झापाबुढानिलकण्ठ नगरपालिका-४ चण्डेश्वरी बनस्थली बस्ने जुम्ला तातोपानी गाउँपालिका-७ घर भएका ३२ वर्षीय मानबहादुर रावतको हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-५ का २३ वर्षीय याकुव चौधरी र सोही ठाउँ बस्ने सर्लाही बरहथवा नगरपालिका-८ घर भएका १६ वर्षीय किशोर रहेका छन् ।

OM Sai Pathibhara Hospital


बुढानिलकण्ठ नगरपालिका-५ स्थित श्रीनगर टोलमा गत मंगलबार रावतको रगताम्य अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

प्रारम्भिक अनुसन्धानको क्रममा गत फागुन १६ गते राति बुढानिलकण्ठ नगरपालिका-५ स्थितमा मानबहादुरसँग भेट हुँदा याकुवले लागूऔषध खरिद गर्न नगद ३५ हजार रुपैयाँ दिएका थिए । मानबहादुरले लागूऔषध नल्याएको विषयमा विवाद हुँदा उनीहरूले कुटपिट र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनीहरू उपर कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।