काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या उत्पन्न भएपछि शनिबार साँझदेखि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित भएका छन् ।

विमानस्थलका अनुसार शनिबार बेलुका करिब साढे ५ बजेदेखि विमान उडान र अवतरणका लागि आवश्यक लाइटिङ सिस्टममा प्राविधिक समस्या देखिएको हो । समस्या पहिचान र समाधानका लागि प्राविधिक टोली सक्रिय रहेको विमानस्थलले जनाएको छ ।

रात्रीकालीन उडानका लागि आवश्यक लाइट पूर्णरूपमा सुचारु नभएकाले अहिले सबै उडान र अवतरण रोकिएका छन्। के समस्या भएको हो भन्ने पत्ता लगाउने काम भइरहेको छ ।

सिष्टम बिग्रिएपछि अवतरणको तयारीमा रहेका केही जहाजहरू आकाशमै फन्को मारिरहेका छन् भने नयाँ उडानहरू अनुमति नपाई प्रतीक्षामा छन् ।