काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार वटा विभागहरुको शुल्क घटाउनुपर्ने भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समितिले आन्दोलन सुरु गरेको छ ।आजदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयभित्र धर्ना सुरु गरिएको छ । आन्दोलनमा सहभागी विद्यार्थीहरूले शिक्षामा शोषण बन्द गर, शुल्क तुरुन्त घटाउ गरिव विद्यार्थीको छातीमा गोली, यो त केन्द्रिय विभागको नीतिमा झोली, भन्ने नारासहित प्रदर्शन गरेका छन् ।आन्दोलन संयोजक मनिष चम्लागाईले बताए अनुसार, केन्द्रीय विभागमा गाभिएका नयाँ विभागहरूमा शुल्क घटाइनु पर्छ । विद्यार्थीहरूमाथि आर्थिक भार हु
एजेन्सी । थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा सैन्य झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ । झडपमा ११ थाई नागरिक र एक सैन्य कर्मचारीको मृत्यु भएको थाई स्वास्थ्यमन्त्रीले जनाएका छन् ।झडपमा एक सैनिक र ११ जना सर्वसाधारणको ज्यान गएको हो । थाइल्यान्डले आफ्ना सबै नागरिकलाई कम्बोडिया छाड्न भनेको छ । जसका कारण कम्बोडियासँगको सम्पूर्ण सीमा बन्द गरिएको छ ।यता, कम्बोडियाले भने थाइल्यान्डमाथि ‘अत्यधिक बल’ प्रयोग गरेको आरोप लगाउँदै बैंककसँगको सम्बन्धलाई कमजोर बनाएको जनाएको छ । कम्बोडियाले थाई गाउँमा रकेट प्रहार गरेको र एक अस्पतालमाथि आक्रमण गरेको आरोप लागेको छ । त्यस्तै थाइल्यान्डले कम्बोडियाली
विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८१/८२ को बार्षिक कार्य सम्पादन सम्झौता (कासस) अनुसार सम्पन्न कार्यहरूको समिक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भर्चुअल समिक्षा कार्यक्रममा कोशी प्रदेशअन्तर्गतका सबै जिल्ला तथा मातहत प्रहरी कार्यालयका प्रमुखहरूले आ(आफ्नो कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए।समिक्षा क्रममा प्रस्तुत तथ्यांकहरूको विश्लेषण गर्दा जिल्ला प्रहरी कार्यालय पाँचथरले कार्य सम्पादन सम्झौतामा तोकिएको शतप्रतिशत लक्ष्य हासिल गर्न सफल भएकोले सर्वोत्कृष्ट जिल्ला प
झापा— अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन् ।शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयबाट जानकारी पाएको उनले बताए । निजले कनकाईमा बसेर ज्यालादारीमा घर रङरोगनको काम गर्दै आएका थिए ।यसैगरी, विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुङ्गुर फार्ममा ६५
महोत्तरी – बर्दिवासस्थित डी एण्ड बी मेडिकेयर अस्पतालका चिकित्सक डा. प्रविण मिश्रलाई जबर्जस्ती करणी र गैरकानुनी गर्भपतनको आरोपमा प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्रकुमार भट्टका अनुसार इलाका प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले डा. मिश्रलाई पक्राउ गरेको हो।सर्लाहीको बलरा घर भई हाल बर्दिवासमा कार्यरत डा. मिश्रले १६ वर्षीया किशोरीको १० हप्ताको गर्भपतन गराउँदा अत्यधिक रक्तस्राव भएर उनी अचेत भएपछि अभिभावकले प्रहरीमा किटानी जाहेरी दिएका थिए।प्रहरीका अनुसार डा. मिश्रले किशोरीमाथिको जबर्जस्ती करणी लुकाउन कानुनी प्रक्रिया नअपनाई अवैधानिक रूपमा गर्भपतन
काठमाडौं – भारतमा आकर्षक तलबको प्रलोभन देखाएर नेपाली युवकलाई बन्धक बनाई अनलाइन ठगीमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ परेका छन्।नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलका अनुसार पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका–६ का २४ वर्षीय राजकुमार अच्छामी (हाल भक्तपुर, लोकन्थली) र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का ४५ वर्षीय रेशमबहादुर खत्री (हाल वीरगञ्ज, पर्सा) रहेका छन्।उनीहरूले एक नेपाली युवकलाई भारतमा ड्राइभरको काम दिलाउने भन्दै मासिक ३५ हजार भारू तलब र ओभरटाइमको लोभ देखाई गत वैशाख १९ गते काठमाडौंको बल्खुबाट वीरगञ्ज हुँदै भारतको पटना पुर्याएका थिए।ब्यूरोका एसपी र
एजन्शी । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित नरहेको अनुमान गरिएकाे छ ।बुधबार खाबरोव्स्कबाट ब्लागोवेश्चेन्स्क हुँदै टिन्डा जाँदै गरेको एन्टोनोभ एन-२४ जहाज टिन्डाबाट केही माइल वर पुगेपछि सम्पर्कविहीन भएको थियो। विमानकाे खोजीका लागि हेलिकप्टर परिचालन गरिएको थियो।रुसी उद्धारकर्मीहरूले विमानको भग्नावशेष जलिरहेको अवस्थामा फेला पारेका छन् । इन्टरफ्याक्स समाचार एजेन्सीले विमानका टुक्राहरू अमुर क्षेत्रमा भेटिएको जनाएको छ । विमानमा चालक दलका ६ सदस्य र ४३ जना यात्रु गरी ४९ जना सवार थिए। तीमध
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गरेकी छिन् । उनले वर्तमान सरकार जनभावनाको विरोधमा दमनकारी शैलीमा अगाडि बढिरहेको आरोप लगाएकी हुन् ।उनले भनिन्, ‘यो सरकार एक वर्षदेखि सत्तामा छ, तर उसले गरेको बाचा–प्रतिबद्धतामध्ये कुनैपनि पूरा गर्न सकेको छैन । त्यसैले अब सरकारको औचित्य समाप्त भइसकेको छ । संविधान संशोधनको कुरा गरेर सत्तामा पुगेको सरकारले अहिले मान्छे र सरकारी निकायको बेचबिखनलाई उपलब्धी मानेको देखिन्छ ।’भिजिट भिसा प्रकरणबारे बोल्दै उनले सरकारको दृष्टिकोणप्रति असन्तुष्टि व्यक्त गरिन् । ‘दुई महिनाद
विराटनगर— झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। बुधबार घटेका दुई छुट्टाछुट्टै घटनामा एक जनाको घटनास्थलमै र अर्काको उपचारका क्रममा मृत्यु भएको हो।सुनसरीको इनरुवा नगरपालिका–३ स्थित निर्माणाधीन पक्की घरमा छत ढलानको क्रममा फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विद्युतको नाङ्गो तारमा छोएपछि कामदार बर्जु गाउँपालिका–६ का ३५ वर्षीय नन्द कुमार चौधरी र गढी गाउँपालिका–३ का ३२ वर्षीय श्रवण चौधरी करेन्ट लागेर घाइते भएका थिए। उनीहरूलाई तत्काल इनरुवा अस्पताल लगिएकोमा उपचारको क्रममा नन्द कुमार चौधरीको मृत्यु भएको हो। श्रवण चौधरीलाई थप उपचारका लागि नोवेल अस्पताल, विराटनगर पठाइएको प्
विराटनगर— सुनसरी, झापा र उदयपुर जिल्लाबाट लागू औषध सहित ४ जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा बुधबार विभिन्न स्थानमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।उदयपुरको कटारी नगरपालिका–८ निवासी ४५ वर्षीया देवकुमारी थापा मगरलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनकै घरबाट ३० किलो ३६० ग्राम गाँजासहित पक्राउ गरेको हो।त्यस्तै, लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर–६ बाट इलाम नगरपालिका–११ का ईछिङ एक्तेनलाई ७ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।यसैगरी, सुनसरीको ईनरुवा–४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.