समाचार

    Showing 5,161-5,170 of 19,462 items.
  • गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर सञ्चालन

    रसुवा— गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पु¥याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।काठमाडौंको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार सङ्घका साथै स्थानीय तह र जिल्ला अस्पताललगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा सहज भएको छ।गोसाइँकुण्डमा हिमालयन उद्धार सङ्घले छ जना एमविविएस चिकित्सक र अक्सिजन सिलिण्डर समेत पु¥याएका कारण उपचार सेवा थप प्रभावकारी बनेको यात्रुहरूले बताएका छन् ।सुरक्षाका लागि जिल्ल

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 556 पटक पढिएको
  • फोर्स मोटर्सको आधिकारिक बिक्रेताबाट अन्याय र धोकाधडी भएको आरोप

    काठमाडौं –  दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिले नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट आफुहरुमाथि चरम अन्याय र धोकाधडी भएको आरोप लगाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी प्रालिले फोर्स गाडी खरिदबाट यातायात व्यवसायीहरू पीडित बनेको भन्दै आयाम इन्टरकन्टिनेन्टल प्रालिले पारेको मर्का र क्षतिपूर्ति माग समेत गरेको छ ।विज्ञप्तिमा भनिएको छ,‘आज हामी अत्यन्तै दुःख र पीडाका साथ, नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट हामीमाथि भएको चरम अन्याय, धोकाधडी र त्यसले हाम्रो व्यावसायिक एवं व्यक्तिगत ज

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 350 पटक पढिएको
  • काठमाडौंको गोकर्णेश्वरबाट बडीमालिका दर्शन गरेर फर्कने क्रममा भीरबाट लडेर तीर्थयात्रीको मृत्यु

    काठमाडौं— बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौं बस्ने ५२ वर्षीय विप्लव ओझा रहेका छन्जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इकवाल हवारीका अनुसार बाजुराको बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन्।राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको प्रनाउ हवारीले बताए। लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भएको छ।  उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 474 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केहि स्थानमा मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग लगायत देशका बाँकी पहाडी भूभागका केही स्थानहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भूभागगका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको केहि स

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 347 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ ६३ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ २० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७४ रुपैयाँ २० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ९३ पैसा र बिक्री

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 255 पटक पढिएको
  • आज २०८२ साल साउन २३ गते शुक्रबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)परिवारको सहयोग र शिक्षामा प्रगति हुनेछ। परीक्षा राम्रो नतिजा ल्याउनेछ। देशभित्र लगानीबाट फाइदा हुनेछ, तर विदेश यात्रामा जोखिम छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ। विदेशमा रमाउने मोह बढ्ने देखिन्छ। साथीसँगको संगतले फाइदा हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मन चञ्चल हुनेछ। साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ।घर सल्लाह गरेर मात्र ठुलो कामको सुरुवात गर्नु फलदायी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कर्कट (हि, हु, हे, हो, डा,

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 372 पटक पढिएको
  • शिक्षा विधेयक छिटो पारित गर्न प्रचण्डको सरकारलाई आग्रह

    काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षा विधेयक छिटो पारित गर्न सरकारसँग माग गरेका छन् ।अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै उच्च शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान पनि माग गरे ।उनले भने, ‘यति दुइटा कुरा भयो विद्यार्थीहरुको ९० प्रतिशत जवाफ त्यही हुन्छ । यी दुईटा काम गर्नको लागि व्यवस्था परिवर्तन गर्न पर्दैन । सजिलै सरकारले गर्ने कुरा हो। मेरो नेतृत्वको सरकारले अगाडि बढाइसकेको छ । त्यसलाई अन्तिम रुप दिइयोस् ।’उनले शिक्षा विधेयक आउन सरकारकै कारणले ढिलाइ भइरहेको आरोप लगाए ।

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 458 पटक पढिएको
  • कोसी प्रदेशसभाबाट अस्वीकृत भयो भाषासम्बन्धी गैरसरकारी विधेयक

    विराटनगर— कोसी प्रदेशसभाले भाषासम्बन्धी गैरसरकारी विधेयक अस्वीकृत गरेको छ । बिहीबार बसेको सभाको बैठकमा गैरसरकारी विधेयक टेबुल भएको थियो । तर, सत्तासीन दल नेकपा (एमाले) र नेपाली कांग्रेसले विधेयकलाई अस्वीकृत गरिदिएका हुन् ।सभामा टेबुल भएको विधेयकको विषयमा एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले पेस गर्नुको कारण खुलाएकी थिइन् । त्यसपछि सभामुख अम्बरबहादुर विष्टले सभासमक्ष निर्णयार्थ पेस गरेका थिए । तर, सभाको बहुमतले विधेयक स्वीकार नगर्ने ध्वनिमत जनाएको थियो ।लिम्बू र मैथिली भाषालाई प्रदेश सरकारको कामकाजका लागि प्रयोगमा ल्याउने प्रस्तावसहित गत फागुन २८ गते माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 501 पटक पढिएको
  • अमेरिकी सेनाको शिविरमा गोलीकाण्ड, पाँच सैनिक घाइते

    काठमाडौं— अमेरिकी राज्य जर्जियामा रहेको एक सैन्य अड्डामा गोलीबारी भएको खबर आएको छ।एटलान्टाबाट करिब ३८६ किलोमिटर टाढा रहेको फोर्ट स्टुअर्ट मिलिटरी बेसमा भएको गोलीकाण्डपछि त्यहाँ तालाबन्दी लगाइएको छ र संदिग्ध बन्दुकधारीलाई हिरासतमा लिइएको छ।यस घटनामा पाँच सैनिक घाइते भएको बताइएको छ, जसलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ। यो घटना बुधबार स्थानीय समय अनुसार राति ११ बजे (भारतमा राति ९ बजे) भएको थियो।

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 574 पटक पढिएको
  • विद्युतीय धरापमा परेर किसान र गैँडा मारिए

     चितवन –  मकवानपुरको मनहरी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–२ भैरवपुरमा वन्यजन्तु मार्नका लागि थापिएका विद्युतीय धरापमा परेर एकै दिन एउटामा मान्छे र अर्कोमा गैंडा मारियो ।हिजो बुधबार मनहरी गाउँपालिका–६ को जोगितालको धानखेतमा आफैंले राखेको विद्युतीय धरापमा परेर राप्ती नगरपालिका–१ चितवन बसोबास गर्ने ३४ वर्षीय लालबाबु मुक्तानको ज्यान गयो ।बिजुलीको पोलबाट हुक गरेर जोडिएको धरापमा पर्दा उनको मृत्यु भएको मनहरी गाउँपालिका–६ का वडाध्यक्ष युवराज थपलियाले पुष्टि गरे ।खेतमा विद्युतीय धराप थापेको बिर्सिएर धान गोड्न खेतको आलीबाट हिँडिरहेका मुक्तानले पानीमा टेक्ने बित्तिकै करेन्ट लागेको थियो ।आ

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 432 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा