सुनसरि  ।  सुनसरी बर्जु गाउँपालिका वडा नम्बर ५, गोचाकामत टोलमा विशेष सूचना आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।FB_IMG_1762579759552

इलाका प्रहरी कार्यालय दुहवी र सितागंजको संयुक्त टोलीले बागमती प्रदेश–०१–०२७च ०२४० नम्बरको सेतो स्कार्पियो गाडीलाई पछ्याउँदा चालक फरार भएको थियो । गाडीको जाँच गर्दा कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा २५७.४५ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।FB_IMG_1762579761996

बरामद गाँजा सहित स्कार्पियो नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ भने फरार चालकको खोजी कार्य जारी छ ।