समाचार

    Showing 23,721-23,730 of 26,027 items.
  • प्रहरीको सई हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

    बिर्तामोड / दाङमा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक सई  हुँ भन्दै ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ परेका छ ।घोराही उपमहानगरपालिका – १५ मालपोत कार्यालय नजिकैबाट स्थानीय रामबहादुर बस्नेतलाई पक्राउ गरिएको  एसपी सुरेशप्रसाद काफ्लेले बताए ।आफूलाई सीआईबीको सई भएको बताउँदै घोराहीको एक बस्त्रालयबाट १४ हजार रुपैयाँको कम्मल लगी ठगी गरेको जाहेरी परेपछि पक्राउ गरिएको एसपी काफ्लेले जानकारी दिएका छन । पक्राउ परेका बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 77 पटक पढिएको
  •  पहिरोमा परी डोजर सहित तिन बेपत्ता

    बिर्तामोड  / धादिङको रुबी भ्याली गाउँपालिकामा पहिरो जाँदा डोजर सहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो जाँदा उनीहरु बेपत्ता भएका हुन् ।बेपत्ता हुनेहरूमा डोजरका चालक, सहचालक र उपभोक्ता समितिका एक जना रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले जानकारी दिएका छन् ।घटनाको विस्तृत विवरण नआएको र उद्धार तथा बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिएको पनि एसपी सिंहले जानकारी दिएका छन् ।सेर्तुङ प्रहरी चौकीबाट घटनास्थल चार घण्टाको पैदल दूरीमा पर्ने समेत जनाइएको छ । 

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 72 पटक पढिएको
  • युवतीको हत्या गर्ने पुरुष २० वर्षपछि इलामबाट पक्राउ

    बिर्तामोड / युवतीको हत्या गरि फरार रहेका एक पुरुषलाई इलामबाट २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका –३ साविक पशुपतिनगर गाविस – ३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई रहेका छन । मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए ।इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भइएको हो । घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको प्रमुख श्रेष्ठले बताए । प्रहरीका अनुसार पक्राउ परेका राईम

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 69 पटक पढिएको
  • संक्रमण बढेसँगै विमानस्थलमा कडाइ

    काठमाडौं  / कोरोना भाइरसको संक्रमण बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न सुरु गरिएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन नेपाल नागरिक उड्डयन कार्यालयले आग्रह गरेको हो ।स्वागत र बिदाइ गर्नका लागि मात्र विमानस्थलमा आउँदा भिडभाड बढ्ने र कोरोना भाइरसको जोखिम बढ्ने भन्दै आफू बच्न र अरूलाई पनि बचाउन आफन्तजनहरूलाई विमानस्थलमा नआउन पनि कार्यालयको अनुरोध छ । त्यस्तै विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थाबाहेक भिजिट पास उपलब्ध नगराउन पनि कार्यालयले अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 59 पटक पढिएको
  • असिना पानीले तरकारी र हिउँदेबालीमा क्षति

     झापा / असिना पानीले बडिकेदार गाउँपालिकामा लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार र मङ्गलबार परेको असिनाले यहाँका कृषकले बालीनालीमा लगाएका काउली, टमाटर, मूला, प्याज , साग जस्ता तरकारी , तोरी र हिउँदेबालीमा क्षति पुर्याएपछि किसान चिन्तित बनेका हुन् ।बेमौसमी वर्षा र असिनाका कारण हिउँदे आलु र गहुँको बोटमा नोक्सानी पुर्याएको बडिकेदार–४ का स्थानीयवासी बमबहादुर पहाडीले बताएका छन् ।  सुन्तला , कागती र अदुवा खेतीलाई ठूलो क्षति पुर्याएको समेत स्थानीयवासीले बताएका छन् । ।   

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 108 पटक पढिएको
  • सर्वोच्च परिसरमा नेपाल बारको प्रदर्शन जारी

    काठमाडौँ  / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनका पदाधिकारीसहित कानून व्यवसायीहरूले आज पनि विरोध प्रदर्शन जारी राखेका छन्। बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरु सहित कानून व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन्।प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीहरूको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको बताए। उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए।अधिवक्ता रामचन्द्र

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 75 पटक पढिएको
  • आठ जनाको हत्याको आरोप लागेका बादशाहले पाए सफाइ

    रूपन्देही  / जिल्ला अदालत कपिलवस्तुले आठ जनाको हत्याको आरोप लागेका मायादेवी गाउँपालिका –४ का नसिम खान (बादशाह) लाई सफाइ दिएको छ । जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले अभियोग दावी नपुगेको भन्दै खान सहित उनीसँग जोडिएका सबैलाई सफाइ दिएको हो । चार जना माओवादी कार्यकर्ता, तीन जना बालबालिका र एक जना कर्मचारीको हत्या आरोपित नसिमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २ वर्षअघि काठमाडौँबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई कपिलवस्तु ल्याएर मुद्दा चलाइएको थियो ।मृतक शिवपुजन कुर्मीका छोरा होमप्रकाश चौधरीले राजनीतिक र आर्थिक चलखेलका कारण बादशाहलाई छाडिएको गुनासो गरे । माओवा

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 109 पटक पढिएको
  • सवारी दुर्घटनामा चालकको मृत्यु

    सुनसरी / सुनसरीको रामधुनी नगरपालिका –७ मा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी –७ का २५ वर्षीय उमेश चौधरी रहेका छन । हिजो बेलुका पौने ४ बजे सेउती खोलामा को.२त ७६०४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चौधरी गम्भिर घाईते भएका थिए । घाइते चौधरीको उपचारको क्रममा धरानको घोपामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 69 पटक पढिएको
  • ब्राउनसुगर सहित महिला पक्राउ

    मोरङ / मोरङको रतुवामाई नगरपालिका –३ बाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरीगञ्ज गाउँपालिका –५ की ३५ वर्षीया सरस्वती शाह रहेकी छिन् । मंगलबार राती पौने ८ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले शाहलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेकी शाहको साथबाट प्रहरीले १८ ग्राम ब्राउनसुगर र ५ लिटर कोरेक्स बरामद गरेको छ । 

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 70 पटक पढिएको
  • ट्याक्टरको ठक्करबाट २१ वर्षीय बानियाँको घटनास्थलमै मृत्यु

    बिर्तामोड  / पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट कलेज गइरहेका एक विद्यार्थीको मृत्यु भएको छ ।बिहान करिब ५ : ३० बजेको समयमा प्रदेश १-०१- ०१२ प ७१५२ नम्बरको मोटरसाइकलबाट नेपाल दर्शन कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।विपरित दिशाबाट आउँदै गरेको ट्याक्टरको ठक्करबाट २१ वर्षीय बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका ६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएक

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 61 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.