काठमाडौं— काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छिन् ।टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिइन् ।
काठमाडौं— काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा खेल मैदानको बारमा एक महिला झुन्डिएको अवस्थामा सोमबार बिहान फेला परेकी छन्।कालो कपडा, झोला र जुत्ता लगाएकी ती महिलाको परिचय अहिलेसम्म खुलेको छैन। घटनास्थलमा अहिले स्थानीयको भीड लागेको छ भने महानगरीय प्रहरी वृत्त, बालाजुका प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।प्रहरीका अनुसार महिला झुन्डिएको अवस्थामा फेला परेपछि घटनास्थल सुरक्षित राखी थप अनुसन्धान भइरहेको छ। मृतकको पहिचान खुलाउन र घटनाको कारण पत्ता लगाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।स्थानीय बासिन्दाले बिहान खेल मैदानतर्फ जाँदा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्र
काठमाडौं— वर्षापछि आएको बाढी र पहिरोको कारणले देशका विभिन्न सडक अवरुद्ध छन् । नेपाल प्रहरीकाअनुसार अहिले ६ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध रहेको छ । बाढीपहिरोले संखुवासभास्थित कोशी राजमार्ग अवरुद्ध छ ।पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध छ । फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आएर ‘डाइभर्सन’ बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।त्यसैगरि काठमाडौं–नुवाकोट सडक, बागलुङको मध्पहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडक तथा रोल्पाको सहीद राजमार्ग एकफर्ती मात्रै खुलेका छन् । अवरुद्ध सडकको पहिरो हटाउनेसहितका मर्मतको काम जारी रहेको प्रहर
काठमाडौं— नेपाल धितोपत्र बोर्डले शिव श्री हाइड्रोपावर लिमिटेडलाई हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको छ।बोर्डले शिव श्री हाइड्रोपावरलाई १ बराबर १ कित्ताको अनुपातमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो।कम्पनीको हकप्रद सेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ भएकाले यसबाट कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ उठाउनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन क्यापिटल लिमिटेड रहेको छ।
रसुवा— रसुवाको ल्हेन्देखोलामा असार अन्तिम साता आएको भीषण बाढी पहिरोपछि २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको क्षतिको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न सात बीमा कम्पनीमा सो बराबरको दाबी परेको हो ।प्राधिकरणका अनुसार रसुवा बाढीको क्षतिका कुल ६३ वटा बिमा दाबी परेको छ । जसमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा पाँच करोड २० लाख रुपैयाँ बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सात वटा दाबी परेको छ । यस्तै, नेपाल इ
काठमाडौं— मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज) बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन्। काठमाडौंको भद्रकाली क्षेत्रबाट आइतबार बिहान उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले जानकारी दिए।अहिराजमाथि माघ ३ गते जिल्ला प्रहरी परिसरमा बालिका बलात्कारको उजुरी दर्ता भएको जिल्ला प्रहरी काठमाडौंले जनाएको छ । उजुरी दर्ता भएपछि उनी भारततर्फ फरार भएका थिए। केही हप्तायता काठमाडौंमै लुकेर बसेको सूचनाका आधारमा प्रहरीले खोजी गरेर उनलाई पक्राउ गरेको हो।पक्राउ परेपछि उनलाई अनुसन्धानका लागि अदालतमा पेश गरिएको थियो। जिल्ला अदालत काठमाडौंले उनलाई पाँच दिनक
काठमाडौं— नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ। बैठक बिहान ११ बजे बस्ने भएको छ। केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको संगठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।केन्द्रीय कमिटीको बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ।यसैगरी, पार्टीमा स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तहक
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश
काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।युरोपियन यूरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८५ रुपैयाँ २३ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २२
काठमाडौं । ९० को दशकमा ‘मेरी ओकिली..’, ‘झ्याबाट हेर..’ जस्ता गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियता कमाएका गायक अनिस ‘ओकिली’ सापकोटा गीत–संगीत प्रेमीका लागि नौलो नाम होइनन् ।नेपाली–अमेरिकी गायक, संगीतकार र संगीत निर्माता ओकिलीले दुई दशकभन्दा बढी समयदेखि दक्षिण एशियाली र विश्वव्यापी संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । पेशागत रूपमा उनी ‘ओकिली’ नामले चिनिन्छन् ।यी गीतले नेपाली दर्शकमाझ र विश्वभरि छरिएका नेपाली डायस्पोरामा व्यापक लोकप्रियता पाएका गायक ओकिलीले आफ्नो जन्मदिनमा नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर पनि नेपाली संगीतलाई निरन्तरता दिँदै आएका उनले य
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.