बिर्तामोड / भोजपुरको हतुवागढी गाउँपालिका–२ की २७ वर्षिया युवति निला राई काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–३ जगडोल स्थित बन कार्यालय नजिकको जंगल क्षेत्रमा मृत भेटिएकी हुन् ।

काठमाण्डौको चाबहिलस्थित पशुपति क्याम्पसमा बिए तेस्रो वर्षमा अध्ययनरत निला काठमाडौं –६ कपन स्थित सरस्वतीनगरमा बस्दै आएकी थिइन् ।

OM Sai Pathibhara Hospital

राईको शव भेटिएको खबर पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरीले अनुशन्धान थालेको छ । प्रारम्भिक अनुशन्धानका क्रममा राईको बाँया हातको नाडीमा ब्लेडले काटेको डोब र नजिकै विषको बट्टा सहित केहि सामाग्रि भेटिएको प्रहरीले जनाएको छ । शव भेटिएको नजिकका क्षेत्रमा रहेका केहि रुखमा रगत समेत लतपतिएको पाईएको प्रहरीले बताएको छ ।

निलाको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी गराएका छन्  । मैनालीले घटनाबारे महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान सुरु गरेको बताएका छन् ।