समाचार

    Showing 21,221-21,230 of 25,992 items.
  • विवाह गर्दै गोलकिपर किरण र एयरहोस्टेज कञ्चन

    काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार लिम्बुले प्रेमिका कञ्चन निरौलासँग भोलि बुधबार काठमाडौंमा विवाह गर्ने भएका छन् । यसअघि सोमबार मेहन्दी कार्यक्रम भएको छ । केही समयअघि किरणले कञ्चनलाई माल्दिभ्समा विवाह प्रस्ताव राखेका थिए ।  माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा किरणले लिगकै सर्वोत्कृष्ट गोलकिपर घोषित भए लगत्तै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए । उनी आबद्ध क्लब माजियाका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेका थिए । त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चनलाई सबै सहकर्मीका अघि औंठी लगाइ

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 175 पटक पढिएको
  • अटोरिक्सा दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते

    झापा /  तीजको दिन सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर -१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन् ।दुवै जनाको जिल्ला अस्पताल पुर्‍याए लगतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए ।दुर्घटनामा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन घाइते भएको जिल्ला प्रहरी प्रहरी निरीक्षक खनालले बताए ।अन्य दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 157 पटक पढिएको
  • मोरङ -३ बाट रेखा थापाले उम्मेदवारी दिने

    काठमाडौँ / कलाकार रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) बाट उम्मेदवारी दिने भएकी छन् ।राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ -३ बाट उम्मेदवारी दिने भएकी छन् । यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन् । ‘मोरङ -३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले भने ।गत मङ्सिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी दिएकी थिइन् । तर, उनी कुन्ती शाहीसँग पराजित हुन पुगिन् ।अब आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा उनी प्रत्यक्षबाट उठ्न लागेकी हु

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 329 पटक पढिएको
  • रोकिराखेको बसमा आगलागी

    झापा / पश्चिम नवलपरासीको सरावल गाउँपालिका -२ स्थित मगरबुढामा रोकेर राखेको बसमा आगो लागेको छ । गएराति स्थानीय युवराज चौधरीको घरनजिकै बाटोमा पार्किङ गरेर राखेको लु १ ख ६६५४ नम्बरको बसमा आगो लागेको जिप्रका नवलपरासी पश्चिमका  डीएसपी भोजराज पाण्डेयले बताए । प्रहरी चौकी बासाबाट खटिएको प्रहरीले दमकल प्रयोग गरेर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएका छन् । आगलागीबाट बसको भित्री भाग र सिसा नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पाण्डेयले जानकारी दिए । 

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 181 पटक पढिएको
  • वार्षिकोत्सवको अवसरमा पत्रकार उपचार कोषलाई बिर्ता आयुर्वेदको सहयोग

    बिर्तामोड / बिर्तामोडस्थित बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टरले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा पत्रकार सहारा उपचार कोषलाई १५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टर (अष्टाङ्ग आयुर्वेद फार्मेसी) की सञ्चालक नर्वदा भट्टराईले मंगलबार उक्त रकम प्रदान गरेकी हुन् , उक्त कार्यक्रममा अभियान नेपालका लागि विष्णु आचार्यलाई रु. ३५५५ र परोपकार बृद्धाश्रमलाई पनि रु. ३५५५  सहयोग प्रदान गरियो ।बिर्ता आयुर्वेदको पाँचौं वार्षिकोत्सव कार्यक्रमको उद्

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 350 पटक पढिएको
  • एसिया कप टी -२० क्रिकेट आज बङ्लादेश र अफगानिस्तान खेल्दै

    एजेन्सी / एसिया कप टी -२० क्रिकेटमा आज बङ्लादेश र अफगानिस्तान खेल्दैछन् ।खेल यूएईको सारजाह क्रिकेट मैदानमा बेलुका पौने आठ बजे सुरु हुनेछ । समूह ‘बी’ मा रहेको अफगानिस्तानले दोस्रो र बङ्गलादेशले पहिलो खेल खेल्न लागेका हुन् ।प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् ।समूह ‘बी’ मा अफगानिस्तान, बङ्लादेश र श्रीलङ्का रहेका छन् । यसअघि भएको खेलमा श्रीलङ्कालाई ८ विकेटले हराएर अफगानिस्तानले र समूह ‘ए’ मा रहेको भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेका छन् ।भारतले भोलि हङकङसँग र पाकिस्तानले शुक्रवार हङकङसँग खेल्नेछ । बिहीवार श्रीलङ्का र

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 124 पटक पढिएको
  • मंगलबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढ्यो

    काठमाडौँ / हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९४ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीको भाउ भने यथावत् रहेको छ । चाँदी आज हिजो जस्तै तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 142 पटक पढिएको
  • बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा हल्दिबारीका चित्र बहादुर पक्राउ

    बिर्तामाेड / झापाको हल्दिबारीबाट १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका –३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरुङ रहेका छन् । चित्र बहादुरले बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेका भन्दै सोमबार बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले चित्र बहादुरलाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।    

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 172 पटक पढिएको
  • उम्मेदवार बन्न सम्पत्ति विवरण अनिवार्य

    काठमाडौं / निर्वाचन आयोगले आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आचारसंहिता २०७९ सार्वजनिक गरेको छ । आयोगले ‘स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन’ भन्दै सार्वजनिक निर्वाचन लक्षित आचारसंहिता सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको हो ।आचारसंहिता प्रकाशित भए पनि आयोगले तोकेको मिति र क्षेत्रमा मात्रै लागू हुनेछ । ‘आचारसंहिता कहिलेबाट लागू हुने र ?’ भन्ने तोकेको छैन । आचारसंहितामा प्रत्यक्षतर्फका उम्मेदवारले सम्पत्ति विवरण उम्मेदवार मनोनयन दर्ता गर्दा नै ‘शिलबन्दी’ गरी पेस गर्नुपर्ने उल्लेख छ । सम्पत्ति विवरण आयोगले उम्मेदवार निर्वाचित भएमा सार्वजनिक गर्न

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 194 पटक पढिएको
  • चट्याङ लागेर रौतहटमा तीन महिलाको मृत्यु

    रौतहट / चट्याङ लागेर रौतहटमा तीन जना महिलाको मृत्यु भएको छ । रौतहटको मध्यभाग गरुडा नगरपालिका –३ मलाही टोलको खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको महिलाको मृत्यु भएको हो ।मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारका रहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर एउटै गाउँको एकैपटक तिन जनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ ।

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 91 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.