समाचार

    Showing 25,131-25,140 of 26,064 items.
  • खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत

    काठमाडौँ / एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ ।बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । जीवनरक्षाका निम्ति अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकहरूलाई सङ्क्रमणबाट बचाउन शीघ्र खोप खरिद गरी नागरिकलाई लगाउन अपरिहार्य भएको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 69 पटक पढिएको
  • पठाओका चालकमाथि कुटपिट

    काठमाडौँ / यात्रु बोकेर आइरहेको पठाओको चालक माथी कुटपिट भएको छ । ७ बुँदे माग राखी यातायात व्यवसायीहरुले गरेको हड्तालका क्रममा एकान्तकुनामा तीन जना पठाओ चालकमाथि कुटपिट भएको हो ।आन्दोलनकारीले पठाओ चालकलाई रोकी बाइकको साँचो लिनुका साथै हातपात गरेको बताइएको छ ।

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 182 पटक पढिएको
  • छोटो दूरीका सवारीसाधनमा भाडा समायोजनको माग

    काठमाडौँ/ मध्यम र छोटो दूरीका सवारीसाधनमा भाडा समायोजन गरिनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । चक्रपथका विभिन्न स्थानमा जम्मा भएर उनीहरुले सङ्घीय सरकारले लामो दूरीको सवारीसाधनमा भाडा समायोजन गरेकाले छोटो र मध्यम दूरीका सवारीसाधनमा पनि भाडा समायोजन गर्न माग गरेका हुन् । व्यवसायीहरुले सबै यातायात मजदूरलाई कोभिड विरुद्धको खोप लगाउर्ने पनि माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सङ्घीय सरकारले भाडा समायोजन गरेकै आधारमा प्रदेश र स्थानीय तहले पनि समायोजन गर्नुपर्नेमा जोड दिए । यातायात व्यवस्था विभागले गत असार ३० गते दुई वा दुईभन्दा बढी

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 61 पटक पढिएको
  • महारानी मन्दिरका १२५ वर्षीय पूजारीको निधन

    महोत्तरी / महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ । पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो ।  भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी  तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गरेका उनि शुरुमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जङ्गलमा बस्दै आएका थिए । स्थानीयवासीका अनुसार योग गर्ने उनले बिरामी हुँदा पनि कहिल्यै औषधि  प्रयोग गरेका थिएनन् ।पूजारी बाबा  वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर म

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 80 पटक पढिएको
  • झापाको दमकबाट पाँच हजार नागरिकता वितरण

    झापा / झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गत वर्ष करीब दोब्बर नागरिकता वितरण गरेको छ । कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष २०७७/७८ को अवधिमा दुई हजार ४६२ बढी नयाँ नागरिकता वितरण गरिएको छ । कार्यालयको तथ्याङ्कमा २०७७/७८ मा पाँच हजार ५७३ नयाँ नागरिकता वितरण गरेको थियो भने २०७६/७७ मा तीन हजार १११ नयाँ नागरिकता वितरण गरिएको उल्लेख छ ।आव २०७७/७८ को अवधिमा वैवाहिक अङ्गिकृत ३०, प्रतिलिपी चार हजार ८७१ र नाबालाक परिचयपत्र ८३ जारी गरिएको अधिकृत बानियाँले जानकारी दिए । सोही अवधिमा राहदानी नियमिततर्फ दुई हजार २९१, द्रुतसेवा ६१८, ठाडो उ

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 179 पटक पढिएको
  • विषाक्त मदिरा प्रकरण : मजदुरले खाएको खाना र मदिरा परीक्षणका लागि पठाइँदै

    बलेवा / विषक्त मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो ।प्रहरीले घटनामा मृत्यु भएका र गम्भीर बिरामी परेका मजदुरले सेवन गरेको मदिरा र खानाको नमूना लिएर फर्किएको हो । प्रहरीले घटनास्थलबाट ल्याएको मदिरा र खाना परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताएका छन् । गत सोमबार साँझ स्थानीय एक पसलबाट ल्याएको मदिरा र चाउचाउ तथा दा

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 65 पटक पढिएको
  • गोली लागेर युवकको मृत्यु

    चितवन / भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ। नजिकै गोलीको एउटा खोका पनि भेटिएको उनले जानकारी दिएका छन् । बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उनले मृत पुरुषको सनाखत भई नसकेको बताएका छन् । सो क्षेत्रमा प्रहरीले शव निकालेर घटनाको अध्ययन थालेको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 72 पटक पढिएको
  • नहरमा डुबेर भरतपुरमा दुईको मृत्यु

    चितवन / नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब ४ बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए । नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अङ्कित पनि बेपत्ता भएका हुन् । प्रहरीले नहरमा बेपत्ता भएको खबर पाएसँगै खोजी गर्दा २०० मिटर पर नहरबाट उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा उनीहरुको साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 61 पटक पढिएको
  • सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक बढे

    डोटी / देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन् । यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका हुन् । लामो समयसम्म कोरोना महामारीका कारण सुनसान रहेको यो क्षेत्रमा पर्यटक भित्रिन थालेपछि व्यापार व्यवसाय पनि बढ्दै गएको पाइएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा नेपाली र भारतीय पर्यटक प्रतिदिन बढ्न थालेका छन् । खप्तड पर्यटन विकास क्षेत्रका अनुसार पछिल्ला हप्तामा कोरोनाका सङ्क्रमित घटेर निषेधाज्ञा खुकुलो भएसँगै खप्तड क्षेत्रमा पर्यटक भित्रिन थालेका हुन् । जिल्लामा रहेका विभिन्न धार्मिक तथा पर्

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 48 पटक पढिएको
  • मुस्ताङमा खोप ढुवानीमा समस्या

     मुस्ताङ / हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो ।गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ । भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सदरमुकाम जोमसोमबाट लोमान्थाङ ढुवानी गर्न पाण्डाखोलाले असजिलो पारेको थियो । लोमान्थाङबाट जोमसोमका लागि पठाइएको एम्बुलेन्स कागबेनी नजिकै रहेको माण्डा खोलामा रोकिएपछि ट्र्याक्टरमा ढुवानी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए । 

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 50 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.