काठमाडौं / काठमाडौं,टोखा,छहरे,गड्खार पुल,आप्र,नर्जाल,च्याङ,सरमथली,पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान,धुन्चे सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ ।सडकखण्ड सुचारु भएसँगै बाढी तथा पहिरोका कारण सडक सञ्जालबाट प्रभावित बनेको रसुवा जिल्ला पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्चालनमा आएपछि रसुवा आवतजावत गर्ने यात्रु तथा स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको छ । यद्यपि, सडकको अवस्था र मौसमअनुसार यात्रा गर्दा आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ ।
काठमाडौं । भीषण बाढीले सडक र पुलमा ठूलो क्षति पुर्याएपछि सडक सञ्जालबाट विच्छेद भएको रसुवा फेरि सडकमार्फत जोडिएको छ । बाढीले मुख्य सडकका पुलहरू बगाएपछि सरकारले वैकल्पिक मार्ग सञ्चालनमा ल्याएको हो ।भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी खोलिएको छ ।बाढीपछि रसुवाभित्र मितेरीपुल यता मात्रै १३ वटा पुल पूर्ण रूपमा बगेका थिए । त्यस्तै नुवाकोट–रसुवा सीमाका थप दुई पुलसमेत बगाउँदा रसुवा सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको थियो । मुख्य सडक संरचना क्
काठमाडौं । भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि सरकारले आह्वान गरेको राहत अभियानमा सहयोगको ओइरो लागेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामै १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको छ । अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका छन् ।भोटेकोशीमा भीषण बाढी आएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसलगत्तै उद्धार तथा राहतका लागि सहयोग जुट्न थालेको हो । सरकारले कोषमा रकम संकलन र त्यसको समन्
काठमाडौं / प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो ।विभिन्न १० वाणिज्य बैंकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गरेका छन् । बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थ
काठमाडौं / अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएको सरकारले जनाएको छ ।शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार घटनास्थलको अवस्था बुझ्न हेलिकप्टरमार्फत नियमित हवाई निरीक्षण तथा मूल्याङ्कन भइरहेको छ । आवश्यक एक्साभेटरसमेत हेलिकप्टरमार्फत घटनास्थलमा पुर्याएर काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।घटनापछि उद्धार तथा खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । घटनाबारे थप विवरण तथा अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले घटनासम्बन्धी अपुष्ट सूचना तथा हल्लाको पछि नलाग्न आग्रह गर्दै आधिकारिक स्रोतबाट प्राप्त सूचना
काठमाडौं / भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा रहेका १२१ जना विदेशी यात्रुको उद्धार गरिएको छ ।नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबार दिउँसो ३ः३० बजेसम्म उद्धार गरिएका विदेशीमध्ये सबैभन्दा धेरै भारतका ८५ जना छन् । त्यस्तै चीनका १६, दक्षिण कोरियाका ९, अमेरिकाका २, रुसका २, इटालीका २, बुल्गेरियाका १ र स्वीट्जरल्यान्डका १जना रहेका छन् । उद्धार गरिएका ३ जनाको राष्ट्रियता भने पुष्टि हुन बाँकी छ ।बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका क्षेत्र प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा रहेका तथा ती क्षेत्र हुँदै यात्रा
एजेन्सी / दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने चीन–नेपाल सीमा नाका केरुङमा आएको पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा चिनियाँ टोलीले पनि सक्रियता बढाएको छ । शुक्रबार बिहान ३० सदस्यीय उद्धार टोली पहाडी क्षेत्रमा कठिन पैदल यात्रा प्रभावित क्षेत्रतर्फ अघि बढेको छ । उक्त पहिरोमा तीन जनाको मृत्यु भएको छ भने सयौँ व्यक्ति अझै बेपत्ता छन्। सिजाङ र छिमेकी सिचुआन प्रान्तका अग्निनियन्त्रकहरू सम्मिलित उक्त टोली सीमा नाकाबाट पाँच–छ किलोमिटर टाढा रहेको प्रभावित प्रस्थान गरेको थियो। टोलीले खोजीका लागि तालिमप्राप्त कुकुर तथा बेल्चा, गैँती र जीवन पत्ता लगाउने उपकरणजस्ता हलुका सामग्री
काठमाडौं / भारत विशाखापट्टनम डीएलडीए अध्यक्ष गाडु वेङ्कटप्पासहित तीर्थयात्रीहरूको एक समूहले नेपालमा आएको विनाशकारी बाढीबाट झिनो अन्तरले ज्यान जोगाएको छ ।घटनाअघि भएका लगातारका ढिलाइ र समयमै गराइएको जानकारीका कारण उनीहरू उक्त विपत्तिबाट जोगिन सफल भएका हुन् । वेङ्कटप्पाका भाइ गरुडप्पाल नायडुका अनुसार कैलाश मानसरोवर यात्राका लागि निजी ट्राभल अपरेटरमार्फत २८ जना तीर्थयात्रीको समूह अगस्ट २४ मा भागलपुर विमानस्थलबाट प्रस्थान गरेको थियो। समूहमा उनीहरूको परिवारका आठ जना सदस्य पनि थिए।एएनआईसँग कुरा गर्दै नायडुले समूह काठमाडौं पुगेपछि भिसा प्राप्त गर्न ढिलाइ भएका कारण तीन दिन त्यहीँ बस्नुपरेको बताए।
काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीपछि नेपालका विभिन्न क्षेत्रमा अलपत्र परेका ११७ विदेशी पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएका पर्यटकमध्ये अधिकांश भारतीय नागरिक छन् ।हालसम्म ८५ भारतीय, १६ चिनियाँ, ९ कोरियाली, २ अमेरिकी र २ इटालियन पर्यटकको उद्धार गरिएको बोर्डले जनाएको छ । उद्धार गरिएका अन्य तीन पर्यटकको भने पहिचान खुल्न बाँकी छ ।तर, उद्धार अभियान चलिरहे पनि बाढीका कारण अझै ६ सयभन्दा बढी पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डले जनाएको छ । यसले विपत्तिपछि विदेशी पर्यटकको अवस्थाबारे थप चिन्ता बढाएको छ । विशेषगरी कैलाश मानसरोवर यात्राका लागि नेपाल हुँदै चीनतर्फ गएका
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले ठूलो मानवीय क्षति पुर्याएको छ । शुक्रबार मध्यान्हसम्म बाढी र त्यसपछिको विपत्तिमा परी मृत्यु हुनेको सङ्ख्या ४८९ पुगेको प्रहरीले जनाएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९ र नवलपरासी पूर्वमा ११२ जनाको शव फेला परेको छ ।सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन् । त्यसपछि नवलपरासी पूर्वमा ११२ र गोरखामा ४४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बाढीले नदी आसपासका बस्ती, सडक तथा आवतजावतका संरचनामा समेत ठूलो क्षति पुर्याएपछि उद्धार र खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।सम्पर्कविहीन तथा बेप
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.