समाचार

    Showing 24,031-24,040 of 26,044 items.
  • ट्राफिक कारबाहीमा परे अब तत्कालै जरिवाना तिरेर कागजात फिर्ता पाइने

    काठमाडौँ / ट्राफिक कारबाहीमा परे अब तत्कालै जरिवाना तिरेर कागजात फिर्ता पाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि यो व्यवस्था लागू गरेको हो ।उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान थालेको भन्दै सेवाग्राहीलाई सहज सेवा दिन यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । महाशाखाका अनुसार सवारी चालकहरूले ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पुर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने सकिने छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 55 पटक पढिएको
  • बिनाकारण ४० वर्ष भारतीय जेलमा थुनिएका दुर्गाप्रसादलाई भारु ५ लाख क्षतिपूर्ति दिने

    काँकडभिट्टा / चार दशकभन्दा बढी समयदेखि बिना सुनुवाइ भारतीय जेलमा राखिएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई जेलबाट छुटेको करिव १० महिनापछि कोलकाता उच्च अदालतले भारु ५ लाख क्षतिपूर्ति दिन आदेश गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई भारु ५ लाख तत्काल क्षतिपूर्तिबापत उपलब्ध गराउन पश्चिम बङ्गालको जेल प्रशासनलाई आदेश गरेको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले जानकारी दिए । बुधबार अदालतले गरेको आदेशमा भनिएको छ, ‘यो क्षतिपूर्ति दिएका कारण अन्य हक अधिकारबाट कुण्ठित गरिने छैन ।’४० वर्ष जेल बसेर छुटेका दुर्गाप्रस

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 82 पटक पढिएको
  • मालबाहक ट्रक भीरबाट खस्दा दुईको मृत्यु

    मार्तडी / बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका –६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका –३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए ।उनले दिएको जानकारीअनुसार नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे १ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको छ ।गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए । मृतकको सनाखत भए पनि उनीहरूको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 50 पटक पढिएको
  • प्रदेश १ का ११ सहित १० जिल्लाका ३३ स्थानीय तह विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा

    झापा / सरकारले १ नम्बर प्रदेशका ११ वटा स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत कात्तिक ३ गते गएको बाढीपहिरोका कारण सो क्षेत्रमा ठुलो जनधनको क्षति भएकाले ती स्थानीय तहलाई सरकारले बाढीपहिरो संकट क्षेत्र घोषणा गरेको हो । गृह मन्त्रालयका अनुसार संकटग्रस्त क्षेत्रमा पर्नेमा इलामको इलाम नगरपालिका, सूर्योदय नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका, देउमाई गाउँपालिका र सन्दकपुर गाउँपालिका रहेका छन् । त्यस्तै पाँचथरको फिदिम नगरपालिका, मिक्लाजुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र तुम्बेवा गाउँपालिका रहेका छन्  भने धनकुटाको चौबिसे गाउँपालिका रहेको छ ।&nb

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 68 पटक पढिएको
  • ‘गुन्डा नाइके’ गिरीले पाए कारागारमा चौकीदारको जिम्मेवारी

    विराटनगर / अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका  ‘गुन्डानाइके’ कैदी अभिषेक गिरीलाई जिल्ला कारागार मोरङले चौकीदारको जिम्मेवारी दिएको छ । काङ्ग्रेस नेताहरूको जोडबलमा गत मंगलबार बिहान काठमाडौँको डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी विराटनगर ल्याइएका गिरीलाई जिल्ला कारागार मोरङले चौकीदारको जिम्मेबारी दिएको हो । आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिइएको जेलर महेन्द्रसिंह खड्काले  बताए । 

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 104 पटक पढिएको
  • झापाको बुद्धशान्तिबाट ब्राउन सुगरसहित तीन पक्राउ

     बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका –३ बेलचोकबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभाको चैनपुर घर भइ हाल बुद्धशान्ति –३ मा बस्ने ३० वर्षीय दीपक तामाङ, सोही ठाउँका २८ वर्षीय रोशन तामाङ र पाँचथरको फिदिम नगरपालिका –४ की १९ वर्षीय संगीता तामाङ रहेकी छन् । उनीहरूलाई हिजो (बुधबार) साँझ साढे ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ४.३ ग्राम ब्राउनसुगर बरामद गरेको छ । 

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 68 पटक पढिएको
  • नाडामा नेतृत्वको लडाइ : अवैध कारोबारी चौधरीद्वारा अध्यक्षमा दावी

    नाडा अटोमोबाईल्स एसोसिएसन अफ नेपालको आसन्न साधारणसभा मार्फत नेतृत्वमा दावी गरिरहेका सीजी होल्डीङ्स आवद्ध व्यवसायी करण चौधरी अवैध वित्तिय कारोबारमा संलग्न रहेको सार्वजनिक भएको छ । नाडाको नेतृत्वका लागि उम्मेद्वारी घोषणा गरेर नेतृत्वमा दावी गरिरहेका चौधरीले काठमाण्डौको त्रिपुरेश्वरमा कम्पनी नै खडा गरेर अवैध वित्तिय कारोबार गर्ने गरेको सार्वजनिक भएको हो ।चौधरी परिवारको स्वामित्वमा रहेको केएमसी अटोमोबाइल्स मार्फत सवारी बिक्रीमा सर्वसाधारणलाई बैंक तथा वित्तिय संस्थाले जसरी ऋण प्रवाह गरेर अवैध बैंकिङ कारोबार गरी सर्वसाधारणलाई ठग्ने गरेको सार्वजनिक भएको हो । चौधरीको कम्पनी केएमसीले सर्वसाधारणबाट वित्

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 66 पटक पढिएको
  • अघि बढ्यो रेल परियोजना : मुआब्जा वितरणको तयारी

    मुआब्जाको पर्खाईमा बसेका मेची–महाकाली रेलवे पीडित जग्गाधनीलाई मुआब्जा वितरणका लागि सरकारले प्रकृया अघि बढाएको छ । पहिलो चरणमा काकडभिट्टा – ईनरुवा खण्डमा सरकारले रेल सेवा संचालनका सर्वसाधारणको नाममा रहेको करिव ७५० बिगाहा जग्गा अधिग्रहण गरेको थियो ।जग्गा अधिग्रहण गरेको लामो समय सम्म पनि मुआब्जा नपाउँदा झापा , मोरङ र सुनसरीका १८ तहका सर्वसाधारणको बिजोक भएको थियो । कोरोना महामारीले अर्थतन्त्र थलिएको र रोजगारी समेत गुमाएको समयमा जग्गा किनबेच र बैंक ऋण समेत निकाल्न नसकेका सर्वसाधारणलाई मुआब्जा दिन सरकारले तयारी अघि बढाएको हो ।रेल आयोजनाको दमक स्थित कार्यालयले मुआब्जा वितरणका लागि जग्गाको मूल्याङ्कनक

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 63 पटक पढिएको
  • अपरिचित व्यक्तिको कुटाइबाट एकको मृत्यु

    भक्तपुर / अपरिचित व्यक्तिको कुटपिटबाट भक्तपुरको सूर्यविनायक नगरपालिका –१ सिरुटार बस्ने ३३ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको छ ।सोही नगरपालिका –२ बालकोटस्थित हनुमन्ते खोलाको फलामे पुलतर्फ जाने बाटोमुनि कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा फेला परेका श्रेष्ठको उपचारका क्रममा मध्यपुर अस्पताल थिमीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।कुटपिटमा संलग्न व्यक्तिको पहिचान भने थाहा नभएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 78 पटक पढिएको
  • १७ लाख नगदसहित १६ जुवाडे पक्राउ

    काठमाडौं / काठमाडौँ महानगरपालिका –१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका –१ घर भएकी विनिता परियारलगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई गए राति १६ लाख ९० हजार ५०० रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरिएको हो । 

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 73 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.