बिर्तामोड / मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छन् । सञ्चालक समितिसँग कुरा नमिलेपछि पहिलो कार्यकाल नसकिँदै उनले पदबाट राजीनामा दिएकी हुन् ।
दोस्रो कार्यकाल दोहोरिन चाहे पनि सञ्चालक समितिसँग कुरा नमिलेपछि खुञ्जेलीले पदबाट राजीनामा दिएको बताइएको छ ।
उनी नेपालका २७ वटा वाणिज्य बैंकमध्येको पहिलो महिला सिइओ हुन् ।