काठमाडौं— गृह मन्त्रालयले सहसचिव, उपसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) तहका कर्मचारीहरूको सरुवा र पदस्थापन गरेको छ। मन्त्रालयको जेठ १३ र २२ गतेको निर्णयअनुसार विभिन्न जिल्ला तथा निकायमा कार्यरत राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

सरुवाअनुसार सहसचिव निराजन घिमिरे स्याङ्जा, कुमान सिंह गुरुङ कास्की, लक्ष्मी पाण्डे गौतम धादिङ तथा बलराम निरौला भैरहवास्थित अध्यागमन कार्यालयमा खटाइएका छन्।

यस्तै, मन्त्रालयले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको समेत जिम्मेवारी परिवर्तन गर्दै नयाँ पदस्थापन गरेको छ। सरुवापछि सम्बन्धित जिल्लाहरूमा नयाँ सीडीओहरूले कार्यभार सम्हाल्नेछन्।

सरुवा तथा पदस्थापनको पूर्ण विवरण सूचीमा समावेश गरिएको छ। सूचीसहित:

CCF_000085_page-0001