तनहुँ / तीव्रगतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही सुरु गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा तीव्रगतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारबाही सुरु गरेको हो ।दुर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत गति मापन गर्दै तीव्रगतिमा सवारी चलाउनेलाई कारबाही सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डिबी हमालले जानकारी दिएका छन् । उनका अनुसार सोमबार म्याग्दे गाउँपालिकास्थित गुणादीमा तीव्रगतिमा सवारी चलाउने ११ सवारी चालकलाई कारबाही गरिएको हो । कारबाहीमा पर्नेमध्ये नौ जना मोटरसाइकल, एक जीप र एक बस चालक रहेका छन् । प्रतिघण्टा ६० किलोमिटर भन्दा बढी
बुटवल / बुटवलको बेलहियामा पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्कीचन्द्र लोहार र सन्तोष गुप्ता रहेका छन् । लोहार इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत थिए । त्यस्तै गुप्ता गुजरात ट्राभलका कर्मचारी हुन् । भारतबाट पशुपतिनाथ मन्दिरको दर्शन गर्न आएका आठ जना पर्यटकलाई ट्राभल्सका कर्मचारी गुप्ताले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रतिव्यक्ति पाँच सय भारुका दरले पैसा उठाएका थिए । पर्यटकले आफूहरूबाट प्रहरीले घुस लिएको भन्दै जिल्ला प्रहरी कार्यलय रूपन्देहीमा उजुरी दिएका थिए । घटनाबारे उजुरी परेपछि रूपन्देही प्रहरीले सोमबार राति गुप्ता र लो
सिरहा / ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–६ बसविट्टा चोकबाट प्रतिबन्धित लागुऔषध गाँजा पाँच किलो २२३ ग्राम र दुई पिस नाइट्रोभेट ट्याबलेटसहित प्रहरीले धनुषाका शुभकुमार महतोलाई पक्राउ गरेको हो ।भारतीय सीमातर्फ गइरहेको ज११प १७४३ नंको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि मोटरसाइकल चालक महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
धनगढी / कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणमा परी नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।सोमबार साँझ करिब ८ बजे दोधाराचाँदनी नगरपालिका –८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका थिए ।आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेहरूको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।नेपालतर्फ विभिन्न समान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट हुँदा एक्कासि उनीहरूले
बागलुङ / बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली रहेका छन् । उनिहरुको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिएका छन् ।
राजविराज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१४च ६२७९ नंको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना३७प ३८९४ नंको मोटरसाइकल एकापसमा ठोक्किएको हो ।सो दुर्घटनामा परी मोटरसाइकल चालक जिल्ला पर्सा जिरा भवानी गाउँपालिका– ३ बस्ने ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्
झापा // ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा घाइते भएका झापाका दुइजनाको उपचारको क्रममा मृत्यु भएको छ ।किर्तिपुर अस्पतालमा उपचारका क्रममा अर्जुनधारा ७ पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गा खनालको मृत्यु भएको हो। गत भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा खनाल दम्पतिसहित छोरा पंकज खनाल र आमा मंगलादेवी खनाल घाइते भएका थिए । छोरा पंकजको अवस्था भने सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
काठमाडौं // विदेशबाट मगाएर सुन संकलन गर्ने एकजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भएका ३८ वर्षीय टेकबहादुर सारु छन्। सौर्य एयरलाइन्सको उडानबाट विराटनगर जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले बताएका छन्।उनको साथबाट प्रहरीले १ सय ग्राम तौल भएको दुईवटा सुनका बाला बरामद गरेको छ। सो बाला उनलाई विदेशबाट सुन तस्करीमा संलग्न एजेन्टले पठाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ। उनलाई आवश्यक कारवाहीका लागी त्रिभुव
बिर्तामोड// बिर्तामोडमा आँफैले पालेको गोरुले हानेर एक महिलाको मृत्यु भएको छ। झापा बाह्रदशी ७ चप्रामारीकी ६० बर्षिया देवका प्रसाई चिमरियाको मृत्यु भएको हो। आफूँले पालेको गोरुलाई पानी दिन जादा हानेर उनि घाइते भएकी थिइन् । उपचारका लागि अस्पताल पुर्याएकी उनलाई लगतै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । चिमरियाले उक्त गोरु विगत ४ बर्षदेखि घरमै पालिरहेको मृतकका भान्जा चुडामणि तिम्सिनाले बताएका छन्।
मोरङ// मोरङस्थित कारागारमा सजाय काटिरहेका एक दीर्घरोगी वृद्धलाई घाट पठाएको छ । जिल्ला अदालत मोरङको फरार अभियुक्त सूचीमा रहेका ८६ वर्षीय उजारु विश्वास थारूलाई कारागारले घाट पठाएको हो । २०४२ भदौमा साविक थलाहा गाविस–१ (हालको कटहरी गाउँपालिका–७) मा भएको ‘खुन डाँका’ घटनामा फरार रहेका उनी ३७ वर्षपछि गत भदौ ९ गते पक्राउ परेका थिए । कुनै पनि कैदीबन्दीको उपचार सम्भव नभएको (मर्नु र बाँच्नु दोसाँध रहेको अवस्थामा चिकित्सकको सिफारिसमा घाट पठाउने व्यवस्था भएअनुसार पठाइएको पोखरेलले बताएका छन् । उजारुलाई कोसी अस्पतालका चिकित्सकले उपचार सम्भव नभएको भनी सिफारिस गरेका थिए । उनी मु
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.