समाचार

    Showing 8,381-8,390 of 25,663 items.
  • रास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठकका निर्णयहरु

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले पूर्वघोषित फागुन ७–९ गते हुने महाधिवेशन गर्न नसकिने भन्दै चुनाव भएको ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तालिका ल्याउन केन्द्रीय समितिलाई आग्रह गरेको छ । चितवनका बसेको दुई दिने बैठकले फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका कारण फागुन ७ गते देखि ९ गतेसम्म हुने भनिएको महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै चुनाव भएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अप्रत्याशीत राजनीतिक परिस्थितिका कारण फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्व

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 599 पटक पढिएको
  • एसवाई प्यानल लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाडौ—  एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले आम सर्वसाधारण लगानीकर्ताका लागि कात्तिक १९ देखि जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।जसमध्ये कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 514 पटक पढिएको
  • हेटौंडामा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम

    मकवानपु— हेटौंडा उपमहानगरपालिका–९ माष्टरचोकमा आइतबार बिहान बसले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६५६ नम्बरको यात्रुवाहक बसले पैदल यात्रीलाई ठक्कर दिएपछि घटनास्थलमै उनको मृत्यु भएको हो।मृतक रुपन्देहीको देवदह नगरपालिका–८ निवासी ३७ वर्षीय रामबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। उनका अनुसार बसले माष्टरचोक नजिकै बाटो क्रस गर्दै गरेका बोहरालाई ठक्कर दिएको थियो।प्रहरीका अनुसार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । स्थानीयवासीको भनाइमा माष्टरचोक आसपासको

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 430 पटक पढिएको
  • बेल्डिका किसानलाई दाना तथा घाँसको बिउ वितरण

    रौतहट— रौतहटको चन्द्रपुर नगरपालिका वडा न. ६ बेल्डिका किसानलाई दाना तथा घाँसको बिउ वितरण गरिएको छ । गुप्तेश्वर सहकारी संस्थामा आवद्ध शेयर धनी गाई भैंसी पालक किसानहरूलाई उत्पादनको लागि प्रोत्साहित गर्न दाना तथा घाँसको बिउ वितरण गरिएको हो । चन्द्रपुर नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सहदेव केसीले कृषकलाई दाना तथा घाँसको बिउ वितरण गर्दै दुध उत्पादनमा जोड दिन आग्रह गरे । पशुपालक कृषकको संख्या बढदै गएको भन्दै उनले वडा तथा पालिकाले समेत आवश्यक सहयोग गर्ने बताए ।पशुमा देखिने विभिन्न रोगको खोप पालिकाको पशु शाखाको समन्वयमा वडा कार्यलयले समय समयमा दिँदै आएको उनको जिकिर छ । उत्पादित दुधको बजारीकरणमा

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 568 पटक पढिएको
  • मन्त्री जयराम थापाद्वारा बूढानीलकण्ठस्थित अटो उद्योगको अनुगमन

    काठमाडौं— बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री  जयराम थापाले शनिबार बूढानीलकण्ठ नगरपालिका–३ मा रहेको अटो कारखानाको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री थापाले उद्योग सञ्चालनको अवस्था, उत्पादन क्षमताका पक्ष र श्रमिकहरूको सुरक्षासम्बन्धी व्यवस्थाको बारेमा जानकारी लिए । उनले स्थानीय उद्योगहरूले रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिइरहेको भन्दै राज्यबाट आवश्यक सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताए । मन्त्री थापाले भने, ‘प्रदेशको समृद्धिका लागि औद्योगिक विकास र प्राविधिक सीपयुक्त श्रमिकको भूमिका अत्यन्त महत्वपूर्ण छ । यस्ता उद्योगहरूलाई प्र

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 531 पटक पढिएको
  • क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

    काठमाडौं— नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । नेपाली क्रिकेटका हस्ती मानिने भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि सन्यास लिएका हुन् ।हङकङ सिक्सेस खेलको कप्तानी शरद गरेका थिए भने आज भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएको छ । योसँगै नेपालले हङकङ सिक्सेसको यात्रा समेत समाप्त गरेको छ ।शरदले सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपबाट आफ्नो खेल जीवनको सुरुआत गरेका थिए । नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा तय गर्न शरद पनि प्रमुख खेलाडी हुन् । नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 266 पटक पढिएको
  • विश्वभर फैलिँदै चिनियाँ ई–ट्रकको प्रभाव

    काठमाडौं—  विश्वभर दिगो मालसामान ढुवानीतर्फको परिवर्तन तीव्र बन्दै गएको बेला चिनियाँ निर्मित विद्युतीय भारी ट्रकहरूको माग अन्तर्राष्ट्रिय बजारमा झनै बढ्दै गएको छ । उरुग्वे देखि स्विडेनसम्मका ग्राहकहरू चीनका ट्रकहरूको उत्कृष्ट प्रदर्शन, प्राविधिक विश्वसनीयता र सुदृढ सेवा सुविधाबाट आकर्षित भई खरिद बढाइरहेका छन् ।अर्जेन्टिनाका एक खरीदकर्ताले यूरोपेली उत्पादनभन्दा चिनियाँ प्रविधि उत्कृष्ट र परिपक्व रहेको विश्वास व्यक्त गर्दै, ‘हामी हाम्रो क्षेत्रमा नयाँ प्रविधि र नयाँ उत्पादन विस्तार गर्न चाहन्छौं,’ भनेका छन् ।चीनका प्रमुख भारी ट्रक उत्पादक कम्पनी सानी ट्रकका अनुसार यस वर्ष अन्तर्राष्ट्रिय बि

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 529 पटक पढिएको
  • आज विश्व स्वतन्त्रता दिवस

    काठमाडौं— आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस । हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवस मनाइने गरिन्छ । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले सन् २००१ मा ९ नोभेम्बरलाई विश्व स्वतन्त्रता दिवस मनाउने घोषणा गरेका थिए । त्यहीअनुरुप उनले त्यसपछिका वर्षमा, त्यसपछि अमेरिकी राष्ट्रपति बाराक ओबामा र डोनाल्ड ट्रम्पले पनि यसलाई आधिकारिकता दिए ।सन् १९४७ देखि संयुक्त राज्य अमेरिकामा मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र  मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग ज

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 479 पटक पढिएको
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं—  आज संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३५ औँ बैठक बस्दै छ । बैठक दिनको १ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।  बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल   गरिने कार्यसूचीमा उल्लेख गरिएको छ । 

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 473 पटक पढिएको
  • इलाम राजदूवालीमा ‘अद्भूत घट्ना’: ‘शिला’ हेर्नकै लागि मानिसहरु ओइरिए

    इलाम— इलाम नगरपालिका–९ राजदूवाली पुलछेउ माइखोला किनारमा शिला उत्पन्न भएको भन्दै अवलोकन गर्नेहरुको भीड लागेको छ ।स्थानीय एक कन्याको सपनामा देवी पाथीभरा माताले स्वयं प्रकट भई ‘शिला’ रहेको स्थान देखिएको उल्लेख गरेपछि उक्त स्थान चर्चामा आएको हो । उक्त घट्नालाई स्थानीयले ‘अद्भुत धार्मिक घट्ना’ मानेका छन् । सपनालाई आधार मानेर स्थानीय बासिन्दाहरूको उपस्थितिमा सो स्थानमा उत्खनन गर्दा लाम्चो आकारको शिला(ढुंगा) फेला परेको हो। उक्त घट्नापछि इलाम क्षेत्रमा धार्मिक उत्साह र कौतुहलता दुवै बढाएको छ। अहिले त्यहाँ दर्शनका लागि भक्तजनहरूको भीड बाक्लिँदै गएको छ।इलाम नगरपालिका–४ की २३ वर्षीया प्रमिला कार्कील

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 520 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.