समाचार

    Showing 25,281-25,290 of 26,065 items.
  • लागूऔषध सहित ४ पक्राउ

    इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका –६ बाट लागूऔषध सहित प्रहरीले ४ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाराको निजगढ नगरपालिका –१२ घर भई इटहरी उपमहानगरपालिका –५ बस्दै आएका दीपक भन्ने बिरेन्द्र राई, इटहरी –५ का १६ वर्षीय १ बालक, इटहरी –४ का विवेक खड्का र सोही ठाउँका जोन चौलागाईं रहेका छन् । सोही स्थानमा रहेको एक होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर सहित शनिवार राती पौने १२ बजे ४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट ८६ ग्राम ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, बिभिन्न

    • प्रकाशित मितिः असार २७, २०७८
    • 56 पटक पढिएको
  • करेन्ट लागेर बालकको मृत्यु

    ताप्लेजुङ / ताप्लेजुङको मैवाखोलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मैवाखोला गाउँपालिका –३ का १३ वर्षीय सबिन शेर्पा रहेका छन् । शनिवार बेलुका घर नजिकै खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

    • प्रकाशित मितिः असार २७, २०७८
    • 54 पटक पढिएको
  • नवलपरासीको पहाडी क्षेत्रमा पहिलो पटक विद्युतीकरण

    नवलपरासी / बर्दघाट सुस्ता पश्चिम स्थित बर्दघाट नगरपालिकाको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण भएको छ । बर्दघाट- २ मा रहेको पहाडी बस्ती बाँसखोला र संसारकोटमा विद्युतीकरणको सेवा पुगेको वडाध्यक्ष दया दर्लामीले जानकारी दिएका छन्। लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले शुभारम्भ गरेको नेपाल विद्युत् प्राधिकरणको पूर्ण ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विनियोजित बजेट र बर्दघाट नगरपालिकको लागत साझेदारीमा विद्युत्को पहुँच पुगेको नेपाल विद्युत् प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले जानकारी दिएका छन् ।उनका अनुसार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट ८५ लाख ९१ हजार २०३ रुपैय

    • प्रकाशित मितिः असार २७, २०७८
    • 66 पटक पढिएको
  • झापा र मोरङ जोड्ने मावाखोलाको पुलमा जोखिम बढ्यो

    झापा / हालै आएको वर्षाका कारण झापा र मोरङलाई जोड्ने दमक–१० सेतुमारीमा अवस्थित मावाखोलाको पुल भत्किन थालेको छ । तीन वर्षअघि निर्माण भएको पुल वर्षाका कारण भत्किन शुरु गरेपछि दुर्घटनाको जोखिमसमेत बढ्दै गएकामा स्थानीयवासी चिन्तित भएका छन् । दातृ निकायको सहयोगमा निर्माण भएको सो पुल ७५ दशमलव ४५ मिटर लामो रहेको छ । सो पुल वर्ष दिनअघि मात्र पूर्णरूपमा सञ्चालनमा आएको थियो । पुलको दमक खण्डतर्फको पूर्वी भागको ग्यावियन भत्किन थालेपछि सडकसमेत भासिन थालेको छ ।सडक भासिएसँग सो पुलमा अहिले एकतर्फीरूपमा मात्र यातायात सञ्चालन हुँदै आएको र यही अवस्था रहे अबको केही दिनभित्रमा पूरै सडक भत्किएर खोलामा खस्ने र याताया

    • प्रकाशित मितिः असार २७, २०७८
    • 123 पटक पढिएको
  • साँफे–मार्तडी राजमार्ग अवरुद्ध

    मार्तडी / लगातारको अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ । केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पुनः अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिराले अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।उनका अनुसार राजमार्ग सडकको बल्दे, अम्कोट, द्वारी र ओलेनामा ठूलो पहिरो आएर अवरुद्ध बनेको छ । उक्त क्षेत्रमा ठूलो पहिरो आएको र पन्छाउनका लागि स्काभेटर तयार रहेको भए पनि पानी नरोकिएका कारण सडक खुलाउन सकिने अवस्था नरहेको प्रहरी निरीक्षक साउदले बताए ।असारको शुरुआतबाटै आएको अविरल वर्षाका कारण राजमार्गको पहिरो पन्छाएर जीप तथा मालबाहक ट्र्याक्टर सदर

    • प्रकाशित मितिः असार २७, २०७८
    • 59 पटक पढिएको
  • चर्को भाडा असुल्ने दुई चालक पक्राउ

    गोरखा / गोरखामा निषेधाज्ञा उल्लङ्घन गरी चर्को भाडा असुल्ने दुई सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।निषेधाज्ञामा गोरखाबाट काठमाडौँ यात्रु बोकेर जाँदै गरेको अवस्थामा बा५ख १०७३ र बा५ख १०७७ नं. को माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिए ।“बाह्य जिल्लाबाट सवारी साधन जिल्लाभित्र प्रवेश गर्न नपाइने र जिल्ला भित्रन नपाउने भए पनि सामाजिक सञ्जालमा सूचना नै राखेर समर्पक गरी यात्रु बोकेर ल्याउने गरेको रहेछ”, उनले भने, “विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।” पक्राउ परेका सवारी चालकले गोरखाबाट काठमाडौँसम्

    • प्रकाशित मितिः असार २६, २०७८
    • 74 पटक पढिएको
  • गुर्जुधारामा हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता

    काठमाडौँ / विभिन्न कम्पनीका मोटरसाइकल प्रयोगकर्ता वृद्धिभएसँगै गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा  हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता हुने गरेको छ । काठमाडौँ उपत्यका बाहिरका करीब एक हजारको सङ्ख्यामा दुईपाङ्ग्रे सवारी साधनसमेत दर्ता हुने गरेको कार्यालय प्रमुख दीपककुमार पोखरेलले जानकारी दिएका छन् । अहिले १२९ लट मोटरसाइकल दर्ता छन् । यसरी सवारी साधनको दर्ता वृद्धिसँगै मुलुकको व्यापार घाटा थप बढ्ने गई त्यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने देखिन्छ ।   कार्यालयमा मोटरसाइकलको नवीकरण, कर तथा राजश्व बुझाउने, किनबेच हुँदा नामसारी  हुने गर्दछ । वाग्मती प्रदेश अन्

    • प्रकाशित मितिः असार २६, २०७८
    • 72 पटक पढिएको
  • सुकेटार विमानस्थलमा जहाज अवतरण

    ताप्लेजुंग / कोभिड-१९का कारण लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । दुई महिनादेखि नियमित उडान बन्द भएको विमानस्थलमा आज पहिलोपटक जहाज अवतरण भएको हो।नेपाल वायु सेवा निगमको जहाजले काठमाडौँबाट ७ जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो । ताप्लेजुङबाट १६ जना यात्रु लिएर जहाज काठमाडौँ फर्केको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले जानकारी दिएका छन् । निगमले गत सोमबारदेखि नियमित उडान शुरु गरेको थियो।गत सोमबार काठमाडौँबाट नौ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण

    • प्रकाशित मितिः असार २६, २०७८
    • 72 पटक पढिएको
  • सातवटै प्रदेशमा नमूना युवा प्रदेशसभा जारी

    काठमाडौँ / सातवटै प्रदेशमा आज पनि ‘नमूना युवा प्रदेशसभा’ को अभ्यास भइरहेको छ । नमूना युवा संसद्बाट छनोट गरिएका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख, सचेतक, संसदीय दलका नेता, प्रदेश सांसदले आज भर्चुअल विधिबाट युवा प्रदेशसभाको अभ्यास गरिरहेका छन् । राष्ट्रिय युवा परिषद्को आयोजनामा युवा संसद् कार्यक्रमबाट छनोट १६ देखि २४ वर्ष उमेर समूहका युवाले प्रदेशसभा सञ्चालनको अभ्यास गरिहेका हुन् । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले संसदीय अभ्यास सिकाइएका युवाले प्रदेशसभा सञ्चालन गरिरहेको बताएका छन् । उनका अनुसार आजको युवा प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ ।

    • प्रकाशित मितिः असार २६, २०७८
    • 48 पटक पढिएको
  • देशका यी भूभागमा पानी पर्ने, उच्च सतर्कता अपनाउन आग्रह

    बिर्तामोड / देशभर मनसुनी वायुको प्रभाव रहेकाले सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती ,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा  हल्का वर्षा भैरहेको छ ।महाशाखाले जारी गरेको बुलेटिनमा देशभर सामान्य देखि पूर्ण बदली रहने उल्लेख छ । प्रदेश १, बागमती , गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरूमा  मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोला

    • प्रकाशित मितिः असार २६, २०७८
    • 79 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.