झापा / असिना पानीले बडिकेदार गाउँपालिकामा लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ ।
सोमबार र मङ्गलबार परेको असिनाले यहाँका कृषकले बालीनालीमा लगाएका काउली, टमाटर, मूला, प्याज , साग जस्ता तरकारी , तोरी र हिउँदेबालीमा क्षति पुर्याएपछि किसान चिन्तित बनेका हुन् ।
बेमौसमी वर्षा र असिनाका कारण हिउँदे आलु र गहुँको बोटमा नोक्सानी पुर्याएको बडिकेदार–४ का स्थानीयवासी बमबहादुर पहाडीले बताएका छन् ।
सुन्तला , कागती र अदुवा खेतीलाई ठूलो क्षति पुर्याएको समेत स्थानीयवासीले बताएका छन् ।
।