झापा / सर्लाहीको बागमती नगरपालिका -७ राजघाटमा क्रेनको ठक्करबाट १७ वर्षकी छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नव जन जागरण माविकी छात्रा सुमित्रा परियार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बालिकाको क्रेनले ठक्कर दिएपछि घटनास्थलमा मृत्यु भएको थियो , बालिकाको मृत्यु पश्चात स्थानीय आक्रोशित भएर क्रेनमा आगो लगाएका छन् । नम्बर उल्लेख नभएको क्रेनले ठक्कर दिएपछि ढलेकी बालिकालाई क्रेनका चालकले पुनः अर्को पटक ठक्कर दिएपछि उनको मृत्यु भएको स्थानीयको आरोप छ । विद्यालयका विद्यार्थी र स्थानीयहरुले नारा जुलुससहित विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले
बिर्तामोड / नेपाली सेनाले चार हजार सिटका लागि आवेदन आह्वान गरेको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गरेर सैन्य पदको चार हजार सिटका लागि दरखास्त आह्वान गरेको हो ।खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासी र जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै कोटा छ । जसअनुसार महिलामा ३५८, आदिवासी-जनजातिमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएको छ ।त्यस्तै, ४ हजारमध्ये ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्तरमृत्यु भएका नेपाली सैनिकका सन्ततिले उक्त कोटामा प्रतिस्
महोत्तरी / स्रोत नखुलेको करिब रु आठ लाखसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–५ बस्ने २० वर्षीय वीरेन्द्रकुमार दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।भारत विहारको कन्हमा सहरबाट कपडामा बेरेर कम्मरमा बाँधी साइकलमा चढेर सम्सी गाउँपालिका-६ स्थित प्रहरीचौकी नजिक आउँदै गरेका दासको हाउभाउ माथि शङ्का लागि जाँच गर्दा उनको साथबाट प्रहरीले स्रोत नखुलेको रु सात लाख ९१ हजार बरामद गरेको प्रहरीले जनाएको छ ।दासको साथबाट प्रहरीले नेपाली रु एक हजारका नोट ५८५ थान र नेपाली नोट रु ५०० का ४९२ थान गरी
बिर्तामोड / भारतबाट भन्सार छलेर ल्याएको २ लाख ६८ हजार बराबरको अवैध लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेका छ । बिओपी रानीका सशस्त्र प्रहरी निरीक्षक प्रभात कुमार गौतमको नेतृत्वमा खटिएको प्रहरी टोलीले विराटनगर -१५ रानी बसपार्कबाट कपडा उक्त बरामद गरेको हो । बरामद भएको लत्ताकपडामा छालाको बेल्ट १ लाख ६८ हजार मुल्य बराबरको ६ सय ७२ पिस, नेटको साडी ३१ हजार ५ सय मूल्य बराबरको २१ पिस, टप्स सेट ३१ रहेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको लत्ताकपडा आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल मोरङका एसपी राजकुमार लामिछानेले जानकारी दिए ।
बिर्तामोड / सहमतिको यौनसम्बन्धलाई बलात्कारमा परिणत गरेको ठहरसहित एकजना किशोरीलाई जिल्ला अदालत अछामले जेल सजाय सुनाएको छ ।अछामको कमल बजार नगरपालिका निवासी १९ वर्षीया ती किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्ष लामो जेल सजाय सुनाएको हो ।ती किशोरीले आफ्नो घरमै बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार अभियोगसहित मुद्दा हालेकी थिइन् । गत माघ १५ गते बिहेका लागि माग्न आएका ती पुरुष र किशोरीबीच सहमतिमै यौनसम्बन्ध भएको थियो । तर उनले आफूमाथि बलात्कार गरेको आरोपसहित घटनाको दुई दिनपछि उनले जवरजस्ती करणीसम्बन्धी जाहेरी जिल्ला प
बिर्तामोड / निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ ।प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको सङ्ख्या ज्यादै कम हो । आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । त्यसमा एक जना पनि महिला पर्न सकेनन् ।आयोगले प्रदेशका १४ जिल्लामा १४ मुख्य निर्वाचन अधिकृत र १२३ निर्वाचन अधिकृत नियुक्ति गरेको छ । मुख्य निर्वाचन अधिकृतलाई आफू कार्यरत जिल्लाको एउटा पालिकाको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि हुनेछ ।निर्वाचन आयोगका सूचना अधिकृत शालिग्राम शर्मा पौडेलले सम
चितवन / भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सर्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो ।ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो । आगलागीबाट ट्रक पूर्णरुपमा क्षति भएको छ ।
बिर्तामोड / नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा ग्यास आयात सम्म रोकेर आन्दोलन गरिरहेका ग्यास उद्योगले आज बिहीबारबाट बिक्रेताहरुलाई ग्यास बिक्री वितरण समेत बन्द गरेका छन् ।राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आह्वानमा पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार बिहीबारबाट एलपी ग्याँस उद्योगीहरुले बिक्रेतालाई बिक्री वितरण बन्द गरेका हुन् ।कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।कमिसन कटौतीको निर्णय नसच्याए चैत २० गतेदेखि देशभर ग्यास र पेट्रोलियम
बिर्तामोड / झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउपालिका -४ का ४३ वर्षीय कशोर सुनुवार र काठमाडौँ महानगरपालिका- ५ का ३१ वर्षीय सन्त महर्जन रहेका छन् । लागू औषध नियन्त्रण युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई २८ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पूर्वबाट पश्चिमतर्फ आउदैँ गरेको ३-०१-००६ ख ०६२६ नं को बसमा चेक जाँच गर्ने क्रममा लागूऔषध फेला परेको र हाल उनीहरूलाई इलाका प्रहरी कार्यलय काँकडभिट्टामा राखी थप अनुसन्धान भइ
काँकडभिट्टा / भारतको पश्चिम बङ्गालको सिलिगुडीका एक व्यवसायी राजश्व अनुसन्धान विभागको फन्दामा परेका छन् । राजस्व अनुसन्धान विभागले करछलीमा संलग्न भएको भन्दै ७ करोड ६० लाख ६५ हजार ७०४ रुपैयाँ बिगो दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।सिलिगुडीका स्थायी बासिन्दा समेत रहेका ३२ वर्षीय भारतीय नागरिक अमितकुमार अग्रवालले काठमाण्डौमा बसेर कारोबार गर्ने क्रममा करछली गरेको भन्दै विभागले अदालतमा मुद्दा दायर गरेको हो ।काठमाण्डौमा रहेको अग्रवालको फर्मले राजस्व चुहावट गर्ने मनसायले बिजक जारी नगरी अर्डर र इस्टमेट लुज बिल जारी गरी कारोबार गरेर करछली गरेको अनुसन्धानका क्रममा खुलेको विभागले जनाए
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.