काठमाडौं— पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार खाना पकाउने एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा ग्यास आपूर्ति असहज बनेको छ। आयातमा आएको अवरोधका कारण बजारमा ग्यासको उपलब्धता घट्दै जाँदा उपभोक्ताले कृतिम अभावको सामना गर्नुपरेको हो।
ग्यास आपूर्ति कमजोर बन्दै जाँदा विभिन्न स्थानमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। यसैबीच, केही स्थानमा कालोबजारी मौलाउन सक्ने संकेत देखिन थालेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
सम्बन्धित निकायले भने आपूर्ति सहज बनाउने प्रयास भइरहेको जनाएको छ। यद्यपि, मागअनुसार ग्यास आपूर्ति हुन नसक्दा बजारमा असहज अवस्था कायमै रहेको छ।






































