बिर्तामोड / युवतीको हत्या गरि फरार रहेका एक पुरुषलाई इलामबाट २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्योदय नगरपालिका –३ साविक पशुपतिनगर गाविस – ३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई रहेका छन । 

OM Sai Pathibhara Hospital

मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए ।

इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भइएको हो । 


घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको प्रमुख श्रेष्ठले बताए । प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान जारी रहेको बताइएको छ ।