बिर्तामोड / झापा बुद्धशान्तिका सारमन श्री ल्वागुनले ‘न आइज निदरी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । दिनेश गौतमको शब्द सङ्गीतको रहेको म्युजिक भिडियो प्रिन्स डेलियलले निर्देशनमा बनेको हो । भिडियोमा गायक सारमन श्री आफैँ, सोनी, मिठु लगायतको अभिनय देख्न सकिन्छ । उक्त म्युजिक भिडियो सारमन श्री को युट्युब च्यानलमा हेर्न सकिन्छ । पूर्वेली मारुनी भाका झल्किने यस म्युजिक भिडियोमा एक सारंगीवादकको जीवन कहानी देखाउन खोजिएको छ ।
झापा / १८ वर्षीया किशोरीलाई ९ महिना अघि बलात्कारको प्रयास गरेको आरोपमा पोखराबाट १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा न्युरोड स्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल रहेको प्रहरीले जनाएको छ । मल्लले गत कात्तिकमा फिल्ममा खेलाउने भन्दै होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । त्यस दिन राति पीडित किशोरी होटल कोठाको बाथरुममा लुकेर जोगिएको र त्यसपछि पनि यौन हिंसा गरिरहेको किशोरीको आरोप रहेको छ ।मल्लले किशोरीलाई फेसबुक म्यासेन्जरमा एसएमएस गर्ने, फोन गरेर ललाइफकाइ यौन हिंसा गर्ने गरेको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका मल्लमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुन सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाका निरञ्जन कुमार सिंह रहेको प्रहरीले जनाएको छ । शुक्रबार सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिंहको साथबाट उक्त सुन बरामद भएको हो । सुन बरामद भएपछि सिंहलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ । भन्सार कार्यालयका अनुसार सिंहले सुन सन सिल्क स्याम्पुको झोलमा मिसाएर ल्याएका थिए ।
बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका- १५ स्थित रानी भन्सार कार्यालयको २ नम्बर ढाँट सिमा क्षेत्रबाट प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल झापाको बिर्तामोड नगरपालिका- ५ मा डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बाराको कोल्वी नगरपालिका- ४ कि १९ वर्षीया सिरिसा सिंह महथा रहेका छन् । उनीहरूले असार ५ गते बेलुकी ७ बजे विराटनगरको रानी सिमा क्षेत्रबाट झापा बिर्तामोड कि १३ बर्षीया नाबालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर
बिर्तामोड / झापाको कमल गाउँपालिका- ६ स्थितमा सिटी रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी नगरपालिका- ८ मोरङका ३२ वर्षीय डिल्लीराम घोर्साने रहेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो ११ बजे मे १ ह ६३१० नम्बरको सिटी रिक्सा अनियन्त्रित भई पल्टदा सिटीमा सवार रहेका घोर्साने घाईते भएका थिए । घाईते घोर्सानेको थप उपचारको लागी विराटनगर स्थित नोवेल अस्पताल ल्याइएकोमा अस्पतालमा उपचार हुन नसकी घर तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न सिटी र चालक दमक नगरपालिका १० का लिला बहादुर भुजेललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान ग
झापा / तनहुँमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ परेका छन् । पीडितलाई आरोपितले असार ६ गते बलात्कार गरेको भन्ने मौखिक उजुरी परेपछि इलाका प्रहरी कार्यालय नारेश्वरटारले आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले बताए ।आरोपितलाई कारवाहीको माग गर्दै पीडित पक्षले असार ८ गते इलाका प्रहरी कार्यालय नारेश्वरटारमा लिखित उजुरी दिएको थियो । आरोपितलाई इलाका प्रहरी कार्यालय नारेश्वरटारमा राखी थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिएका छन् ।
काठमाडौँ / नेपाल एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । वर्षाले यूएईविरुद्धको खेल रद्द भएका कारण नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो । मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् ।तर वर्षाका कारण नेपालले जबाफी ब्याटिङ गर्न पाएन र, नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।समूहमा युएई विजेता बनेको थियो भने नेपाल आफ्नो समूहमा उपविजेता बनेको थियो ।
बिर्तामोड / १४ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- १० खयरडाँगी शान्ति टोल बस्ने ३५ वर्षीय सञ्जीव बराल रहेको प्रहरीले जनाएको छ । बरालले ती बालिकालाई मेची अस्पताल धुलाबारीबाट मोटरसाइकलमा राखी घरतर्फ लाने क्रममा मेचीनगर नगरपालिका- १० नन्दा पेट्रोल पम्प पछाडि लगेर असार ६ गते साँझ बालयौन दुरुपयोग गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
झापा / खोटाङमा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका- ३ धोबिनी चोक बस्ने हरि भन्ने २९ वर्षीय निर बहादुर खड्का रहेको प्रहरीले जनाएको छ । जिल्लाको जन्तेढुङ्गा गाउँपालिका- ५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका- १६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या गरेको प्रहरीले खड्कालाई बुधबार दिउँसो पक्राउ गरेको हो । खोटाङ बराहपोखरी गाउँपालिका- ५ पानिटारस्थित दुधकोसी नदीको बगरमा बालुवाको खाल्डोभित्र गत वैशाख ३१ गते दिउँसो तुलसाको शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा उनकै नाति नि
बिर्तामोड / झापाको गौरादह नगरपालिका - ९ बैगुनधुरामा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४१ वर्षीय बुद्धराम हेमरन रहेको प्रहरीले जनाएको छ । हेमरन बुधबार बिहान घरबाट काम गर्न भनी हिडेकोमा बेलुका सम्म घर नफर्किए पछि आफन्तले खोजतलास गर्ने क्रममा बिहीबार बेलुका ४ बजे घर नजिकै रहेको सडक छेउमा रहेको नालीको पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए । मृतक लाश पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.