समाचार

    Showing 4,611-4,620 of 23,459 items.
  • चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

    काठमाडौँ। चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ । काठमाडौँमा चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका हुने जनाइएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्न अन्तिम तयारी गरिएको जानकारी दिनुभयो ।  यसका लागि उहाँकै अध्यक्षतामा बुधबार सामाजिक समितिको बैठक बसेको थियो । नगरपालिकाका अनुसार नगरका १५ वडामध्ये वडा नम्बर १२ मात्र ‘बालश्रममुक्त वडा’ घोषणा हुन बाँकी छ । आगामी हप्ता हुने विशेष समारोहमा चन्द्रागिरि–१२ सहित नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’घोषणा गरि

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 146 पटक पढिएको
  • डा. बालकृष्ण शर्मा भन्छन क्रिसमस मानव जीवनमा शान्ति, प्रेम र उद्धारको सन्देश बोकेको पर्व हो

    काठमाडौं—  ‘क्रिसमस’ अंग्रेजी शब्द क्राइस्ट मासबाट आएको हो, जसको अर्थ ख्रिष्टको भेला वा सभा भन्ने बुझिन्छ । क्रिसमस पर्व येशु ख्रिष्टको जन्मको सम्झनामा मनाइने इसाई धर्मको महत्वपूर्ण उत्सव हो ।ऐतिहासिक रूपमा क्रिसमस चौथो शताब्दीमा इसाई रोमन सम्राट कन्स्टेन्टाइनको शासनकालमा सुरु भएको मानिन्छ । पछि पोप जुलियसले येशु ख्रिष्टको जन्म दिवसको अवसरमा डिसेम्बर २५ लाई आधिकारिक रूपमा क्रिसमस डे घोषणा गरेका थिए ।क्रिश्चियन धर्मका अध्येता डा. बालकृष्ण शर्माले क्रिसमसको धार्मिक, ऐतिहासिक र आध्यात्मिक महत्त्वबारे प्रकाश पारे । उनका अनुसार बाइबलमा येशु ख्रिष्टको जन्म मितिबारे स्पष्ट उल्लेख नभए पनि उहाँको

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 463 पटक पढिएको
  • वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

    वीरगञ्ज। वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशतअर्थात् रु १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो ।जबकी गत आवको पाँच महिनामा भने रु २१ अर्ब १८ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा यो नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । चालु आवको पाँच महिनामा रु २० अर्ब ७६ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । त्यस्तै रु तीन

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 237 पटक पढिएको
  • पूर्वदलीय विवाद टुंग्याउँदै राप्रपा र राप्रपा नेपाल एकतामा

    काठमाडौं— लामो समयदेखि विभाजित रहेका राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच बुधबार एकता सहमति भएको छ।राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले एकता सहमति पत्रमा साँझ ७ बजे हस्ताक्षर गरेका हुन् ।अनुसार सहमति भए पनि पद बाँडफाँटको कुरा नभएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।उनले भने, ‘अहिलेसम्म सहमति मात्र भएको छ, पद बाँडफाँटको कुरा भइसकेको छैन। कमल थापा कुनै बार्गेनिङ नगरी एकताका लागि तयार हुनु भएको छ।’पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग हुने घोषणा गरेका थिए। त्यसअघि ०७८ मंसिरमा भएको महाधिवेशनमा आफूलाई पराजित

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 427 पटक पढिएको
  • क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस्ः राष्ट्रपति पौडेल

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’को आवसरमा शुभकामना व्यक्त गरेका छन् ।उनले क्रिसमसले समाजमा आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका हुन् ।उनले शुभकामना सन्देश मार्फत यस पर्वले प्रेम, क्षमा, दया र शान्तिको मूल्यमा आधारित जीवनशैलीलाई बढावा दिई विभिन्न सांस्कृतिक र धार्मिक समुदायबीच आपसी समझदारी र भाइचारो मजबुत बनाउन सहयोग पुग्ने उल्लेख गरे ।राष्ट्रपतिले क्रिसमसको अवसरलाई सबै नेपालीबीच विश्वास, एकता र सामाजिक मेलमिलापको सन्देश फैलाउने अवसरका रूपमा लिन सुझाव दिए ।

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 472 पटक पढिएको
  • उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त

    काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे), २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले शान्ति, प्रेम, करुणा र सहअस्तित्वको सन्देश बोकेको यस पर्वले मानवता, सहिष्णुता र सामाजिक सद्भावलाई सुदृढ बनाउनमा सहयोग पुगोस् भन्दै शुभकामना दिनुभएको छ । “हाम्रो संविधानले सुनिश्चित गरेको समानता, धार्मिक स्वतन्त्रता र सामाजिक न्यायसँग यी मूल्यहरू प्रत्यक्ष रूपमा जोडिएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक व

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 209 पटक पढिएको
  • लबिम मल झिलिमिली, क्रिसमस पूर्वसन्ध्या उत्सवमय

    ललितपुर— क्रिसमस डेको अघिल्लो दिन (हिजो) ललितपुरस्थित लबिम मल झिलिमिली उज्यालो र रंगीन सजावटले भरियो। मल परिसरमा बालबालिका, युवा र परिवारसहित सर्वसाधारणको भीड लागेको थियो।खेलौना, उपहार र सजावटी सामग्री बिक्री गर्ने स्टलहरूमा ग्राहकको चहलपहल देखिन्थ्यो। मानिसहरू फोटो–भिडियो खिच्दै उत्सवको मजा लिँदै थिए।मल वरिपरि सडकमा सवारी चाप बढ्दा केही समय सवारी जामको अवस्था पनि देखियो। ट्राफिक प्रहरीले व्यवस्थापनमा खटिएको थियो।नेपालमा क्रिसमस पर्व धार्मिक मात्र नभई सांस्कृतिक उत्सवको रूपमा पनि मनाइन्छ। हिजो लबिम मलको झिलिमिली दृश्यले यस वर्षको क्रिसमस पूर्वसन्ध्यालाई विशेष बनाएको छ।

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 470 पटक पढिएको
  • क्रिसमसले एकता र सद्भाव बलियो बनाओस्ःकार्यवाहक सभापति खड्का

    काठमाडौं— नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रिसमस डे–२०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ईसाई धर्मावलम्बीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।डिसेम्बर २५ का दिन मनाइने क्रिसमसलाई धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा उल्लेख गर्दै खड्काले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताए ।उनले शुभकामना सन्देश मार्फत विविधताभित्र मनाइने चाडपर्व, धार्मिक तथा सांस्कृतिक परम्पराले नेपाली समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको भावना बलियो बनाउँदै आएको उल्लेख गरे ।क्रिसमसजस्ता पर्वहरूले सामूहिक भावना

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 425 पटक पढिएको
  • निर्वाचन आचारसंहिता–२०८२ सार्वजनिक, उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने

    काठमाडौं— निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ ।आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको मस्यौदामा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाको नाम सार्वजनिक गर्ने, साथै विद्युतीय माध्यम र सूचना प्रविधिको प्रयोगमार्फत अनुगमन र कारबाही गर्न सकिने व्यवस्था गरिएको छ ।निर्वाचन आयोगका अनुसार निर्वाचन प्रक्रिया स्वतन्त्र, पारदर्शी, मितव्ययी र निष्पक्ष बनाउन आचारसंहिताको मस्यौदा तयार पारिएको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले आफ्नो अधिकार

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 416 पटक पढिएको
  • काभ्रेमा कृषि–पर्यटन प्रवर्द्धनार्थ ‘सुन्तला–हाइकिङ’

    काभ्रेपलाञ्चोक। यहाँ कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । विभिन्न निकाय तथा सङ्घ–संस्थाको आयोजनामा यसपटक परीक्षण र प्रवर्द्धनका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ । होटल एसोसिएसन अफ नेपाल (हान) काभ्रेपलाञ्चोक च्याप्टरको आयोजना र धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसमा जिल्लास्थित नेपाल युवा उद्यमी मञ्च र रोटरी क्लब अफ धुलिखेलले सहकार्य गर्ने जनाइएको छ । यस्तै कार्यक्रम १५ वर्षअघि पनि सञ्चालन गरिएको थियो । त्यो कार्यक्रम केही वर्षपछि सुस्ताएको थियो । हानका जिल्लाध्यक

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 196 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.