बिर्तामोड / प्रदेश  १ सरकारले निर्माण गरिरहेको १८. २५ किलो मिटर लामो सडक निर्माणमा बजेट अभाव भएको छ । किसान -चोक टाडी- डाडा  आइतबारे -रमिते -रबि सडक खण्डमा निर्माण भइरहेको योजनामा बजेट अभाव भएको हो । निर्माण कम्पनीले  ठेक्का लिएर २०७६ साल असोज २७ मा  सडक निर्माणको काम सम्झौता गरेको थियो ।

OM Sai Pathibhara Hospital

निर्माण कम्पनीले २ वर्षमा काम सम्पन्न गर्ने सम्झौता भए पनि कोरोना महामारी र बजेट अभावले काम ढिलो भएको भौतिक पूर्वाधार विकास कार्यलय मोरङले जनाएको छ । निर्माण कम्पनीले ५८ करोड ५६ लाख ८६ हजारमा काम सम्झौता गरेको थियो । तर हाल सम्ममा २ लेनको सडक ७ कि .मी मा  मात्र कालोपत्रेको काम भएको छ । निर्माण कम्पनीले काम सम्पन्न गर्ने सम्झौता अवधि आँउदो असोज सम्म हो ।  प्रदेश सरकारले बिनियोजित बजेट मध्ये ५ करोड निर्माण कम्पनीलाई भुक्तानी गरिसकेको छ । कम्पनीले काम  अघि बढाउन थप २४ करोड बजेट अभाव भएको हो । सडक पूर्वाधार तथा सहकारी विकास मन्त्रालयका सचिव मोहनराज चापागाँईले चालु आर्थिक वर्षको लागी आवश्यक बजेट माग गर्दै  आर्थिक मामिला मन्त्रालयमा पत्राचार  गरेको बताइएका छन् । निर्माण कम्पनीले हाल सम्म आरसीसी नाला पाइप स्याल्क टेवा पर्खालको निर्माणको काम सम्पन्न गरेको छ ।

हाल सम्म निर्माण भएको ७ कि . मी को सडकमा महाबिर र किराँतेश्वर  जेभीले पुल निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । निर्माण कम्पनीले नाला निर्माणको कामलाई मापदण्ड विपरित गरको र जता ततै भत्किएको स्थानीयले बताएका छन् । निर्माण कम्पनीले  सडक नाला निर्माणको काम मापदण्ड अनुसार नै भएको पछि सडक निर्माण गर्ने क्रममा डोजर चलाउदाँ ठाँउ ठाँउमा भत्किएको ठेकेदारका प्रतिनिधिले बताएका छन् । मिक्लाजोङ -१ का अध्यक्ष नर बा. राईले निर्माण कम्पनीले कमसल काम गरेको र छानबिन गरी कारबाही गर्न  सडक तथा पूर्वाधार विकास मन्त्री हिमाल कार्कीलाई ध्यानाकर्षण गराएका थिए । मन्त्री कार्कीले मन्त्रालयका कर्मचारी भौतिक पूर्वाधार विकास कार्यलय मोरङ र निर्माण कम्पनीलाई सडक निर्माणको क्रममा कुनै पनि पनि किसिमको कमी कमजोरी नगर्न निर्देशन दिएका छन् ।