बिर्तामोड / भारतबाट भन्सार छलेर ल्याएको २ लाख ६८ हजार बराबरको अवैध लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेका छ ।
बिओपी रानीका सशस्त्र प्रहरी निरीक्षक प्रभात कुमार गौतमको नेतृत्वमा खटिएको प्रहरी टोलीले विराटनगर -१५ रानी बसपार्कबाट कपडा उक्त बरामद गरेको हो । बरामद भएको लत्ताकपडामा छालाको बेल्ट १ लाख ६८ हजार मुल्य बराबरको ६ सय ७२ पिस, नेटको साडी ३१ हजार ५ सय मूल्य बराबरको २१ पिस, टप्स सेट ३१ रहेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको लत्ताकपडा आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल मोरङका एसपी राजकुमार लामिछानेले जानकारी दिए ।