समाचार

    Showing 8,391-8,400 of 25,663 items.
  • मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा पत्र स्वीकृत भएको छ । हिजो मधेश प्रदेश सभाको बैठकमा उत्पन्न विवाद पश्चात बैठकमै मुख्यमन्त्री सोनलले राजीनामाको घोषणा गरेका थिए ।सोनलले हिजो राती नै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाईृ राजीनामा पत्र पनि बुझाएका थिए ।सोनलको राजीनामा पत्र स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका निमित सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।नेपालको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई प्रदेशको मन्त्रिपरिषदको कार्यभार सञ्चालन गर्न तोकिएको जानकारी सोही विज्ञप्तिमार्फत दिइएको छ ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 511 पटक पढिएको
  • सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

    सर्लाही— सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजाको नाममा झन्डै सत्र लाख रुपैयाँ खर्च भएको खुलासा भएको छ । महालेखा परीक्षकको ६२औं प्रतिवेदनले पालिकाले आर्थिक वर्ष २०८०/०८१ मा विविध खर्च शीर्षकमा अत्यधिक रकम खर्च गरी वित्तीय अनुशासन उल्लङ्घन गरेको पाइएको हो ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार, व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा खर्च गर्नुपर्ने स्पष्ट व्यवस्था छ। तर, महालेखा परीक्षकको प्रतिवेदनअनुसार कोडैना गाउँपालिकाले सो प्रावधान उल्लंघन गर्दै ‘विविध खर्च’ शीर्षकमा रु. १६ लाख ९६ हजार खर्च गरेको उल्लेख छ।प्रतिवेदनका अनुसार गाउँपालिकाले पालिकातर्फ ख

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 647 पटक पढिएको
  • आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा

    रौतहट— पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले शोक बिदा दिएको छ ।रौतहट क्षेत्र न .२ का पूर्व सांसद तथा पूर्वमन्त्री आलमको निधनको प्रति शोक सम्वेदना व्यक्त गर्दै आज (आइतबार) शोक बिदा दिने उल्लेख गरेको छ । नगरपालिकाको कार्यलय तथा मातहतका कार्यलयमा शोक बिदा दिइएको ईशनाथ नगरपालिका अधिकृत सातौं इसराजुल खाँ ले जानकारी दिए । उनले नगर प्रमुखको आदेश अनुसार शोक बिदा दिएइएको उल्लेख गरे। नेपाली कङ्ग्रेसका नेता तथा पूर्वमन्त्री आलमको शनिबार काठमाडौँको के.एम.सी. अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।आलमको मुस्लिम परम्परा अनुसार अन्त्यस्टी गरिसकेको पारिवारिक स्रोतले बताएक

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 508 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो

    काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ४ घण्टापछि फेरि सञ्चालनमा आएको छ ।विमानस्थलका अनुसार धावनमार्गको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा साँझ साढे ५ बजेबाट उडान र अवतरण अवरुद्ध भएको थियो ।लाइटिङको समस्या हुँदा केही अन्तर्राष्ट्रिय जहाजहरू आकाशमा ‘होल्ड’मा राखिएका थिए भने केहीलाई वैकल्पिक गन्तव्यमा पठाइएको थियो ।आन्तरिक उडानका जहाजहरू भने विमानस्थलमै रोकिएका थिए । समस्या समाधान भएपछि विमानस्थल अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 328 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका केहि स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 294 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 307 पटक पढिएको
  • आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछवृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 447 पटक पढिएको
  • लाइटमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या उत्पन्न भएपछि शनिबार साँझदेखि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित भएका छन् ।विमानस्थलका अनुसार शनिबार बेलुका करिब साढे ५ बजेदेखि विमान उडान र अवतरणका लागि आवश्यक लाइटिङ सिस्टममा प्राविधिक समस्या देखिएको हो । समस्या पहिचान र समाधानका लागि प्राविधिक टोली सक्रिय रहेको विमानस्थलले जनाएको छ ।रात्रीकालीन उडानका लागि आवश्यक लाइट पूर्णरूपमा सुचारु नभएकाले अहिले सबै उडान र अवतरण रोकिएका छन्। के समस्या भएको हो भन्ने पत्ता लगाउने काम भइरहेको छ ।सिष्टम बिग्रिएपछि अवतरणको तयारीमा रहेका केही जहाजहरू आकाशमै फन्को मारिरह

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 309 पटक पढिएको
  • सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो

    जनकपुर । मधेश प्रदेश सरकारका सांसद रहबर अन्सारीले आफ्नै मुखमा कालो मोसो दलेका छन् ।शनिबार (आज) बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरुले आफ्नो धारणा राखेका थिए । सो क्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा कालोमोसो दलेका छन् । रोस्टमबाट बोल्दै उनले मधेश प्रदेश सभामा रहेको सम्पूर्ण सांसदहरुलाई अपराधीको संज्ञा दिएका छन् । उनले आठ वर्ष भइसक्दा पनि मधेश प्रदेशका ६४ लाख जनताको अवस्थाबारे के छ भनेर प्रश्न गरेका थिए । उनले सरकारमा भएका बेतिथीहरुका बारेमा प्रदेश सभा लगायत आफ्नै पार्टीलाई पनि अवगत गरा

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 254 पटक पढिएको
  • जेनजी केन्द्रको अवधारणापत्र सार्वजनिक

    काठमाडौं । ‘प्रतिगमनलाई रोकौं, यथास्थितिवादलाई चिरौं, अग्रगमनकारी परिवर्तनको बाटोमा अगाडि बढौं’ भन्ने मूल नाराका साथ जेनजी केन्द्रको अवधारणापत्र सार्वजनिकीकरण भएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत जेनजी केन्द्रले अवधारणापत्र सार्वजनिकीकरण गरेको हो ।जेनजी विद्रोहको कार्यभार पूरा गर्ने उद्देश्यका साथ जेनजी केन्द्र गठन भएको बताइएको छ । भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको माग राखी शान्तिपूर्ण ढंगले भदौ २३ गते शान्तिपूर्ण विद्रोह गर्दा २४ गतेको आन्दोलन हुन पुगेको बताइएको छ ।यसैगरी जयश्वर विकले जेनजी विद्रोहको भावना र परिवर्तनको स्पिरिटअनुरुप प्राप्त उपलब्धीको रक्षा गर्दै नेपाली स

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 182 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.