सुनसरी / सुनसरीको धरान उपमहानगरपालिका-१३ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भई हाल धरान-१३ मा कोठा लिई बस्ने गरेका काले बहादुर तामाङ,अभिषेक खड्का, मौषम नेपाली, मुना तामाङ रहेका छन् । विशेष सूचनाका आधारमा हिजो(बिहिवार) राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट २ ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको हो । लागूऔषध सहित पक्राउ परेका चारै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगर / कर्तव्य ज्यान मुद्दामा जेल परेका प्रदेश १ की सांसद बिन्दिया कार्कीको छोरा रविन कार्कीले जेलमा रहेकै समयमा गाडीको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिएको पाइएको छ । सांसद कार्कीका छोरा २४ वर्षीय रबिनसिंह कार्कीले चलाएको प्रदेश ३–०१–०२२च२१३९ नम्बरको कारको ठक्करबाट भारतीय नागरिक मुकेश शर्माको मृत्यु भए पश्चात कर्तव्य ज्यान मुद्दामा जेल परेका कार्कीले जेलमा रहेकै समयमा लाइसेन्स लिएको पाइएको हो । कार्कीले बयानका क्रममा २०७५ कार्तिक १२ गते यातायात व्यवस्था कार्यालय कोसीबाट आफूले सवारी चालक अनुमति पत्र लिएको बताएका थिए। तर उनले जेलमा रहेको समयमा काठमाडौँको एकान्तकुना लाइसेन्
बिर्तामोड / प्रदेश १ सरकारले निर्माण गरिरहेको १८. २५ किलो मिटर लामो सडक निर्माणमा बजेट अभाव भएको छ । किसान -चोक टाडी- डाडा आइतबारे -रमिते -रबि सडक खण्डमा निर्माण भइरहेको योजनामा बजेट अभाव भएको हो । निर्माण कम्पनीले ठेक्का लिएर २०७६ साल असोज २७ मा सडक निर्माणको काम सम्झौता गरेको थियो ।निर्माण कम्पनीले २ वर्षमा काम सम्पन्न गर्ने सम्झौता भए पनि कोरोना महामारी र बजेट अभावले काम ढिलो भएको भौतिक पूर्वाधार विकास कार्यलय मोरङले जनाएको छ । निर्माण कम्पनीले ५८ करोड ५६ लाख ८६ हजारमा काम सम्झौता गरेको थियो । तर हाल सम्ममा २ लेनको सड
बिर्तामोड / भोजपुरको हतुवागढी गाउँपालिका–२ की २७ वर्षिया युवति निला राई काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–३ जगडोल स्थित बन कार्यालय नजिकको जंगल क्षेत्रमा मृत भेटिएकी हुन् ।काठमाण्डौको चाबहिलस्थित पशुपति क्याम्पसमा बिए तेस्रो वर्षमा अध्ययनरत निला काठमाडौं –६ कपन स्थित सरस्वतीनगरमा बस्दै आएकी थिइन् ।राईको शव भेटिएको खबर पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरीले अनुशन्धान थालेको छ । प्रारम्भिक अनुशन्धानका क्रममा राईको बाँया हातको नाडीमा ब्लेडले काटेको डोब र नजिकै विषको बट्टा सहित केहि सामाग्रि भेटिएको प्रहरीले जनाएको छ । शव भेटिएको नजिकका क्षेत्रमा रहेका केहि रुखमा रगत समेत लतपतिएको पाईएको प्रहरीले ब
बिर्तामोड / मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छन् । सञ्चालक समितिसँग कुरा नमिलेपछि पहिलो कार्यकाल नसकिँदै उनले पदबाट राजीनामा दिएकी हुन् । दोस्रो कार्यकाल दोहोरिन चाहे पनि सञ्चालक समितिसँग कुरा नमिलेपछि खुञ्जेलीले पदबाट राजीनामा दिएको बताइएको छ ।उनी नेपालका २७ वटा वाणिज्य बैंकमध्येको पहिलो महिला सिइओ हुन् ।
वीरगञ्ज / पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट सशस्त्र प्रहरीको टोलीले लङरेन्ज हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।दुईनाले लङरेन्ज बन्दुक एक थान र त्यसको कार्टिजसहित उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी गराएका छन् ।पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, १६ वर्षीय राहुल ठाकुर र ५५ वर्षीय रामजी ठाकुर रहेका छन् ।
विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–४ आईतबारेमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।बिहीबार राति पौने ९ बजे पुर्व बाट पश्चिम तर्फ जादै गरेको को १ च ६३९९ नम्बरको पिकअप भेनले बिपरित दिशाबाट आउदै गरेको को ३२ प ६९३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका–३ का २८ बर्षीय राजन धिमालको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।ठक्कर दिने पिकअप र चालक उर्लाबारी–४ का २१ बर्षीय दिपेन्द्र बोहोरालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
बिर्तामोड / झापाको मेचिनगर नगरपालिका –६ मा रहेको पुरानो मेचि पुलबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका–९ का २५ बर्षीय राजिव रायमाझि रहेका छन् । हिजो दिउसो १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरीले टोलीले चेकजाँचको क्रममा रायमाझिको साथबाट ८० ग्राम प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।पक्राउ परेका रायमाझिको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
बिर्तामोड / सर्लाहीमा १० वर्षीय बालकको हत्यामा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । मलङ्गवा नगरपालिका-१२ का १० वर्षीय मिठु ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ । बालक हराएको चार दिन पछि शव सेप्टिक ट्याङ्कीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो । आइतबार बेलुकीदेखि सम्पर्कविहीन भएका बालकलाई अपहरण गरि आफ्नै छिमेकीले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणकुमार पोखरेलले जानकारी दिए । विदेशमा रहेका बालकको मामालाई मेसेन्जरमा नयाँ अकाउन्टबाट म्यासेज गरि १५ लाख रुपैयाँ माग गरिएको थियो । म्यासेज कसले र किन गर्यो भनेर नखुलेपछि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.