समाचार

    Showing 5,621-5,630 of 23,499 items.
  • लागू औषध गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट

    विराटनगर । भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । मंसिर १२ गते जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले हतुवागडी र आमचोक गाउँपालिकाका बिभिन्न स्थानका करिव ७० रोपनी क्षेत्रफलमा रहेका ७ हजार ४ सय ५० वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ।धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ र राजानरीबाट खटिएको प्रहरी टोलीले सहिदभुमी र चौबिसे गाँउपालिकाका डाँडापाखामा करिव ६.५ रोपनी क्षेत्रफलमा रहेको १ ह

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 271 पटक पढिएको
  • आज एनपीएलमा पोखरा र लुम्बिनी, सुदूरपश्चिम र जनकपुर भिड्दै

    काठमाण्डौ  ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।दोस्रो दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दैछन्। चार खेलमा अपराजित सुदूरपश्मि आठ अंकसहित शीर्ष स्थानमा छ। मात्र तीन खेल खेलेको जनकपुर अंकबिहीन तालिकाको पुछारमा छ। सुदूरपश्मिका कप्तान दीपेन्द्रसिंह ऐरी हुन् भने जनकपुरका कप्तान अनिल साह हुन्।तीन खेल खेलेको पोखराले एउटा मात्र जित निकालेको छ भने चार खेल खेलिसकेको लुम्बिनीलेसमेत एउटा मात्र जित निकालेको छ। पोखरा तालिकाको छैटौं स्थानमा छ भ

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 300 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ । 

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 278 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७१ पैसा र बि

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 230 पटक पढिएको
  • आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)लक्ष्यप्रति एकाग्रता राख्न सकिनेछ भने सफलता सुनिश्चित हुनेछ। लगानी लाभदायक बन्नेछ। आँट र साहसिक प्रयासले नयाँ अवसरहरू प्राप्त हुने संकेत छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)पुराना आकाङ्क्षा पूरा हुने समय आएको छ। मिहिनेतको कदर हुनेछ। कर्मक्षेत्रमा प्रगति र सम्मान बढ्ने सम्भावना छ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)सकारात्मक सोच र पहलले अपेक्षित सफलता दिनेछ। नयाँ जिम्मेवारी हात पर्नेछ। प्रतिष्ठा र प्रभाव बढ्ने समय हो।कर्कट - Cancer(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मिहिनेतको प्रतिफल पाइनेछ। अवरोध देखिए पनि धैर्यपूर्वक अघि बढ्दा

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 397 पटक पढिएको
  • आगलागी हुदा ५० लाखभन्दा बढीको क्षति

    ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भञ्ज्याङ बजारमा विद्युत् सर्ट भएर आगलागि भएको छ।स्थानीय डेनी तामाङको टिनले छाएको पक्की घरको चौथो तलाबाट भएको आगलागीका कारण रु ५० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।आगलागीबाट टिनको छानो, काठपात, मेसिनरी सामान, ल्याप्टप, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशंकर यादवले जानकारी दिएका छन।आगलागी भएको खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा आएको हो।

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 253 पटक पढिएको
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारसमक्ष आफ्ना माग प्रस्तुत

    काठमाण्डौ  ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारसमक्ष आफ्ना माग प्रस्तुत गरेका छन् । शुक्रवार बेलुका सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेका थिए ।प्रसाईंले मागपत्र बुझाए लगत्तै गृहमन्त्री अर्यालले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने बताएका छन् । गृह मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री कार्की र प्रसाईंबीच वार्ताका लागि थप छलफल अघि बढाउने छलफल भएको छ ।गृह मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री कार्की र प्रसाईंबीच वार्ताका लागि थप छलफल अघि बढाउने छलफल भएको छ ।

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 426 पटक पढिएको
  • कोशी सरकारले सुरु गर्यो दुहबीबाट सेवा पुनस्र्थापनाको अभियान

    विराटनगर । जेन्जी आन्दोलनले स्थानीय तहका कार्यालयहरूमा पु¥याएको क्षतिपछि सेवा प्रवाह सुचारु गराउन कोशी प्रदेश सरकारले सुरु गरेको पुनस्र्थापना अभियानअन्तर्गत दुहबी नगरपालिकामा करिब १८ लाख रुपैयाँ बराबरका ११ प्रकारका सामग्री प्रदान गरिएको छ  ।प्रदेश सरकारको विशेष पहलमा आज एक समारोहबीच मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छदारलाई सामग्री हस्तान्तरण गरेको उनको सचिवालयले बताएको छ । गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि ध्वस्त भएका कार्यालयहरूको पुनस्र्थापनाका लागि कोशी प्रदेशका ३० पालिकामा ६ करोड १८ लाख रुपैयाँ बराबरको सामग्री वितरण गर्ने सरकारको य

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 322 पटक पढिएको
  • ‘घर निर्माण फेस्ट २०८२’ दोस्रो संस्करणको औपचारीक घोषणा

    काठमाडौं । घर निर्माण फाउण्डेसनद्वारा गर्न लागिएको घर निर्माण फेस्ट २०८२ को दोस्रो संस्करणको औपचारीक घोषणा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फाउण्डेसनले नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाईमा पुयाउने उद्देश्यसहित फेस्ट आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौस्थित भुकुटीमण्डपमा आयोजना हुन लागेको जानकारी दिएको हो । नेपालमा निर्माण तथा व्यवाधिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरुले अझै पनि समान रुपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्वन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रुपमा प्रदर्शन गर्न विभिन्

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 264 पटक पढिएको
  • सरकारसँग वार्ता गर्न सिंहदरबारमा दुर्गा प्रसाईं

    काठमाण्डौ  ।  राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सिंहदरबार पुगेका छन् ।गत सोमबार थुनामुक्त भएका राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र गृहमन्त्री ओमप्रकाश अर्यालबीच गृह वार्ता सुरु भएको छ । उनीहरुबीच गृह मन्त्रालयमा औपचारिक वार्ता प्रारम्भ भएको हो । अभियन्ता प्रसाईंको समूहसँग सरकारले यसअघि दुई चरणमा वार्ता गरिसकेको थियो ।प्रसाईंले ७ मंसिरदेखि देशभर बन्द आह्वान गर्दै पत्राचार गरेका थिए। तर ६ मंसिरको राति बालुवाटारमा प्रसाईं समूह र सरकारबीच सहमति जुटेपछि आन्दोलन स्थगित गरिएको थियो।यसअघि मंसिर १ गते राति

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 393 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.