काठमाडौं— रुकुम पश्चिममा जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्।
जिल्लाको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठासहित ६ जनालाई प्रहरीले जुवाको खालबाट नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट नगद रकम तथा जुवामा प्रयोग हुने सामग्रीसमेत बरामद गरिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
स्थानीय जनप्रतिनिधि नै जुवाको खालमा भेटिएपछि घटनाले जिल्लामा चर्चा पाएको छ। प्रहरीले जुवातास तथा अन्य अवैध गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।






































