काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुन सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाका निरञ्जन कुमार सिंह रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिंहको साथबाट उक्त सुन बरामद भएको हो । सुन बरामद भएपछि सिंहलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।

OM Sai Pathibhara Hospital

भन्सार कार्यालयका अनुसार सिंहले सुन सन सिल्क स्याम्पुको झोलमा मिसाएर ल्याएका थिए ।