समाचार

    Showing 8,551-8,560 of 19,604 items.
  • पशुपतिको बालुवा खानी प्रकरणः दोषी ठहर भएका तीन जना पक्राउ

    काठमाडौँ —पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) प्रेमराज जोशी र महेन्द्रलाल श्रेष्ठ, साथै पशुपति विकास कोषका पूर्वनिर्देशक राजु कुमार रेग्मी रहेका छन्।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले तीन जनालाई पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी छन् ।यो भ्रष्टाचारको मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेका नौ जनामध्ये तीन जनालाई पक्राउ गरिएको हो। यो घटनाले पशुपति क्षेत्रको विकास र संरक्षणमा गम्भी

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 239 पटक पढिएको
  • अपाङ्गता भएकी महिलालाई बलात्कार गर्ने पुरुष एक वर्षपछि पक्राउ

    काठमाडौँ — अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँचीबाट ६३ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका–१२ कल्लाकोट घर भएका गोबिन्द्रप्रसाद बस्याल छन् ।घटना भएको १ वर्षपछि उनलाई आइतबार पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले जानकारी दिए । २६ वर्षीया महिलाले उनीविरुद्ध २०८१ जेठमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।पीडित महिलालाई आरोपीले घरमा काम गराउने गरेको र कोही नभएको मौकामा बलात्कार गरेको बताइएको छ । जबरजस्ती करणीको कारण पीडितले बच्चा जन्माएकी छन् ।उनको बच्चा ३ महिनाको भ

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 192 पटक पढिएको
  • भद्रपुर नगरपालिकाद्वारा तरकारीको बेर्ना वितरण

    भद्रपुर (झापा) । भद्रपुर नगरपालिकाले उन्नत जातका तरकारीका बेर्ना ८५ प्रतिशत अनुदानमा वितरण गरेको छ । तरकारीको बीउको सट्टा बेर्ना वितरण गर्दा किसानको समय र लागत बचत हुने कृषि विकास अधिकृत सुमन विमलीले बताए ।उहाँका अनुसार भद्रपुर नगरपालिकाको विभिन्न तीन स्थानमा रहेका कृषि फर्मबाट किसानले १५ प्रतिशत र बाँकी पालिकाले तिर्ने गरी उन्नत जातका तरकारीको बेर्ना वितरण गरिएको हो । प्रत्येक कृषि फार्मबाट काँक्रा तीन हजार, करेला तीन हजार, खुर्सानाी तीन हजार, घिरौला दुई हजार दुई सय, लौका दुई हजार दुई सयको सङ्ख्यामा वितरण गरिएको कृषि विकास अधिकृत विमलीले जानकारी दिए ।नगरपालिकाका अनुसार खुर्सानीको बेर्नाको प्र

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 366 पटक पढिएको
  • सरकारले तोकेको मूल्य पाउँदैनन् दुग्ध उत्पादक किसान

    चितवन । दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो ।निजी डेरीहरुले कम मूल्यमा दूध लैजाने गरेको उनीहरुको भनाइ छ । विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँछन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालले राज्यले चार फ्याट र आठ एसएनएफ भएको दूधलाई कार्यालय सञ्चलान मूल्य बाहेक रु ६५ प्रतिलिटर तोकेकोमा उनीहरुले यस मूल्यमा रु ३ कम गरेर लैजाने गरेको  जानकारी दिए ।उनले भने ‘दूधको आयात नरोकिँदा उनीहरुले दूध नलैजाने धम्की दिँदै  म

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 276 पटक पढिएको
  • पर्यटनमन्त्रालयद्वारा टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन

    तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ । साथै मन्त्रालयले थप रु ९९ करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेकोे जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिइन् । विसं २०११ मा स्थापना भएको उक्त विमानस्थलमा अहिले ठूला जहाजसमेत अवतरण समेत सकिरहेको अवस्था छैन । हाल विमानस्थल सात सय ५० मिटर लम्बाइ छ ।यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिटे जहाज अवतरण सक्छन् । तर अहिले १९ सिटे जहाज मात्रै बस्न सक्छन् । साना जहाजले उल्

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 199 पटक पढिएको
  • भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा स्थानीयवासी जुटेका छन् । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थलको प्रचारप्रसारसँगै संरक्षणमा स्थानीयवासी जुटेका हुन् । स्थानीय युवाको सक्रियतामा यो मन्दिरको संरक्षण भइरहेको छ ।स्थानीयवासीले वडा कार्यालयबाट प्राप्त बजेटबाट घेराबारा गरेका हुन् । सरोकारवाला पक्षसँग बजेट मागसँगै स्थानीयबाट श्रमदान गरेर मन्दिरको संरक्षण गरिरहेको टेम्केमैयुङ– ५ का गजलेका स्थानीयवासी रमेश विष्टले बताए ।अहिले वडाबाट प्राप्त रु दुई लाख र श्रमदानमार्फत रु ५० हजार गरी करिब रु दुई लाख ५० हजार बजे

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 331 पटक पढिएको
  • गोली हानी पक्राउ गरिएका गुड्डु हत्यामा संलग्न सुटर

    काठमाडौँ  — टोखामा गोली हानेर पक्राउ गरेका गुड्डु पटेल हत्या प्रकरणमा फरार अभियुक्त भएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जनाएको छ । गोली हानी पक्राउ गरेका व्यक्ति दुई वर्षअघि गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी रहेको खुलेको हो ।टोखामा गोली हानी पक्राउ गरिएका गुड्डु पटेल मोहम्मद हत्यामा संलग्न सुटर भएको अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतले जानकारी दिएका छन् । लाल मोहम्मद हत्या प्रकरणका फरार आरोपी गुड्डु नेपाल आएको सूचना पाएर पक्राउ गर्न गएको प्रहरी टोलीमाथि पटेलले आक्रमण गरेपछि गोली चलाउनु परेको एसएसपी बस्नेतले बताए ।

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 180 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय क

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 257 पटक पढिएको
  • नवलपरासीका किसान चैते धान रोप्न व्यस्त

    मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते(हिउँदे) धान लगाउन व्यस्त छन्  । दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ ।  मकै भन्दा धान राम्रो उत्पादन हुने र दुईबाली धान लगाउँदा एक बालीको धान बिक्री गरेर आम्दानी गर्न सकिने, हुँदा किसान यसतर्फ आकर्षित भएका हुन् । विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेतीको ब्लक क्षेत्र छुट्ट्याएर खेती लगाइ

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 344 पटक पढिएको
  • अधिकांश भूभागहरूमा मौसम सफा रहने

    काठमाडौं । आइतबारदेखि देशभरि मौसम सफा छ ।  शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भूभागमा मौसम बदली र वर्षाको स्थिति थियो।आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको छ । सोमबार पनि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको आंकलन छ । आज पनि बिहानैदेखि अधिकांश भूभागहरूमा मौसम सफा छ । दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली हुने  र बाँकी भूभागमा मुख्यतय सफा रहने पूर्वानुमान छ । त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ ।

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 185 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा