झापा / रूपन्देहीमा २० वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमनपा–६ मैत्री पथका १९ वर्षीय सिजन थापा मगर रहेका छन् ।पीडित किशोरीले असार २३ गते विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गरेको भन्दै असार २४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।उजुरीका आधारमा उनलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसीले बताए ।
झापा / भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका- ९ ताथली बस्ने २७ वर्षीय टिका राज कटुवाल रहेका छन् । ती किशोरीलाई सूर्यविनायक नगरपालिका- १० चित्तापोलस्थित एक रिसोर्टमा कुटवालले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
झापा / स्थानीय तहको निर्वाचनमा अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा मागेको छ । प्रतिनिधिसभा बैठकमा सोमबार नबोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले गत ३० वैशाखको स्थानीय तहको निर्वाचन क्रममा दैलेख, बुढीगंगा पुगेका महान्यायाधिवक्ता खातीले अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले राजीनामा माग गरेको हो ।‘३० वैशाखको निर्वाचन अनुगमन गर्न गएको निर्वाचन आयोगको टोलीले नेपाल सरकारका महान्यायाधिवक्तालाई किटानी गरेरै सो नगरपालिकाको वडा नम्बर ४ को थुमा भन्ने गाउँमा निर्वाचनको बेला अमर्यादित गतिविधि गरेको भनेर किटानी नै गरेको छ तर अहिलेसम्म उहाँले राजी
काठमाडौँ / नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । प्रतिवादी तर्फका कानुन व्यवसायी उपस्थित नभएपछि उक्त मुद्दा शुक्रबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।सरकारले जुनियर धीरजप्रताप सिंहलाई आइजीपी बनाएपछि प्रतिस्पर्धी एआइजी विश्व पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमाथि आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुँदै आएको छ । उक्त विवादबारे संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा सुनुवाइ भैसकेको छ ।वैशाख १८ मा म
झापा / ताप्लेजुङको सिदिङवा गाउँपालिका- ३ आगेपामा स्काभेटरले बाटो खन्ने क्रममा सडक मुनी खसेको ढुङ्गाले लागेर १ जना पैदल यात्रीको मृत्यु भएको छ ।आइतबार दिउँसो उक्त स्थानमा सडक खनिरहेको र खनेको ढुङगा माटोलाई सडक भन्दा तल फाल्ने क्रममा सोही फालेको ढुङ्गाले लागेर पैदल हिँडिरहेका सिदिङवा गाउँपालिका- ३ भञ्ज्याङका २२ वर्षीय गंगाराम कडरियाको घटनास्थलमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका- १३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर- १५ का ४५ वर्षीय भोला श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । आइतबार राती १० बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको प्रदेश १ -०२- ०४९ प ६२५८ नम्बरको मोटरसाइकलले विपरित दिशा तर्फ जादै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार भोला श्रेष्ठ र १२ वर्षीय सुशान्त श्रेष्ठ घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी न्युरो अस्पताल पठाइएकोमा उपचारको क्रममा भोला श्रेष्ठको राती नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इल
बिर्तामोड / मनकामना कलेज पूर्व विद्यार्थी समाजले मिर्गौैला पीडित सविता उप्रेतीलाई उपचारका लागी सहयोग रकम हस्तान्तरण गरेको छ । कलेजमा आज एक कार्यक्रमको आयोजना गरि सविताका दाजु हिमाल उप्रेतीलाई १ लाख ६४ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । मनकामना कलेज पूर्व विद्यार्थी समाजका अध्यक्ष प्रकाश फुँयालको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्रमुख प्रेम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । मनकामना कलेज पूर्व विद्यार्थी समाजको नेतृत्वमा सञ्चालन भएको सहयोग रकम संकलन कार्यक्रममा नेपाल बाहिरका बिभिन्न मुलुकबाट पनि रकम संकलन भएको कलेजका एकेडेमिक कोअर्डिनेटर तथा मनकामना कलेज पूर्व विद
बिर्तामोड / सुनसरीको कोशी गाउँपालिका- ४ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ घाईते भएका छन । आइतबार दिउँसो पौने ४ बजे को २ त २१५८ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आँउदै गरेको को.२८ प ९३९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रहेकी देवानगन्ज गाउँपालिका- ४ कि ५५ वर्षीया जयमुन खातुनको घटनास्थलमै मृत्यु भएको हो ।मोटरसाइकल चालक मृतककै छोरा २५ वर्षीय जुमरात मिया घाईते भएकोमा जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ भने ठक्कर दिने सवारी साधन र चालक ४६ वर्षीय शुभका मोचीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गर
बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङका २७ वर्षीय अनुप प्रधान रहेको प्रहरीले जनाएको छ । आइतबार बेलुका ७ बजे काँकरभिट्टाको मेचीपुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आँउदै गरेका प्रधानको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका प्रधानलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं / गोकर्णेश्वर नगरपालिका ५ बस्ने ४८ वर्षीय रामकृष्ण थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ७ सय ६५ रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.