओलीलाई अहिले पार्टी अध्यक्षबाट हटाउनुपर्ने अन्य कुनै कारण नभएको उनले दाबी गरे ।उनले भने, ‘चौतर्फी आक्रमण भएको बेला, सबै एक भएर घेराबन्दी गरेको बेला समेत पार्टीलाई पहिल
काठमाण्डौ । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ ।पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । त्यस्तै, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ । यसो गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय म
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। बाग्मती प्रदेशका केही स्थानहरू साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराइको भूभागका साथै बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केहि स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।राति मधेस, कोशी, बागमती
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९० रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ४४ पैसा र बिक्रीदर
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। बोलीमा प्रभाव बढ्नेछ, जसले व्यक्तिगत र सामाजिक सम्बन्धमा सुधार ल्याउनेछ। प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा पनि समय अनुकूल रहनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)विद्या र बुद्धिको प्रयोगबाट आर्थिक तथा सामाजिक क्षेत्रमा राम्रो उपलब्धि मिल्ने सम्भावना छ। चुनौतीका बीच पनि महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन्। परिणाममुखी काममा लगानी गर्नु लाभदायक हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ ठाउँमा लगानी गर्दा सतर्कता आवश्यक देखिन्छ, किनभने
काठमाण्डौ । पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ देउरीयास्थित रामायाण चौधरीको धान खेतबाट शुक्रबार प्रहरीले ५४ किलो ४०० ग्राम चरेस बरामद गरेको छ।चरेस लुकाएर राखिएको सूचना प्रहरीलाई प्राप्त भएपछि शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा गएको टोलीले स्थानीय रामायण चौधरीको धान खेतमा लुकाएर राखिएको अवस्थामा ५४ किलो ४०० ग्राम चरेस फेला परेको प्रहरी निरीक्षक थापाले बताएका छन। बरामद चरेस जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको र फरार रहेका खेतधनी चौधरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारि दिएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.