बिर्तामोड / झापाको गौरादह नगरपालिका - ९ बैगुनधुरामा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४१ वर्षीय बुद्धराम हेमरन रहेको प्रहरीले जनाएको छ ।
हेमरन बुधबार बिहान घरबाट काम गर्न भनी हिडेकोमा बेलुका सम्म घर नफर्किए पछि आफन्तले खोजतलास गर्ने क्रममा बिहीबार बेलुका ४ बजे घर नजिकै रहेको सडक छेउमा रहेको नालीको पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए ।
मृतक लाश पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।