समाचार

    Showing 5,931-5,940 of 25,583 items.
  • उम्मेदवार चयनका लागि कांग्रेस संसदीय बोर्डको बैठक बस्दै

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्ने भएको छ। पार्टीका तर्फबाट उम्मेदवार टुंग्याउने उद्देश्यले केहीबेरमै बैठक बस्ने तयारी भइरहेको कांग्रेसका सह–महामन्त्री बहादुरसिंह लामाले जानकारी दिए।उनका अनुसार बैठकमा निर्वाचनमा उठाइने उम्मेदवारबारे छलफल गरी अन्तिम निर्णय लिने तयारी छ। पार्टीभित्रबाट आएका विभिन्न सिफारिस र राजनीतिक अवस्थालाई मध्यनजर गर्दै उम्मेदवार तय गरिने बताइएको छ।निर्वाचन नजिकिँदै जाँदा कांग्रेसले उम्मेदवार छनोट प्रक्रियालाई तीव्र बनाएको छ।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 443 पटक पढिएको
  • नेपाल प्रहरीका आठ डीआईजीको सरुवा

    काठमाडौं— नेपाल प्रहरीका आठ प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवा भएका छन् । सरुवा हुनेमा डिआइजी अरुण पौडेल बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रधान कार्यालयको कार्य विभाग, कार्य निर्देशनालयमा, कार्य विभागका जयराम सापकोटा कर्णाली प्रदेश प्रहरी कार्यालयमा र गण्डकी प्रदेश कार्यालयका दिनेश कुमार आचार्य प्रहरी प्रशिक्षण महाराजगञ्जमा सरुवा भएका हुन्।यसैगरी अन्वेषण योजना तथा विकास निर्देशनालयका दीपक रेग्मी बागमती प्रदेश प्रहरी कार्यालयमा, प्रहरी प्रशिक्षण प्रतिष्ठानका दीपेन्द्र घर्ती क्षेत्री गण्डकी प्रदेश प्रहरी कार्यालयमा, केन्द्रीय अनुसन्धान ब्युरोका भुपेन्द्र खत्री लुम्बिनी प्रदेश प्रहरी कार्याल

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 508 पटक पढिएको
  • उम्मेदवार नबन्ने स्याङ्जा कांग्रेस सभापति थापाको घोषणा

    काठमाडौं— नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन् ।बदलिएको राजनीतिक समीकरण र नयाँलाई अवसर प्रदान गर्नका लागि आफूले निर्वाचन नलड्ने घोषणा गरेको थापाले बताए ।उनले भने, ‘म यसअघि पनि सोही क्षेत्रबाट ३ पटक निर्वाचनमा उम्मेदवार भए, दुई पटकसम्म जित पनि हाँसिल गरे, यसपटक नयाँ साथीहरुलाई अवसर दिनकै लागि हो, जसले नेपाली कांग्रेसबाट आधिकारिक टिकट ल्याउनुहुन्छ म उहाँलाई सहयोग गर्छु चुनाव जिताउन भरपुर लाग्छु ।’थापाको यो निर्णयले सामाजिक सञ्जालमा कार्यकर्ताहरुले थापा नै स्याङ्जा १ मा उम्मेदवार हुनुपर्ने र उहाँ बाहेक अरुले निर्वाचन जित्न गाह्रो हुन

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 440 पटक पढिएको
  • जनकपुरधामको सभालगत्तै बालेन झापा जाने

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनको लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी गरेका बालेन साह सोमबार साँझ दमक आउँदै छन्। निर्वाचन आयोगले भोली गर्ने उम्मेदवारी दर्ताका लागि उनी दमक आउन लागेका हुन्। आज मधेस प्रदेशको जनकपुरमा रास्वपाको कार्यक्रममा सहभागी भएपछि उनी झापाको दमक प्रस्थान गर्नेछन्।जनकपुरबाट सडकमार्ग हुँदै आउँन लागेका शाहको स्वागतमा सुनसरी, मोरङ र झापामा र्‍यालीसहितका स्वागत कार्यक्रमहरू हुने रास्वपाले जनाएको छ।  मङ्गलबार बालेन मनोनयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय पुग्नेछन्।आज निर्वाचन अधिकृतको कार्या

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 479 पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा चार हजार दुई सय रुपैयाँले बढेर दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला दुई लाख ७७ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 443 पटक पढिएको
  • युवा तथा खेलकुद मन्त्री मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

    काठमाडौं— युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। जेन–जी आन्दोलनको समर्थनमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा कात्तिक ९ गते मन्त्री बनेका गुप्ताले आज राजीनामा बुझाएका हुन्।यद्यपि, उनको राजीनामा औपचारिक रूपमा स्वीकृत हुन बाँकी रहेको छ। गुप्ताले भने, “राजीनामा बुझाइसकेको छु। आज सार्वजनिक बिदा भएकाले दर्ता हुन सकेन, भोलिसम्ममा स्वीकृत हुने अपेक्षा छ।”सुशीला कार्की नेतृत्वको सरकार गैरदलीय भए पनि गुप्ता पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा खुलेपछि तथा अमेरिका जाने विषयलाई लिएर विवादमा तानिएका थिए। सोही कारण प्रधानमन्त्री कार्की उनीप्रति असन्तुष्ट रहेको

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 460 पटक पढिएको
  • १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘गोबर गणेश’ लाई दर्शकको राम्रो प्रतिक्रिया

    काठमाडौं— मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रको कथावस्तुलाई दर्शकले तारिफ गरिरहेका छन् ।माघ १ गतेबाट प्रदर्शनमा आएको सिनेमाले राम्रो वर्ड अफ माउथ पाएकाले निर्माण टिम हलमा दर्शकको संख्या उल्लेख्य बढ्नेमा ढुक्क छ ।हलमा पुगेका दर्शकले चलचित्र आफ्नै घरको कथा जस्तै लागेको बताइरहेका छन् । हरेक निम्नमध्यम वर्गीय परिवारको घरको कथा चलचित्रले उठाएको दर्शकको प्रतिक्रिया छ ।बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सिना, सन्तोष बानियाँ, सन्दीप ला

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 496 पटक पढिएको
  • सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

    म्याग्दी। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि जिल्लामा तयारी तीव्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका हुन् । जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले मतदानस्थल, मतदान केन्द्र छनोट, अन्तिम मतदाता नामावली कायम, अस्थायी मतदाता नामावली सङ्कलन, कर्मचारी र मतदान सामग्रीको व्यवस्थापनमा जुटेको जानकारी दिनुभयो ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र र छ स्थानीय तह रहेको जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 232 पटक पढिएको
  • पर्सामा एक सय ६७ मतदानस्थल कायम

    वीरगञ्ज। जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सामा तोकिएको एक सय ६७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।  जिल्लाभरि भने एक सय ६७ वटा मतदानस्थल छन् । क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्र नं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल छन् । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पर्सामा निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउँदै आइरहेको दाबी गर्नुभयो ।‘‘निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढङ्गले अघि बढाउनको लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउँदै आइरहेका छौँ,’’ उहाँले भन्नुभयो,‘‘निर्वाचनक

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 332 पटक पढिएको
  • मेची भन्सार : छ महिनामा रु. सात अर्ब १९ करोडको अलँैची निर्यात

    झापा- पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलँैची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालू आवमा अलैँचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले बताउनुभयो ।गत आवको साउनदेखि पुससम्ममा रु चार अर्ब ५५ करोड ७० लाख ६९ हजार मूल्य बराबरको अलँैची पूर्वीनाकाबाट निर्यात भएको थियो । कुकुर र बिरालोको खानाको

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 300 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.