बिर्तामोड / देशभर मनसुनी वायुको प्रभाव रहेकाले सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती ,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा  हल्का वर्षा भैरहेको छ ।

OM Sai Pathibhara Hospital

महाशाखाले जारी गरेको बुलेटिनमा देशभर सामान्य देखि पूर्ण बदली रहने उल्लेख छ । प्रदेश १, बागमती , गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरूमा  मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ । 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

रातिको समयमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।