काठमाडौं / प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईबाट हेटौंडा उपमहानगरपालिका-१० कर्रा बस्ने २२ वर्षीय थिल्ले लामा तामाङ र सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय अजय घलेलाई ७ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको बा १९ प ३०४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त पदार्थसहित पक्राउ गरेको हो ।त्यस्तै कैलाली, धनगढी उपम
झापा / बाँकेको मान खोलामा शनिबार एक बालिका मृत अवस्थामा भेटिएकी छन् । बैजनाथ गाउँपालिका -२ गर्जेटोल बस्ने भक्त बहादुर रानाकी छोरी ५ वर्षीया सपना राना सोही ठाउँस्थित मान खोलामा शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।दिउँसोदेखि घरबाट हराएकी उनको खोजी गर्नेक्रममा उक्त खोलामा डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय वनकटुवा र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड / जनकपुरधाममा अज्ञात समूहले एक युवकमाथि गोली प्रहार गरेको छ । धनुषाको कमला नगरपालिका –८ बस्ने १८ वर्षीय मुकेश मुखियामाथि अज्ञात समूहले गोली प्रहार गरेको हो । शनिबार राति जनकपुरधाम उपमहानगरपालिका –१९ बेंगाशिबपुर स्थित मामा भोगी मुखियाले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलमा ५ र ६ जनाको समूह बसेर कुराकानी गरिरहेको बेला एक्कासि एकजनाले उनीमाथि गोली प्रहार गरेर भागेको धनुषा प्रहरीले जनाएको छ ।चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अडकिएको र उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।घटनास्थलबाट
काठमाडौँ / धरानको बुद्धचोकस्थित एक होटलमा महिलालाई हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । धरान १८ बुद्धचोकस्थित एक होटलको १०९ नम्बरको कोठामा ३९ वर्षकी सुमित्रा तामाङ मृत फेला परेकी थिइन् ।उनको हत्या भएको आशङ्कामा प्रहरीले हत्यामा संलग्नलाई खोजी गरेको थियो । तामाङ मृत फेला परेको पाँच दिनपछि उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले धनकुटाको पाख्रिबास नगरपालिका ६ फलाटे घर भएका २४ वर्षका दिनेश राना मगरलाई नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले महिला हत्या आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको बताए । दिनेशलाई प्रहरीले छगर
झापा / प्रहरीले धनगढीबाट लागूऔषध खैरो हिरोइन सहित एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका -१९ फूलबारीका २२ वर्षीय टाइसन कुश्मी चौधरी रहेका प्रहरीले बताएको छ ।उनलाई शनिबार फूलबारीबाट १८० मिलिग्राम खैरो हिरोइन सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
झापा / प्रहरीले तीन लाख ८५ हजार तीन सय ३० रुपैयाँसहित जुवातास खेल्नेहरूलाई पक्राउ गरेको छ ।ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोल सेतीपाखाबाट शनिबार बेलुकी नगदसहित जुवातास खेल्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।एकबहादुर रानाको टहराभित्र जुवातास खेलेको सूचनापछि प्रहरी पुगेको थियो । गोरखा घर भई हाल इमाडोल बस्ने ३३ वर्षका तेजबहादुर थापासहित २४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
झापा / बुढानिलकण्ठ नगरपालिका-४ चण्डेश्वरी बनस्थली बस्ने जुम्ला तातोपानी गाउँपालिका-७ घर भएका ३२ वर्षीय मानबहादुर रावतको हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-५ का २३ वर्षीय याकुव चौधरी र सोही ठाउँ बस्ने सर्लाही बरहथवा नगरपालिका-८ घर भएका १६ वर्षीय किशोर रहेका छन् ।बुढानिलकण्ठ नगरपालिका-५ स्थित श्रीनगर टोलमा गत मंगलबार रावतको रगताम्य अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा गत फागुन १६ गते राति बुढानिलकण्ठ नगरपालिका-५ स्थितमा मानबहादुरसँग भेट हुँदा
झापा / मुस्ताङको थासाङ गाउँपालिका -२ मानापाथी हिमालको फेदमा शनिबार बिहान करिव ४ बजे भीषण हिउँ पहिरो गएको छ । हिउँपहिरोले पुरिएर पानापाथी हिमालको फेदनजिक खर्कको गोठमा रहेका १५ वटा चौँरी मरेको जनाइएको छ ।थासाङ -२ नाउँरिकोटकी स्थानीय सुशीला गौचन र उनका भाइ नरप्रसाद गौचनको गोठमा रहेका ३९ वटा चौरीमध्ये १५ वटा चौँरी हिउँपहिरोमा पुरिएर मरेको थासाङ-२ बोक्सी खोलाका सुजन गौचनले पुष्टि गरे । उनका अनुसार कुल ३९ वटा चौरीमध्ये १४ वटा चौरी जिउँदो भेटिएको र १५ वटा चौँरी हिउँपहिरोमा पुरिएर मरेका छन् भने १० वटा चौरी अझै फेला पर्न नसकेको गौचनले जानकारी दिए । हिउँपहिरोको घटनापछि अहिले त्यसक्षेत्रका स्थानीयवा
झापा / कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका –१ उत्तमनगरमा सीता नेपालीकी १२ वर्षीया बालिकाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले आमा सीता नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।गोप्य सूचनाको आधारमा छोरीको हत्यापछि शव लुकाउन हिँडेकी आमालाई प्रहरीले पक्राउ गरेको छ । उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा पुगेको अवस्थामा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताए । प्रहरीले यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
झापा / कैलाली कारागारमा लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको मृत्यु भएको छ ।जिल्लाको घोडाघोडी नगरपालिका-३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको कैलाली कारागारले जनाएको छ ।जेलर नरबहादुर थापाले सेती प्रादेशिक अस्पतालको आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्यु भएको बताए । उनका अनुसार थापामगर विगत दुई महिनादेखि फोक्सो सम्बन्धी समस्याका कारण बिरामी थिए । यही फागुन १९ गतेदेखि प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेको थियो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.