काठमाडौं / पछिल्लो केही दिन यता नेपालमा कोरोना सङ्क्रमितको संख्या तीब्र रूपले बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको संख्या २०६ पुगेको हो । दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १००५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
काठमाडौँ / विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठ पक्राउ परेका छन् । अवैध रुपमा क्रिप्टोमा लगानी गरेको आरोपमा महानगरी प्रहरी अपराध महाशाखाले बुधबार उनलाई पक्राउ गरेको हो । श्रेष्ठले अवैध रूपमा क्रिप्टोमा लगानी गरेको पाइएपछि नियन्त्रणमा लिएको अपराध महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । प्रहरीले श्रेष्ठको पानीपोखरी स्थित निवासमा समेत छापा मारेको छ । व्यापारी श्रेष्ठ यसअघि ३३ किलो सुन काण्डमा पनि मुछिएका थिए । उनी लामो समय क्यानडा बसेर केही दिनअघि मात्र नेपाल आएको बताइएको छ ।
झापा / जाजरकोटमा ७८ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवालय गाउँपालिका- ३ चोरकम्द बस्ने ६२ वर्षीय पुरुष रहेका छन् । गत शनिबार वृद्धालाई ती पुरुषले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सीमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका ति पुरुषमाथि जिल्ला अदालत जाजरकोटबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ / भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने बित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी किन लागेको भन्ने बारे खुल्न सकेको छैन । क्षतिपुर्ती कति भएको भन्ने अहिले नै यकिन गर्न नसकिने समेत बताए ।
बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका वड नम्बर –१ स्थित बुधबारे चोकमा सवारी दुर्घटना भएको छ । चारआलीबाट इलामतर्फ जाँदै गरेको मे१ज ३१८९ नम्बरको बोलेरो र बुधबारेबाट चारआली तर्फ आउँदै गरेको प्र१–१०–०१५ प ३४०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनामा परी मोटरसाइकल चालक र उनको पछाडि सवार गम्भिर घाइते भएका छन् । उनीहरूको बिर्तामोड स्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहको इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी प्रमुख अशोक कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार बुलेरो चालक इलाम नगरपालिका –५ का ३२ वर्षीय सूर्य अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको
झापा / पर्सामा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा रामेछाप मन्थली नगरपालिका- १४ घर भएका ४२ वर्षीय बाबु घिसिङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका- १६ बाट भारततर्फ जान लागेका घिसिङ र २२ वर्षीय युवतीलाई प्रहरीले माइती नेपालका कर्मचारीको उपस्थितिमा नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा घिसिङले युवतीलाई भारतको कलकत्तास्थित अस्पतालमा मासिक ६० हजार रुपैयाँको काम लगाइदिने प्रलोभन देखाई काठमाडौंमा असार २७ गते भेटी सोही दिन वीरगञ्ज बसपार्क ल्याएको र प्रहरीको बोर्डर चेकपोष्टमा ‘बाराको अमलेखगञ्ज घर हो र भारतको रक्सौलमा कपडा खरिद गर्न जान लागेको’ भन्नु
बिर्तामोड / झापाको भद्रपुर नगरपालिका- ५ का १८ वर्षीय मोहम्मद प्यारे मोबाइल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउन्ड गोली समेत बरामद भएको छ । गत असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियङ्का मोबाइल पसलबाट पसल भित्र रहेका बिभिन्न कम्पनीका मोबाइल २९ थान, घडी २ थान र नगद रु ६१५०० गरी जम्मा रु ५ लाख अठार हजार दुई सय मूल्य बराबरको चोरी भनी जानकारी पाए लगत्तै चोरीमा संग्लग्न ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले प्यारेलाई २८ गते राती पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएका
झापा / पर्साको वीरगन्ज महानगरपालिका- १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको बिहार मोतिहारी रक्सौल बस्ने २८ वर्षीय संजित कुमार र २४ वर्षीय अनुराग मिश्र रहेका छन् । बिआरओएसयु ३५०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापा / मकवानपुरमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नं ९ का वडाध्यक्ष भुवन सिंह घलान रहेका छन् । पीडित बालिकाले असार १८ गते आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै वडा अध्यक्ष घलान विरुद्ध पीडितले असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी एसपी सुरेन्द्र बहादुर गुरुङका अनुसार असार २८ गते दिउँसो हेटौँडा बजारबाट आरोपित वडा अध्यक्ष घलानलाई प्रहरीले गिरफ्तार गरेको थियो ।राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद अन्तर्गत जिल्लास्तरीय प्रतियोगितामा
बिर्तामोड / १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह आर आइ टि बाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- ४ का २२ वर्षीय नवीन माझी रहेका छन् । सुनसरी जिल्ला अदालतको फैसला आदेशले १ वर्ष ११ महिना ८ दिन कैद र २१ हजार ३ सय ३३ तेत्तीस रुपैयाँ ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना असुल गर्न बाँकी रहेको र गाँउ घरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका माझीलाई कैद तथा जरिवाना भुक्तानको लागि मोरङ जिल्ला कारागार पठाइएको छ ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.