डडेलधुरा— सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अहिले डडेलधुरा पुगेका छन्। तराईका कैलाली–कञ्चनपुरमा चुनावी गतिविधि सकेर उनी बुधवार बिहानै पहाडतर्फ उक्लिएका हुन्।

पहाड चढ्ने क्रममा बाटोमा हिउँ परिरहेको दृश्यले यात्रालाई झन् अर्थपूर्ण बनाएको छ। यही यात्राको एक झलक बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

तस्बिरसँगै उनले डोटेली भाषामा क्याप्सन लेखेका छन्— “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई।”

बालेनसँगै रहेका समर्थकहरूले डडेलधुराको साहुखर्कमा उनले खिर खाइरहेको तस्बिर पनि सार्वजनिक गरेका छन्, जसले स्थानीय संस्कृतिसँगको उनको आत्मीयतालाई झल्काउँछ।

सुदूरपश्चिमप्रतिको अपनत्वलाई बालेनले शब्द र व्यवहार दुवैबाट देखाइरहेका छन्।