समाचार

    Showing 5,391-5,400 of 19,479 items.
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, लुम्बिनि,बागमती, गण्डकी प्रदेशका

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 318 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८  पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 288 पटक पढिएको
  • कलाकार सुलेमान शंकर ‘इकु’कि पत्नीको निधन

    काठमाण्डौ । कलाकार सुलेमान शंकर ‘इकु’ पत्नीशोकमा परेका छन् ।उनकी ४२ वर्षिया पत्नी सम्झना घिमिरेको साउन १० गते निधन भएको हो । निधन अघिल्लो साता भए पनि शुक्रबार मात्र पशुपतिस्थित विद्युतीय शवदाह गृहमा घिमिरेको अन्त्येष्टि गरिएको छ । मिर्गौला पीडित घिमिरे लामो समयदेखि बिरामी थिइन्। घिमिरेको शुक्रबार पारिवारिक सदस्यको उपस्थितिमा अन्त्येष्टि गरियो ।गत साता नै निधन भए पनि छोरा अमेरिकामा रहेकाले उनको अन्त्येष्टि ढिलो भएको हो । अञ्जना र इकुका तर्फबाट एक छोरा र एक छोरी छन् ।

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 397 पटक पढिएको
  • राज्यको प्राथमिकता नपरेसम्म विपद्जन्य क्षति न्यूनिकरण असम्भब ; राजु अर्याल

    काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको प्राथमिकता नपरेसम्म विपद्जन्य क्षति न्यूनिकरण गर्न नसकिने बताएका छन् ।शुक्रबार सशस्त्र प्रहरी बलले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रममा बोल्दै उनले सरकारको प्राथमिकतामा नपरेसम्म विपद्जन्य क्षति न्यूनिकरण गर्न नसकिने बताएका हुन् । संविधानको रक्षा, मौलिक हकको रक्षा र मानवको रक्षा गर्न  विपद् न्यूनिकरणको विषयलाई सम्पुर्ण सरोकारवाला निकायले प्राथमिकतामा राख्नुपर्ने बताए ।अर्यालले प्रत्येक बर्ष सबैभन्दा बढी जनधनको क्षति विपद्जन्यबाटै हुने गरेको भन्दै सरकारले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए 

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 507 पटक पढिएको
  • मलंगवाको यातायात कार्यालयले एक वर्षमै संकलन गर्यो १२ करोड बढी राजस्व

    सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा १२ करोड १७ लाख ९६ हजार ६११ रुपैयाँ राजस्व संकलन गरेको छ ।२०७९ मंसिर १७ गते स्थापना गरिएको उक्त कार्यालयले सवारीसाधन कर चालक अनुमति पत्र सवारी दर्ता किताब सवारी आयकरलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ ।कार्यालयका प्रमुख शशी यादवका अनुसार सवारीसाधन करबाट मात्रै ८ करोड २९ लाख ९८ हजार ७१ रुपैयाँ, सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताबबाट ३ करोड ५२ लाख ४५ हजार ५८५ रुपैयाँ र सवारी आयकर शीर्षकमा २३ लाख ५० हजार ४२५ रुपैयाँ राजस्व संकलन गरिएको हो ।सवारी सम्बन्धी नवीकरण, जरिवाना, नयाँ सवारी दर्ता, नामसारी,

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 257 पटक पढिएको
  • सरुले ल्याइन ‘टिकटकले भाइरल बनायो’, भिडियोमा देखिए दिपाश्री र रातामकै

    काठमाडौं । तीज पर्वलाई लक्षित गर्दै गायिका एवम समाजसेवी धनकुमारी थापा ‘सरु’ले ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा ल्याएकी छिन् । चर्चित हाँस्य कलाकार किरण केसी रातामकै र दिपाश्री निरौला अभिनित गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित विमोचन समारोहमा प्रमुख अथिति बरिष्ठ गायक बम बहादुर कार्कीले गीतको शब्द, संगीत र अभिनयको खुलेर तारिफ गरे । ‘हिजोआज गीतको शैली र शब्दहरु समय अनुसार परिवर्तन हुन थालेका छन् । डिजिटल प्लेटफर्महरुले नेपाली गीत संगीतको प्रवद्र्धनमा सहयोग पुर्याइरहेको छ । ‘टिकटकले भाइरल बनायो’ गीत डिजिटल प्लेटफर्म भित्र र बाहिर उत्तिकै चर्चित बन्नसक्छ,’ उनले भने

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 285 पटक पढिएको
  • मिडिया स्वतन्त्र र उत्तरदायी बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड

    काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गरिएको छ ।बैठकमा सांसदहरूले विधेयकका विभिन्न पक्षबारे धारणा राख्दै कानुन निर्माणमा संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका छन् ।पूर्वमन्त्री तथा नेकपा (एमाले) की सांसद विद्या भट्टराईले छलफलका क्रममा मिडिया काउन्सिल विधेयक कस्तो हुनुपर्छ भन्नेबारे सबैले आफ्ना धारणा राखिसकेको बताउँदै व्यवहारमा पनि त्यहीअनुसारको अभ्यास हुनुपर्ने धारणा राखिन् ।उनले भनिन्, ‘हामीले संस्थाहरु बनाउँछौं, दस्तावेजमा राम्रो लेख्छौं तर व्यवहारमा त्यही अनुसार अभ्यास हुँदैन । कानुन बनाउँदाखेरि जति संवेदनशी

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 231 पटक पढिएको
  • फाइभ जी नेटवर्क जति सक्दो छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन

    काठमाडौं –  सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जति सक्दो छिटो फाइभ जी नेटर्वक सुचारु गर्न नेपाल टेलिकम र नेपाल दुरसञ्चार प्रधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२÷८३ को बार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर जि विस्तार व्यापाक बनाउदै फाइभ जी नेटर्वकको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन् । मन्त्री गुरुङका अनुसार आफुले मन्त्री भए लगत्तै पटक पटक फाइभ जी नेटर्वक सुरु गर्ने भन्दै आएपनि एक वर्ष पुगिसक्दा त्यसको कार्य सम्पादन नहुनु दुख लाग्दो विषय रहेको बताएका छन् ।उनले अब भने चाडो भन्दा चाडो नेटर्वक विस्तारमा

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 454 पटक पढिएको
  • कांग्रेसले सबै जातजातिलाई उचित सम्मान गरेको छ : सभापति देउवा

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले थारु समुदायलाई सम्मान गर्दै हक हितका लागि विभिन्न कामहरु गर्दै आएको बताएका छन् । शुक्रबार पार्टीको थारु विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारु समुदायको समग्र विकास र उत्थानमा विकास पुगोस् भन्ने उद्देश्यले थारु विभाग गठन गरिएको बताए । उनले भने,‘नेपाली कांग्रेसले थारु समुदायलाई सम्मान गर्दै आएको छ । थारु समुदायको समग्र विकास र उत्थानमा विकास पुगोस् भन्ने उद्देश्यले थारु विभाग गठन गरिएको छ । यो संगठन थारुहरुको हक हितका निम्ति अधिकतम प्रयोग गर्नुपर्छ ।’ त्यस्तै उनले संविधानले गर्दा कुनैपनि पार्टीको बहु

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 305 पटक पढिएको
  • रोग लाग्न नदिन हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ ।प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् । उक्त पूर्ण खोप घोषणा गर्दै  प्रधानमन्त्री ओलीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्ने बताए । उनले कुनै पनि समयमा रोग लाग्न सक्ने भन्दै  त्यसको एउटा उपाय खोप नै भएको बताए ।‘रोग लाग्न सक्छ तर हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ । त्यसको एउटा उपाय खोप हो

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 470 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा