झापा  / १८ वर्षीया किशोरीलाई ९ महिना अघि  बलात्कारको प्रयास गरेको आरोपमा पोखराबाट १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा न्युरोड स्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल रहेको प्रहरीले जनाएको छ । 

मल्लले गत कात्तिकमा फिल्ममा खेलाउने भन्दै होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । त्यस दिन राति पीडित किशोरी होटल कोठाको बाथरुममा लुकेर जोगिएको र त्यसपछि पनि यौन हिंसा गरिरहेको किशोरीको आरोप रहेको छ ।

OM Sai Pathibhara Hospital

मल्लले किशोरीलाई फेसबुक म्यासेन्जरमा एसएमएस गर्ने, फोन गरेर ललाइफकाइ यौन हिंसा गर्ने गरेको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका मल्लमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।