काठमाडौं / भोटेकोशीमा आएको भीषण बाढीले रसुवाको यातायात पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। सडक विभागका अनुसार १९ वटा पुल र करिब ४० किलोमिटर सडक क्षतिग्रस्त भएपछि रसुवाको उत्तरी क्षेत्रसँगको सडक सम्पर्क पूर्णरूपमा अवरुद्ध भएको छ। बाढीले बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा सबैभन्दा ठूलो क्षति पुर्याएको छ। नेपाल–चीन व्यापारको मुख्य मार्गसमेत रहेको यो सडक अवरुद्ध भएपछि रसुवागढी नाकाबाट हुने आवतजावत र व्यापारिक गतिविधिसमेत प्रभावित भएका छन्। सडक विभागका अनुसार कतिपय स्थानमा सडकको सतह मात्र नभई सडकको आधार नै भोटेकोशीको भेलले बगाएको छ।पुलहरूमा समेत पूर्ण तथा आंशिक क्षति पुगेको छ।
काठमाण्डौं / उपाध्यक्ष र वडाध्यक्षको अवस्थासमेत अज्ञात, तीन वडाका करिब ४० प्रतिशत नागरिक सम्पर्कबाहिरस अध्यक्ष भन्छन्– ‘क्षतिको आकार अकल्पनीय छ’भोटेकोशीको बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाई यति ठूलो संकटमा धकेलेको छ कि स्थानीय नागरिक मात्र होइन, जनप्रतिनिधिकै अवस्था यकिन हुन सकेको छैन। गाउँपालिका उपाध्यक्ष र एक वडाध्यक्ष सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भइरहेका बेला वडा नम्बर २, ३ र ५ का ठूलो संख्याका नागरिकसमेत सम्पर्कबाहिर छन्। सञ्चार सम्पर्क टुटेका कारण कति मानिस सुरक्षित छन्, कति बेपत्ता छन् र कति उद्धारको पर्खाइमा छन् भन्ने वास्तविक तस्वीरसमेत राज्यसँग छैन।बुधबार बिहान तिब्ब
काठमाडौँ / रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित जिल्लामा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित जिल्लामा खोज तथा उद्धारका लागि हेलिकोप्टर तथा ड्रोन सञ्चालन गर्ने संघसंस्थालाई सम्बन्धित निकायसँग समन्वय गरी सहयोग गर्न विशेष अनुरोध गरेको छ। प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघलगायत हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघसंस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर उद्धारमा जुट्न आग्रह गरेको हो।बाढीका कारण
काठमाडौंं / नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा चीनको तिब्बती भू–भागबाट आएको बाढीले मालवाहक सवारीसाधन, यातायात व्यवसायी तथा मजदुरहरू प्रभावित भएको जनाएको छ ।महासंघका अनुसार बाढीले टिमुरे भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन बगाएको छ भने बेत्रावती क्षेत्रमा पार्किङ गरिएका मालवाहक सवारीसाधनमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । महासंघअन्तर्गतका सदस्य संस्थामा आबद्ध केही सवारीसाधन व्यवसायी तथा मजदुरहरू सम्पर्कविहीन रहेको भन्दै महासंघले सम्बन्धित संस्थासँग सम्पर्कमा रहन तथा सुरक्षा निकायको सम्पर्कमा जान आग्रह गरेको छ ।बाढीको जोखिम अझै कायम रहेकाले नद
काठमाण्डौं / रसुवाको बाढीमा फसेका नागरिकले टाढाबाटै उद्धारका लागि हात उठाइरहेको दृश्य क्यामेरामा कैद भएको छ। कालिकास्थानबाट गोरखापत्रका पत्रकार केशव न्यौपानेले क्यामेरा जुम गर्दा बाढी प्रभावितहरू उद्धारको याचना गरिरहेका देखिएको बताएका छन्। राज्यसँग हेलिकप्टर छन्, सुरक्षा संयन्त्र छन्, उद्धारको जिम्मेवारी बोकेको सरकार छ—तर प्रश्न उठेको छ, विपद्मा फसेका ती नागरिकसम्म सरकारी हेलिकप्टर कति छिटो पुग्यो ?नेपालमा सामान्य अवस्थामा समेत विशिष्ट व्यक्ति तथा मन्त्रीको आवतजावतका लागि राज्यका हेलिकप्टर तत्काल परिचालन हुने गरेका उदाहरण छन्। भाइरल ज्वरोका कारण बिरामी परेका मन्त्रीलाई लिनसमेत सरकारी संयन
काठमाण्डौं / रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले नदी तटीय क्षेत्रसँगै जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्याएपछि आयोजना क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरको अवस्थासमेत अन्योलमा परेको छ। बाढीका कारण सडक तथा सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धार र खोजी कार्यमा समेत चुनौती थपिएको छ। बाढीबाट २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्र पनि प्रभावित भएको छ। आयोजनाका विभिन्न संरचनामा क्षति पुगेको तथा बाढीपछि विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको विवरण सार्वजनिक भएका छन्। सञ्चार सम्पर्क टुटेपछि आयोजनामा कार्यरत कतिपय कर्मचारी तथा मजदुरका परिवारले आफ्ना आफन्तको अवस्थाबारे
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा फेरि बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा रहेका नागरिक र उद्धारमा खटिएका सुरक्षाकर्मीलाई अत्यन्त सतर्क रहन आग्रह गरिएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक अधिकारीका अनुसार चिनियाँ पक्षबाट भोटेकोशीमा पुनः बाढी आउन सक्ने सूचना आएको हो। चिनियाँ पक्षले दिएको जानकारीअनुसार बाढी आएको क्षेत्रमा पानी थुनिएर बनेको करिब सात मिटर अग्लो अस्थायी बाँध अझै रहेको र जुनसुकै बेला फुट्न सक्ने जोखिम छ।त्यस्तो बाँध फुटेमा पुनः ठूलो मात्रामा पानी नेपालतर्फ आउने सम्भावना रहेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ। विशेषगरी अहिले उद
काठमाडौं । रसुवामा आएको भीषण बाढीले रसुवा भन्सार कार्यालयको भौतिक संरचनासँगै भन्सार यार्डमा राखिएका ३०० भन्दा बढी गाडी बगाएको प्रारम्भिक विवरण आएको छ। बाढीले भन्सार जाँचका लागि यार्डमा राखिएका ट्रक तथा अन्य सवारीसाधनलाई बगाएको भन्सार कार्यालयले जनाएको छ।बाढीको तीव्र बहावले गाडी मात्रै होइन, भन्सार क्षेत्रमा रहेका अन्य सामग्रीसमेत बगाएको छ। बाढीको क्षतिको पूर्ण विवरण संकलन हुन नसक्दा भन्सार कार्यालयमा भएको आर्थिक क्षतिको यकिन तथ्यांक भने तत्काल सार्वजनिक हुन सकेको छैन।अर्थ मन्त्रालयका अनुसार रसुवा भन्सार कार्यालयमा ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेको छ। तीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्
काठमाण्डौं / रसुवामा भोटेकोशी नदीमा आएको भीषण बाढीले जलविद्युत् आयोजना क्षेत्रलाई समेत संकटमा पारेका बेला लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा २५ भन्दा बढी मजदुर फसेको आशंका गरिएको छ। नदीको सतहभन्दा करिब एक सय मिटरमाथि सुरुङभित्र काम गरिरहेका मजदुरसँग मोबाइल सम्पर्कसमेत हुन नसकेपछि उनीहरूको अवस्थाबारे गम्भीर चिन्ता बढेको छ। गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेँसी क्षेत्रमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना अहिले बाढीको चपेटामा परेको छ। आयोजनाको निर्माण २०७८ जेठदेखि सुरु भएको थियो। करिब ३.५ किलोमिटर लामो सुरुङ निर्माण गर्ने योजना रहेको आयोजनाको काम यसअघि नै बाढी, पह
काठमाण्डौं / रसुवाबाट एकाएक उर्लिएको बाढी नुवाकोटको विदुर नगरपालिका आइपुग्दा तीनवटा प्रमुख बजारमा वितण्डा मच्चिएको छ। बेत्रावती, त्रिशूली र देवीघाट बजारमा बाढी पसेपछि घर, व्यापारिक संरचना र पूर्वाधारमा ठूलो क्षति पुगेको छ। त्रिशूली बजार आसपास मात्रै करिब ६० घर बगेको प्रारम्भिक विवरण छ। तिब्बती क्षेत्रबाट रसुवा हुँदै आएको भीषण बाढीले भोटेकोशी र त्यसपछि त्रिशूली नदीको बहाव बढाउँदा नुवाकोटका तटीय क्षेत्र प्रभावित भएका हुन्। विदुर नगरपालिकाका बेत्रावती, त्रिशूली र देवीघाट बजार सबैभन्दा बढी प्रभावित भएको प्रारम्भिक विवरण छ। ढुङ्गेबजार क्षेत्रमा समेत बाढीले ठूलो क्षति पुर्याएको छ। त्रिशूली बजारमा ब
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.