समाचार

    Showing 21,681-21,690 of 25,992 items.
  • स्रोत नखुलेको नगद ४ लाख सहित दुई भारतीय नागरिक पक्राउ

    झापा  / वीरगन्ज महानगरपालिका- १५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रुपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी ग्राम अठमुहान बस्ने २७ वर्षीय तबरेज आलम र २९ वर्षीय जमालुदिन अन्सारी रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले अनटेष्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २६, २०७९
    • 84 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं / पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो ।जसमध्ये १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्द १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् ।

    • प्रकाशित मितिः असार २६, २०७९
    • 60 पटक पढिएको
  • तालिमका क्रममा लडेर बेहोस भएका प्रहरी जवानको मृत्यु

    झापा / सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ ।तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार निज बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका र उपचारका क्रममा उनको मृत्यु भएको हो ।घाइते बोहराको लामो समयसम्म होस नआएपछि उपचारका लागि हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको थियो । सूचना अधिकारी बोहराका अनुसार छामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय बोहोराको उपचारकै क्रममा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः असार २६, २०७९
    • 57 पटक पढिएको
  • २१ वर्षीया युवती होटलको कोठामा मृत फेला , सँगै बसेका युवक पक्राउ

    झापा / बुटवलको गोलपार्क स्थित पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति एक पुरुषसँगै बास बसेकी सदीक्षा गुरुङ मृत फेला परेकी छन् । २१ वर्षीय सदीक्षा कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मृतक गुरुङ बुटवल वडा नंम्बर २ की बासिन्दा भएको प्रहरीले जनाएको छ । होटेलको कोठा नं. १०५ मा बस्न सदीक्षा नै आएर रुम बुक गरेकी थिइन् । मृतकका आफन्तहरूले शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका छन् ।सदीक्षा सँगै बसेका युवक घटनापश्चात फरार रहेका थिए । उनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले युवकको परिचय भने खुलाएको छैन । 

    • प्रकाशित मितिः असार २६, २०७९
    • 121 पटक पढिएको
  • २३ वर्षीया युवतीलाई बन्धक बनाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

    झापा / धनकुटामा २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सहिदभूमि गाउँपालिका–५ का वडाध्यक्ष पक्राउ  परेका छन् । पक्राउ पर्नेमा ३८ वर्षीय सन्तोष राई रहेको प्रहरीले जनाएको छ । पीडित महिलालाई आरोपितले असार २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध असार २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि धनकुटा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चिरञ्जीवी दाहालले बताए ।आरोपितले असार २४ गते हिले घुम्न जाउँ भनी तेह्रथुमको वसन्तपुरमा रहेको एक होटलमा पुर्‍याएर  बन्धक बनाई बलात्कार गरेको पीडितको

    • प्रकाशित मितिः असार २६, २०७९
    • 210 पटक पढिएको
  • बकर ईदले राष्ट्रिय एकता मजबुत बनाउँछ : प्रधानमन्त्री देउवा

    काठमाडौं   / प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व  बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री  देउवाले मुस्लिम समुदायको पर्व बकर ईदको शुभकामना दिँदै यस्ता पर्वले आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउने बताएका छन् ।शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै  एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् ।साथै, यस्ता चाडपर्वहरूले सबै समुदाय बी

    • प्रकाशित मितिः असार २६, २०७९
    • 59 पटक पढिएको
  • करेन्ट लागेर हाईड्रोपावरका प्लान अप्रेटरको मृत्यु

    झापा / सङ्खुवासभाको चैनपुर नगरपालिका- ६ मा करेन्ट लागेर हाईड्रोपावरका प्लान अप्रेटरको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउपालिका- ३ दाङका २५ वर्षीय दीपक न्यौपाने रहेको प्रहरीले जनाएको छ । हिजो बेलुका साढे ४ बजे चैनपुर- ६ स्थितमा बरुण हाईड्रोपावरको ३३ केभि प्रसारण लाइन मर्मत गर्ने क्रममा न्यौपानेलाई करेन्ट लागि घाईते  हुँदा तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । मृतकको लासलाई पोस्टमार्टमको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको

    • प्रकाशित मितिः असार २६, २०७९
    • 67 पटक पढिएको
  • सुनसरीको बराहक्षेत्रबाट १२२ किलो गाँजा बरामद

    बिर्तामोड / सुनसरीको बराहक्षेत्र नगरपालिका- ६ सिसौलीबाट प्रहरीले  १२२  किलोग्राम गाँजा बरामद गरेको छ ।आइतबार बिहान ३ बजे विशेष सूचनाको आधारमा  इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सप्तकोसी नदीको दुईवटा भङ्गालो बिच टापुमा लुकाई छिपाई राखेको अवस्थामा (५ बोरा)  अवैध लागूऔषध गाँजा फेला पारेको हो ।फेला परेको  उक्त गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई राखिएको र ओसार पसारमा संलग्न ब्यक्तिहरूको खोजतलास तथा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २६, २०७९
    • 79 पटक पढिएको
  • झापाको अर्जुनधारामा पाँचथरका एक युवक मृत फेला, दुर्घटनाको आशंका

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका –६ स्थित शनिश्चरे–बिर्तामोड सडक खण्ड अन्तर्गत कप्तानबारीमा एक युवक मृत फेला परेका छन् । पाँचथरको फिदिम नगरपालिका –५ निवासी २५ वर्षीय कुमार खनाल कप्तानबारीमा नजिकमा रहेको कल्भर्टमा शनिवार बिहान मृत फेला परेका हुन ।उनको साथमा नागरिकताको प्रमाण पत्र फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीका अनुसार नागरिकतामा खनालको ठेगाना पाँचथरको फिदिम भए पनि उनी हाल झापाको बुद्धशान्ति –२ मा बसोबास गर्दै आएका थिए । शव नजिकै उनले चलाउँदै आएको बा ४२ प १२८ नम्बरको मोटरसाइकल पनि फेला परेको प्रहरीले जनाएको छ । उनको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएक

    • प्रकाशित मितिः असार २६, २०७९
    • 254 पटक पढिएको
  • इलाममा रुखले किचेर वृद्धको मृत्यु

    इलाम / इलाम रुखले किचेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा माई नगरपालिका -५ धोबीखोला बस्ने ८२ वर्षीय प्रेम बहादुर आङदम्बे लिम्बू रहेका छन् । आज बिहानको राती २ बजे पानी सँगै आएको हावाहुरिले घर नजिकै रहेको सखुवाको रुख ढलि बाँसको टाँटी टिनको छानो भएको घर किच्दा सोही घरमा सुतिरहेका वृद्ध लिम्बुको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी दानाबारी र जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले कानुनी प्रकृया गरि घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असार २६, २०७९
    • 68 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.