समाचार

    Showing 21,861-21,870 of 25,992 items.
  • बिर्तामोडमा अस्पतालका कर्मचारी मृत फेला

    बिर्तामोड / झापाको बिर्तामोडमा रहेको बिर्तासिटी हस्पिटलका एक पुरुष कर्मचारी कोठामा मृत फेला परेका छन् । गौरादह नगरपालिका -३ का ५१ वर्षीय डिल्लीराम बाँस्तोला आज बिहान मृत  भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । अस्पतालमा ट्रली ब्वाइको रुपमा काम गर्दै आएका बाँस्तोला ड्युटी समयमा नउठेपछि गएर हेर्दा उनी मृत फेला परेको थिए । घटनाको कानुनी प्रक्रिया पूरा शवलाई गरि पोस्टमार्टमका लागी मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १४, २०७९
    • 364 पटक पढिएको
  • सिक्किममा पहिरोमा पुरिएर तीन नेपालीको मृत्यु

    एजेन्सी / अविरल वर्षापछि गएको पहिरोमा पुरिएर  सिक्किममा तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीय डोल्मा शेर्पा र एउटा १० र अर्को ७  वर्षको छोरा रहेको जनाइएको छ ।राजधानी गान्तोकदेखि  माथि रहेको दोकान डाँडामा सोमबार राति १ : १५ मा पहिरो गएको हो ।गान्तोकका महकुमा अधिकारी रविन सेवा आफ्नो टिमसँग तत्कालै घटनास्थल पुगी उद्धार एवं खोजी कार्यमा जुटेका थिए ।मृतकहरूको शव पोस्टमार्टमका लागि पठाएको छ ।

    • प्रकाशित मितिः असार १४, २०७९
    • 66 पटक पढिएको
  • चट्याङ लागेर २ जनाको मृत्यु

    झापा / चट्याङ लागेर कञ्चनपुरमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुनर्वास नगरपालिका- ६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । ‘चट्याङ पर्दा खेतमा मेड हालिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो र अहिले शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेको प्रहरीले जनाएको छ ।त्यसैगरी चट्याङ परेर पुनर्वास नगरपालिका- ८ ‘क’ गाउँका २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ ।प्रहरी अनुसार थापाको खेतमा धान रोप्दै गर्दा खेतमा मेड हाल्ने क्रममा चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक थापासँगै रहेका अर्का एक व्यक्ति समेत

    • प्रकाशित मितिः असार १४, २०७९
    • 127 पटक पढिएको
  • वर्षाका कारण आन्तरिकतर्फका हवाई उडान प्रभावित

    काठमाडौं  / वर्षाका कारण आन्तरिक तर्फको चार गन्तव्यमा उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार पोखरा, लुक्ला, सुर्खेत, तुम्लिङटार लगायत गन्तव्यका उडान प्रभावित भएको हो।मंगलबार विहानै देखि प्रभावित विराटनगर, भैरहवा तर्फको उडान भने खुल्ने क्रममा रहेको विमानस्थल कार्यालयले जनाएको छ।मंगलबार बुद्ध, यती, श्री, सौर्य, गुण, सीता, समिट, तारा लगायत वायुसेवा कम्पनीको कुल एक सय २८ वटा उडान तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ।यस अघि विभिन्न वायुसेवा कम्पनीको दैनिक एक सय ३५ वटा उडान हुँदै आएको थियो। नागरिक उड्डयन प्राधिकरणले सबै वायुसेवा कम्पनीको क्षमता अनु

    • प्रकाशित मितिः असार १४, २०७९
    • 63 पटक पढिएको
  • आज नयाँ पार्टी घोषणा गर्दै बामदेव गौतम

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । गौतमको नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने जनाइएको छ । नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहेका उनी पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लागेक

    • प्रकाशित मितिः असार १४, २०७९
    • 97 पटक पढिएको
  • यी क्षेत्रमा वर्षा हुँदै, सतर्कता अपनाउन आग्रह

    बिर्तामोड / देशभर मनसुनी वायुको प्रभाव रहँदा आज बिहानै देखि कर्णाली, प्रदेश –१ र मधेस प्रदेशका एकदुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    • प्रकाशित मितिः असार १४, २०७९
    • 67 पटक पढिएको
  • घुसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला निलम्बित

    काठमाडौँ / घुसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरण बाहिरिएपछि न्यायपरिषद् बैठकले छानबिन समिति बनाएको थियो ।छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् । परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित जाँचबुझ समितिलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

    • प्रकाशित मितिः असार १३, २०७९
    • 89 पटक पढिएको
  • मेड इन यूएसए लेखिएको पेस्तोल र गोलीसहित ३ भारतीय नागरिक पक्राउ

    झापा / धनुषाबाट सशस्त्र प्रहरी बलले मेड इन यूएसए लेखिएको पेस्तोल र गोलीसहित ३ भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मुजफ्फरपुर -७ साहेबगन्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्ज्वल कुमार र २६ वर्षीय सञ्जय कुमार रहेका सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीले जानकारी दिए । जनकपुरधामबाट भारततर्फ जाँदै गरेको बीआर ०६ एपी ३००८ नम्बरको कारमा सवार उनीहरूलाई विदेह नगरपालिका- १ महिनाथपुरबाट हतियारसहित पक्राउ गरेको हो ।कारको अगाडिपट्टिको बायाँ साइडको सिटमुनि उक्त पेस्तोल राखेको अवस्थामा बरामद भएको उनले बताए ।हतियारसहित पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि इ

    • प्रकाशित मितिः असार १३, २०७९
    • 210 पटक पढिएको
  • लुटिएको भनिएको गाउँपालिका कम्प्युटर अपरेटरको कार बेवारिसे अवस्थामा भेटियो

    झापा / डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको लुटिएको भनिएको कार भेटिएको छ । कैलालीको गोदावरी नगरपालिका १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडकखण्डमा बेवारिसे अवस्थामा कार फेला परेको प्रहरीले जनाएको छ ।गोदावरी नगरपालिका ४ स्थित  गाईमारे भन्ने स्थानमा भण्डारीलाई कुटपिट  गर्दै कार लुटपाट भएको थियो ।  कञ्चनपुकोर भीमदत्त नगरपालिकाबाट डडेलधुराको आलितालतर्फ जाँदै गर्दा बेदकोट नगरपालिका ३ बस्ने भण्डारीले चलाएको कार लुटिएको थियो । उनले चलाइरहेको प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको सिल्भर रङ्गको सुजुकी कारलाई सोही कारमा लिफ्ट मागेर

    • प्रकाशित मितिः असार १३, २०७९
    • 117 पटक पढिएको
  • अपरिचित व्यक्तिबाट दिउसै लुटिए आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर भण्डारी

    झापा / डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी दिउसै लुटिएका छन् । धनगढीको भीम दत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा उनलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको हो ।महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेको भण्डारीले बताए । ‘महेन्द्रनगरबाट सँगै ल्याएको थिएँ, यहाँ रोकेर फोटो खिचौँ भने,’ भण्डारीले भने, ‘गाडी रोकेपछि ३ जनाले हातमुख बाँधेर ढुङ्गाले हानेर गाडी उतै फर्काएर लगे ।’हात पछाडि बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घाइते भण्डारीको पद्या

    • प्रकाशित मितिः असार १३, २०७९
    • 83 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.