समाचार

    Showing 2,671-2,680 of 26,789 items.
  • गृह मन्त्रालयद्वारा सहसचिव र सीडीओहरूको व्यापक हेरफेर, १५ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सूचीसहित)

     काठमाडौं— गृह मन्त्रालयले सहसचिव, उपसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) तहका कर्मचारीहरूको सरुवा र पदस्थापन गरेको छ। मन्त्रालयको जेठ १३ र २२ गतेको निर्णयअनुसार विभिन्न जिल्ला तथा निकायमा कार्यरत राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।सरुवाअनुसार सहसचिव निराजन घिमिरे स्याङ्जा, कुमान सिंह गुरुङ कास्की, लक्ष्मी पाण्डे गौतम धादिङ तथा बलराम निरौला भैरहवास्थित अध्यागमन कार्यालयमा खटाइएका छन्।यस्तै, मन्त्रालयले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको समेत जिम्मेवारी परिवर्तन गर्दै नयाँ पदस्थापन गरेको छ। सरुवापछि सम्बन्धित जिल्लाहरूमा नयाँ सीडीओहरूले कार्यभार सम्

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 489 पटक पढिएको
  • कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद पुनः थप

    काठमाडौं— नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयसीमा अन्तिम पटकका लागि लम्ब्याएको छ।पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अब क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम आगामी जेठ २८ गते राति १२ बजेसम्म गर्न सकिने भएको छ। यो जानकारी कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका हुन्।कांग्रेसका अनुसार देशभर सदस्यता अद्यावधिक अभियान सन्तोषजनक रूपमा अगाडि बढिरहेको छ। यद्यपि विभिन्न जिल्ला तथा स्थानीय तहबाट निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न कठिनाइ भइरहेको जानकारी प्राप्त भएपछि समय थप्ने निर्णय गरिएको हो।कार्यवाहक मुख्यसचिव दुलालले स

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 463 पटक पढिएको
  • काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ जनाको उद्धार

     काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी बेसहारा मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४ मंसिर १ गतेदेखि २०८३ जेठ २१ गतेसम्म २ हजार ४२१ जना सडक आश्रित व्यक्तिको उद्धार गरिएको जनाएको छ ।महानगरपालिकाले मानव सेवा आश्रम, नेपाल प्रहरी तथा अन्य साझेदार संस्थासँगको समन्वयमा सडकमा कष्टपूर्ण जीवन बिताइरहेका व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनःस्थापनाको काम गर्दै आएको जनाएको छ । विज्ञप्तिअनुसार उद्धार गरिएकामध्ये १ हजार ५७१ जना पुरुष र ८५० जना महिला रहेका छन् । उनीहरूमध्ये

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 233 पटक पढिएको
  • दोस्रो दिन पनि घट्यो नेप्से

    काठमाडौं— अघिल्लो दिन १३ अंक घटेको सेयर बजार शुक्रबार फेरि ११.३७ अंक घटेको छ । कारोबार सुरु भएपछि दिनभर कुनै पनि क्षण बजारले वृद्धिको लय समात्न सकेन ।७४ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने ११ को स्थिर रह्यो । कारोबार रकम भने करिब १ अर्ब बढेको छ । अघिल्लो दिन ४ अर्ब ७० करोडको कारोबार भएकोमा आज ५ अर्ब ६१ करोडको भयो ।फाइनान्स समूह सबैभन्दा धेरै २.७७ प्रतिशत बढेको छ । योसँगै फाइनान्स समूहको सूचक चैत १५ यताकै उच्च भएको छ । होटल तथा पर्यटन ०.०५ तथा निर्जीवन बीमा ०.०६ प्रतिशत बढेका छन् ।बैंकिङ ०.४४, विकास बैंक ०.१६, जलविद्युत् ०.७४, लगानी ०.३७, जीवन बीमा ०.४४, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइना

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 416 पटक पढिएको
  • विद्युत् खपत बढेपछि प्राधिकरणको आग्रहः अत्यावश्यकबाहेकका उपकरण कम चलाउन अनुरोध

    चितवन— बढ्दो गर्मीसँगै विद्युत् खपत उच्च दरमा बढेपछि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले अत्यावश्यकबाहेकका विद्युतीय सामग्रीको प्रयोग कम गर्न उपभोक्तासँग अनुरोध गरेको छ।वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार अत्यधिक विद्युत् मागका कारण प्रसारण तथा वितरण लाइन र ट्रान्सफर्मरमा ओभरलोडको समस्या देखिएको छ। यसले भोल्टेज घट्ने, ट्रान्सफर्मर पड्किने, तार पग्लिने तथा विद्युत् आपूर्तिमा अवरोध आउने अवस्था सिर्जना गरेको छ।उनका अनुसार गर्मीका कारण घरायसी तथा व्यावसायिक क्षेत्रमा विद्युत् उपकरणको प्रयोग बढ्दा प्रणालीमाथि अतिरिक्त दबाब परेको छ। साथै, ग्रीड सबस्टेशनलाई आधुनिक प्रविधि

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 499 पटक पढिएको
  • त्रिभुवन विमानस्थलमा ‘पिक एण्ड ड्रप’का लागि १५ मिनेट निःशुल्क

    काठमाडौं— यात्रु लिन वा छोड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने सवारीसाधनले अब १५ मिनेटसम्म पार्किङ शुल्क तिर्नु नपर्ने भएको छ।विमानस्थल कार्यालयले यात्रु तथा चालकबाट प्राप्त गुनासो र सुझावलाई ध्यानमा राख्दै ‘पिक एण्ड ड्रप’ सेवाको निःशुल्क समयसीमा सात मिनेटबाट बढाएर १५ मिनेट पुर्‍याएको जनाएको छ।विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार नयाँ व्यवस्था परीक्षणका रूपमा एक महिनाका लागि लागू गरिएको हो। यस अवधिमा यात्रु लिन वा छोड्न आउने सवारीसाधनले १५ मिनेटभित्र बाहिरिए कुनै शुल्क तिर्नुपर्ने छैन।उनले यात्रुको सुविधालाई प्राथमिकतामा राखेर समयसीमा विस्तार गरिएको बताउँदै तोकिएको व्यवस्थाविपरीत

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 483 पटक पढिएको
  • सुधन गुरुङ प्रकरणको छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो, अब सार्वजनिक हुने तयारी

    काठमाडौं— तत्कालीन गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सम्पत्ति र सेयर लगानीको स्रोतबारे उठेका प्रश्नहरूको छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ।शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर समितिले ४५ पृष्ठ लामो प्रतिवेदन हस्तान्तरण गरेको हो। समितिका सदस्य सहन्यायाधिवक्ता नेउपानेका अनुसार प्रतिवेदनमा विभिन्न निष्कर्ष र सुझाव समेटिएका छन्। प्रतिवेदन सार्वजनिक गर्ने विषयमा अन्तिम निर्णय प्रधानमन्त्री कार्यालयबाट हुने बताइएको छ।मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको निर्णयअनुसार पूर्वउच्च अदालतका न्यायाधीश अच्यूतप्र

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 495 पटक पढिएको
  • मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको घोषणा

    काठमाडौं— नेकपा एमालेले राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै त्यसविरुद्ध अदालत जाने निर्णय गरेको छ।पार्टीका महासचिव शंकर पोखरेल ले शुक्रबार जारी गरेको वक्तव्यमा आयोगको प्रतिवेदनमाथि न्यायिक पुनरावलोकनको माग गर्दै अदालतको ढोका ढकढक्याउने बताएका हुन्।गत भदौमा भएको जेन–जी आन्दोलन सम्बन्धी घटनाको अध्ययनपछि राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई एमालेले अस्वीकार गरेको छ। पार्टीले उक्त प्रतिवेदन वस्तुगत अनुसन्धानमा आधारित नभई पूर्वाग्रही र एकपक्षीय ढंगले तयार पारिएको दाबी गरेको छ।एमालेको भनाइमा प्रतिवेदनले वास्तविक तथ्य र परिस्थितिको निष्पक्

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 449 पटक पढिएको
  • जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ

    काठमाडौं— रुकुम पश्चिममा जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्।जिल्लाको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठासहित ६ जनालाई प्रहरीले जुवाको खालबाट नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार घटनास्थलबाट नगद रकम तथा जुवामा प्रयोग हुने सामग्रीसमेत बरामद गरिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।स्थानीय जनप्रतिनिधि नै जुवाको खालमा भेटिएपछि घटनाले जिल्लामा चर्चा पाएको छ। प्रहरीले जुवातास तथा अन्य अवैध गतिविधिविरुद्ध निगरानी र कारब

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 495 पटक पढिएको
  • विद्युत् नियमन आयोगको नेतृत्वका लागि प्रतिस्पर्धा, अध्यक्षमा १० र सदस्यमा ११ जनाको दाबी

    काठमाडौं— विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन् भने सदस्य पदका लागि ११ जना प्रतिस्पर्धामा उत्रिएका छन्।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोगका पदाधिकारी चयनका लागि मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य रहेका छन्।समितिले आयोगका अध्यक्षसहित चार सदस्य पदका लागि १५ दिने सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनहरूको अध्ययन तथा मूल्याङ्कनपछि छनोट प्रक्रिया अघि बढाइने जनाइएको छ।सरकारद्वारा जारी ‘सार्वजन

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 420 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.