झापा / खोटाङमा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका- ३ धोबिनी चोक बस्ने हरि भन्ने २९ वर्षीय निर बहादुर खड्का रहेको प्रहरीले जनाएको छ । जिल्लाको जन्तेढुङ्गा गाउँपालिका- ५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका- १६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या गरेको   प्रहरीले खड्कालाई बुधबार दिउँसो पक्राउ गरेको हो । 

खोटाङ बराहपोखरी गाउँपालिका- ५ पानिटारस्थित दुधकोसी नदीको बगरमा बालुवाको खाल्डोभित्र गत वैशाख ३१ गते दिउँसो तुलसाको शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा उनकै नाति निर बहादुर खड्काले हत्या गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले झापा मेचीनगर नगरपालिका- ६ काँकडभिट्टास्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

अनुसन्धानको क्रममा निर बहादुरले हजुरआमालाई वैशाख २६ गते इटहरीबाट खोटाङ चिसापानीतर्फ लैजाँदै गर्दा बराहपोखरी गाउँपालिका- ५ पानीटारस्थित दुधकोसी नदीको बगरमा हत्या गरी खाल्डोमा पुरेर फरार भएको खुल्न आएको छ ।
 उनी माथि कर्तव्य ज्यान कसूर मुद्दामा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको छ ।